coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार परिवर्तनको खेल सुरु: बिजुक्छे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार परिवर्तको चलखेल सुरु भएको बताएका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा बिजुक्छेंले नयाँ सत्ता समिकरणमा कांग्रेस लागेको दावी गरे। कांग्रेसले नेतृत्व नलिए एमालेको नयाँ नेतृत्वमा एमाले नेता बामदेम गौतमलाई अघि सार्दै सरकार निर्माणको खेल सुरु भएको उनको भनाई छ।

भारतको इशारामा संविधान संशोधनका लागि वर्तमान नेतृत्वको सरकार निर्माण भएको भन्दै उनले संविधान संशोधनलाई जसरी पनि सफल पार्न भारतले लोकमान प्रकरणलाई चालको रुपमा प्रयोग गरेको आरोप लगाए।

केही ठूला राजनीतिक दलका पदाधिकारी जेल जान सक्ने अवस्था देखापरेपछि लोकमान प्रकरण बाहिर आएको उनको दावी छ । हरेक प्रधानमन्त्रीको परिवर्तनसँगै भारतीय नागरिकले नागरिकता पाउने परम्परा रहेको र यसबाट प्रचण्ड समेत अछुतो रहन नसकेको उनको भनाई छ।  संविधान संशोधन गरी अंगिकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारी सुम्पने योजना बिफल हुने र संविधान संशोधन तत्काल हुन नसक्ने उनेको ठम्याई छ। सरकारको सय दिन उपलव्धीविहीन भएको उनको टिप्पणी छ। उनले स्थानीय निकायको निर्वाचन नगराउने चलखेल समेत सुरु भएको आरोप लगाए।

 

प्रकाशित: ३० कार्तिक २०७३ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App