८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय पुनःसंरचनाले समाजमा द्वन्द्व निम्त्याउँदै

अनिल भण्डारी

सिन्धुली- स्थानीय निकायको पुर्नसंरचनाले समाजमा अशान्ति पैदा गरेको छ। प्राविधिक समितिले २ नगरपालिका र ६ गाँउपालिका बनाउने प्रस्ताव गरेपछि त्यसको विरोध हुन थालेको छ। त्यसविरुद्ध कडा आन्दोलन गर्ने भन्दै दैनिक जिल्ला विकास समितिको कार्यालयमा धर्ना र नाराजुलुस पनि हुन थालेको छ।

यसअघि घोषणा भएको दुधौली नगरपालिकामा विभिन्न गाविसहरु गाभिएको र ती गाविसमा दुधौली नगरपालिकाको केन्द्र अपाएक परेको भन्दै जिविस अगाडि आक्रोश पोख्नेहरुको भीड लागेको छ। ठूलो संख्यामा धर्ना दिन जिविस आएका स्थीनियले अपाएक पर्ने केन्द्र कुनै हालतमा नमान्ने चेतावनी दिए।

दुधौली नगरपालिकाको नाम नै परिवर्तन गरी कमलाखुज नगरपालिका राखी सबैलाई पाएक पर्ने बीचमा केन्द्र रहनुपर्ने माग स्थानीयबासीको छ। स्थानीय सुजन मगरले दुधौली नगरपालिकालाई कमलाखुज नामाकरण गरी उचित स्थानमा केन्द्र स्थापना गर्नुपर्ने माग गरे। 'पहिलो चरणमा सबै गाउँले मिलेर ज्ञापनपत्र बुझाएका छौं। माग पूरा नभए आन्दोलन गर्छौं,' उनले भने।

प्रकाशित: ७ मंसिर २०७३ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App