१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भागबण्डाका आधारमा तरुण दलको नेतृत्व चयन

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्ष जितजंग बस्नेतलाई बनाउन शीर्ष नेताबीच सहमति भएको छ। शनिबारदेखि पोखरामा जारी चौथो महाधिवेशमा  शीर्ष नेताहरुबीच पदीय भागबण्डको आधारमा तरुण दलको भागबण्डा गरिएको हो। जसअनुसार सभापति शेरबहादुर देउवाले आफू निकट बस्नेतलाई सभापति बनाएका हुन्।

देउवालाई अध्यक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेलाई तरुण दलको महामन्त्री, अर्का नेता कृष्णप्रसाद सिटौलापक्षलाई उपाध्यक्ष र नेता खुमबहादुर खड्का पक्षलाई कोषाध्यक्ष दिनेगरी शीर्ष नेताबीच सहमति भएको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई तरुण दलको महामन्त्री, अर्का नेता कृष्णप्रसाद सिटौला पक्षलाई उपाध्यक्ष र नेता खुमबहादुर खड्का पक्षलाई कोषाध्यक्ष दिनेगरी शीर्ष नेताबीच सहमति भएको हो। अध्यक्षमा बस्नेतको नाम चयन भएपनि उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्षको नाम सम्बन्धित पक्षले दिइसकेको छैन।
 कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अध्यक्षमा बस्नेतको नाममा सहमति जुटेको जानकारी दिए। बाँकी पदमा पनि सहमति भइसकेपनि  पौडेल, सिटौला र खड्काले नाम दिएका छैनन्।

यसअघि नेपाल विद्यार्थी संघको महाधिवेशनमा बस्नेत अध्यक्षको दाबेदारी थिए। तर सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्ने आश्वासन दिएपछि बस्नेत पछि हटेका थिए, भने नैनसिंह महर अध्यक्ष भएका थिए। विधान अनुसार मनोनित गर्ने दुई सचिवमध्ये देउवा र पौडेल पक्षले एक एक सदस्य लिने नेताहरुबीच सहमति भएको छ।

महाधिवेशनमा विधान संशोधन गरी ८१ सदस्यीय बनाउने तयारी गरेको भएपनि नेताहरुबीच भागबण्डाका आधारमा पदाधिकारी चयनपछि विधान संशोधन नहुने भएको छ। जसअनुसार तरुण दलको ६१ सदस्यीय कार्यसमिति हुनेछ।  योसँगै देउवा सभापतिमा निर्वाचित भएपछि  तीनवटै भातृसंगठनको नेतृत्व देउवाको पोल्टामा पुगेको छ।

 

प्रकाशित: ३० कार्तिक २०७३ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App