coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

युएईका २० हलमा छक्कापञ्जा, चार दिनमा २७ लाख कमाई

युएई—नेपालमा चर्चा र सफलता कमाएको चलचित्र छक्कापञ्जालाई युएईबासी नेपालीले पनि रुचाएका छन्। हाँस्यप्रदान छक्कपञ्जा युएईभरि २० वटा हलमा चलिरहेको छ। नोभेम्बर १० देखि चलिरहेको फिल्मले चार दिनमा ९० हजार युएई दिराम (करिब २७ लाख) नेपाली रुपैयाँ कमाइ गरेको छ।

बिहीबार,शुक्रबार र शनिवार हाउस फुल भएपछि छक्का पञ्जालाई युएईमा दैनिक प्रदर्शन सुरु गरिएको थियो। युएईको अबुधाबी र दुबईमा गरि दैनिक ५ सो भइरहेको कन्सेप्ट भिजनका प्रबन्ध निर्देशक राजन अधिकारीले नागरिकन्युजलाई बताए।

युएईमा कानुनी हिसाबले सबै प्रक्रिया पूरा गरी नेपाली फिल्म भित्र्याउन सुरु गरेको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले छक्कापञ्जालाई युएई ल्याएको हो।

बिहीबार,शुक्रबार र शनिवार हाउस फुल भएपछि छक्का पञ्जालाई युएईमा दैनिक प्रदर्शन सुरु गरिएको थियो। युएईको अबुधाबी र दुबईमा गरि दैनिक ५ सो भइरहेको कन्सेप्ट भिजनका प्रबन्ध निर्देशक राजन अधिकारीले नागरिकन्युजलाई बताए।

नेपाली चलचित्र क्षेत्रलाई  अन्तर्राष्ट्रिय बजारमा व्यवस्थित रुपमा नियमित  प्रदर्शन गर्ने उद्देश्यले कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपाले  युएईका स्थानीय डिष्ट्रिव्युटर्ससँग समन्वयन गरी वैधानिक बाटोबाट नेपाली फिल्म प्रदर्शनको काम गरिरहेको छ।

छक्कापञ्जा युएईमा नोभेम्बर १९ गते शनिवारसम्म प्रदर्शन हुने अधिकारीले बताए। उनले अगामी डिसेम्बर ९  बाट बहराइनमा पनि छक्का पन्जा प्रदर्शन गर्ने बताए।

प्रकाशित: १ मंसिर २०७३ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App