१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल प्राधिकरण सिइअाेसँग असन्तुष्ट

काठामडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइअाे) सुशील ज्ञवालीसँग असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले मंगलबार बालुवाटारमा बोलाएर ज्ञवालीलाई अहिलेसम्म गरेको कामको विवरण लिन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

अहिलेसम्म कुनै काम पनि प्रभावकारी रुपमा हुन सकेको छैन । सबै अपजस जति मेरो टाउकोमा आएको छ।तपाइ के गर्दै हुनुहुन्छ?’

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएदेखि नै पुनःनिर्माण र राहतको कामलाई तीव्रता दिन आग्रह गरेके भन्दै अहिलेसम्म किन राम्रो काम हुन सकेन भन्दै प्रश्न गरेका थिए। ‘म प्रधानमन्त्रीमा  निर्वाचित भएसँगै मेरो पहिलो प्राथमिकतामा पुनः निर्माण र राहत विरतणको काम थियो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘तर अहिलेसम्म कुनै काम पनि प्रभावकारी रुपमा हुन सकेको छैन। सबै अपजस जति मेरो टाउकोमा आएको छ। तपाइँ के गर्दै हुनुहुन्छ?’

आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्रीले आगामी आइतबार प्राधिकरणले हालसम्म गरेको कामका विवरण बुँदागत रुपमा पेश गर्न निर्देशन दिएका छन्। आइतबार निर्देशक समितिको बैठक बोलाउने र सो बैठकमा प्राधिकरणले हालसम्म गरेको कामको सवै विवरण उपलब्ध गराउन प्रधानमन्त्रीले  निर्देशन दिएको स्रोतले जनायो।

जवाफमा आफूले प्रभावकारी काम गर्न नसकेको स्वीकार गर्दै सिइओ ज्ञवालीले कर्मचारीले सहयोग नगरेको गुनासो गरेका थिए। ‘प्रभावकारी रुपमा काम गर्न कर्मचारीले सहयोग गरेनन्,’ ज्ञवालीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘प्राधिकरणमा कर्मचारी आउनै मान्दैनन् आएका कर्मचारीले पनि राम्रो सहयोग गरेनन्।’

 

प्रकाशित: ३० कार्तिक २०७३ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App