१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधनको विरोधमा युवा संघ र अनेरास्ववियु

काठमाडौं- संविधान संशोधनको विरोध गर्दै नेकपा एमालेका भातृ संगठनले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन्। अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा विरोधका कार्यक्रम घोषणा गरेका हुन्।

संविधान कार्यान्वयन गर्न अघि बढ्नु पर्ने बेला संशोधन गर्न खोज्नु गलत भएको भन्दै विरोध गरेको युवा संघका अध्यक्ष राजिव पहारीले बताए। जनताको भावना माथि प्रहार भइरहँदा युवा विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने उनले बताए।

दुई संगठनले मंसिर ९ गते 'संविधान कार्यान्वयन र संशोधनको प्रश्न' विषयक अन्तर्क्रियाको समेत आयोजना गरेका छन्।

निर्वाचनमा जानु पर्ने बेला संशोधनमा गएर संविधानलाई समाप्त पार्न खोजिएको आरोप पहारीले लगाए।  सरकारले संविधानको संशोधन प्रस्ताव सदनमा लैजाने दिन राजधानीमा मावन साङलो बनाउने बताए।

प्रकाशित: ७ मंसिर २०७३ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App