coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चैत्रमा हुने

काठमाडौं- नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलन आगामी चैत्रमा हुने भएको छ। चैत्र ३-७ गते सम्म राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय भएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए।

सम्मेलनले पहिलोपटक प्रत्यक्ष मतदानवाट नेतृत्व छान्ने निर्णय गरेको हो।  कार्तिक २७,२८ र २९ मा काठमाडौंमा वसेको पदाधिकारीको वैठकले क्रान्तिकारीमा अध्यक्ष हलवाट प्रत्यक्ष मतदानका आधारमा निर्वाचित गर्ने निर्णय गरेको हो। त्यस्तै ५ जना उपाध्यक्ष खुल्ला, ४ जना उपाध्यक्ष समावेशी क्लस्टर ( छात्रा,जनजाति,मधेसी,दलित)र २ जना उपाध्यक्ष मनोनीत हुनेछन्। त्यस्तै ७ प्रदेशवाट ७ जना, समावेशी क्लस्टरवाट ६ जना ,विश्वविद्यालयवाट १ जना,खुल्ला २ जना र मनोनित ३ जना सहित १९ जना सचिव चुनिनेछन्। १ जना कोषाध्यक्ष हलवाट प्रत्यक्ष निर्वाचित हुनेछन्।  

क्रान्तिकारीले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारीलाई पनि संगसंगै अघि वढाउने निर्णय गरेको छ। राष्ट्रिय सम्मेलन,स्ववियु निर्वाचन र संगठन सुदृढीकरणका लागि मंसिर ५ देखि पुस १५ गतेसम्म क्रान्तिकारी विद्यार्थी जागरण अभियान संचालन गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ३० कार्तिक २०७३ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App