१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोर्चा र एमाले कार्यकर्ताबीच झडप, ७ कार्यकर्तालार्इ नियन्त्रण लिएर छाेडियाे

झडप साम्य पार्न जिविस कार्यालय गाैरमा खटिएका प्रहरी। तस्बिरः मदन ठाकुर

गौर– रौतहटको सदरमुकाम गौर स्थित जिल्ला विकास समितिको कार्यालय अगाडी मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्ला आएका एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विरोधमा मोर्चाका कार्यकर्ता नारावाजीमा उत्रिएसँगै नेता नेपालको समर्थनमा एमाले कार्यकर्ता उत्रिएपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बैठकमा भाग लिन नेता नेपालसहित एमाले सांसदहरु जिविसको कार्यालयमा पुगेका थिए। जिविसमा बैठक सुरु भएपछि मेधेशी मोर्चाका कार्यकर्ताले नेता नेपाललगायत एमाले सांसदहरुको विरोधमा नारावाजी सुरु गरेका थिए। आफ्ना नोताको समर्थनमा जवाफी नारावाजीमा एमाले कार्यकर्ता उत्रिएपछि दुई पक्षबीच भडप भएको हो।

झडपलाई साम्य पार्न एमाले नेता नेपालको विरोधमा नारावाजी गर्ने मोर्चाका ७ नेता कार्यकर्ता र २ पत्रकारलाई नियन्त्रणमा लिएर छाेडिएकाे रौतहट प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

पक्राउ पर्नेहरुमा सद्भावना पार्टीका नेता योगेन्द्र यादव, संघीय समाजवादी फाेरमका उपाध्यक्ष धर्मेन्द्र पटेल, तमलोपाका जिल्ला नेता अरूण सिंह, संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन विद्यार्थी फ्रन्टका जिल्ला अध्यक्ष प्रकाश यादव, विद्यार्थी नेता ललन यादव, पत्रकारहरू प्रभा सिंह र विनयलाल दासलगात थिए।

उनका अनुसार झडपपछि जिविस कार्यालय आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई व्यापक रुपमा खटाइएकाे थियाे। कडा सुरक्षाका बीच जिविस भवनमा उक्त बैठक सम्पन्न गराइएकाे छ। बैठकमा उपस्थित नेपाल सद्रभावना पार्टीकी सांसद डिम्पल झालगायतले बैठक बहिस्कार गरेपछि पहिलाे चरणकाे छलफल मात्र सम्पन्त्र भएकाे छ।

बैठकमा भाग लिन नेता नेपालसँगै एमाले सांसद एवं पूर्वमन्त्री वंशिधर मिश्र, एमाले नेतृ कल्याणी खड्का, सांसद रामकुमार भट्टराई, सांसद लालबाबु यादव गृह जिल्ला रौटहट आएका थिए।

नेता नेपाल मंगलबार बिहान गौरस्थित आफ्नो निवासबाट निस्केर एमालेका एक कार्यकर्ताको घरमा खाना खाई बैठकमा सहभागी हुन जिविस कार्यालय पुगेका थिए।

नेता नेपाल रौतहट क्षेत्र नं. १ (गौर)बाट प्रत्येक्ष निर्वाचित सांसद हुन्।

बैठक सकेर एमाले सांसदहरू काठमाडाैं फर्किएका छन्।

प्रकाशित: ३० कार्तिक २०७३ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App