६ वैशाख २०८१ बिहीबार
राजनीति

५ नम्बर प्रदेशबाट छुट्टिनु परे कडा आन्दोलनकाे चेतावनी

अर्घाखाँची– सरकारले ५ नंं. प्रदेशका पहाडी  जिल्लालाई टुक्राएर  ४ नं. प्रदेश र ६ नं. प्रदेशमा लैजाने गरी संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने तयारी गरेको भन्दै ५ नं. प्रदेशका पहाडी जिल्लाका नागरिक आन्दोलित बनेका छन्।

आफूहरुलाई हालको ५ नं. प्रदेशमै राखिनु पर्ने माग गर्दै ५ ओटा पहाडी जिल्ला आन्दोलित बनेका हुन ।  हाल ५ नं. प्रदेशमा रहेका अर्घाखाँची, गुल्मी र पाल्पालाई ४ नं. प्रदेश र  प्युठान र रोल्पालाई ६ नं. प्रदेशमा गाभ्ने गरी सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा बुधबार पेश गर्दैछ ।

अर्घाखाँचीका नागरिकहरुले ५ नं. प्रदेशबाट आफूहरुलाई टुक्राएमा आफूहरु  कडा आन्दोलनमा  उत्रने चेतावनी दिएका छन् । जिल्लाबासीहरुले आफूहरुलाई ५ नं. प्रदेशबाट अगल राख्ने गरी  सरकारलाई संविधान संसोधनको प्रस्तावलाई पेश नगर्न सुझाव समेत दिएका छन् । मंगलबार जिल्ला सदरमुकाम सन्धिखर्कमा उद्योग वाणिज्य संघ र पत्रकार महासंघले  संयुक्त रुपमा गरेको अन्र्तक्रियामा बोल्ने वक्ताहरुले सरकारले माग सम्वोधन नगरे आन्दोलनलाई  देशव्यापी गर्ने चेतावानी दिए । 

पूर्व पश्चिम राजमार्गले छोएको जिल्लाको रुपमा रहेको भन्दै उनीहरुले राजमार्ग अवरुद्ध गर्ने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका  छन् । जिल्लाका सबै  राजनीतिक पार्टीहरु आन्दोलनलाई चक्राउने विषयमा सहमत भएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कानले ५ नं. प्रदेश विभाजन गर्ने सरकारको निर्णय बेठिक भएको भन्दै पुरानै संरचनालाई कायम नगरे आन्दोलनको आँधिबेरी ल्याउने बताए ।  उनले पार्टी केन्द्रसँग निरन्तर यस विषयमा छलफल भइरहेको भन्दै केन्द्रले सहयोग गर्नेमा जिल्ला नेतृत्व विश्वस्त रहेको बताए ।

एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले एमालेले अहिलेको संविधान संसोधन विषयमा असहमति जनाइरहेको भन्दै विदेशीको इसारामा संविधान संसोधन गर्न खोज्दा स्वाधिनता कमजोर हुने बताए ।  उनले ५ नं. प्रदेशका  शिर्षस्त नेताहरु एकै ठाउँमा अभिए प्रदेश कुनै पनि हालतमा विभाजन नहुने ठोकुवा गरे ।  नेकपा माओवादी केन्द्रकी जिल्ला सहसंयोजक छमकुमारी खनाल चिनारीले आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले  संविधान  संसोधनको  प्रस्तावलाई संसदमा लैजान खोजेपनि ५ नं. प्रदेश टुक्राउने विषयको संविधान संसोधनको प्रस्ताव आफूहरुलाई मान्य नहुने बताइन्। उनले जिल्लाका सबै राजनीतिक दलहरुको एकतामा आन्दोलनलाई सार्थक तुल्याउने बताइन्।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज कृष्ण प्रसाद श्रेष्ठले तराइ र पहाडका जिल्ला मिलेर निकै राम्रो बनेको ५ नं. प्रदेशलाई टुक्राउने निर्णय गरेर सरकारले यस क्षेत्रका नागरिकमा चिन्ता थप्ने काम गरेको बताए ।  उनले ५ नं. क्षेत्रका सबै व्यवसायीहरु अखण्ड  ५ नं. प्रदेशको पक्षमा आन्दोलनमा उत्रने बताए । पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीले पत्रकार महासंघ अर्घाखाँचीले धेरै पहिले देखि अखण्ड लुम्बिनीको पक्षमा आवाज उठाउँदै आएको भन्दै लुम्बिनी अञ्चलका जिल्लालाई टुक्राउने गरि भएको निर्णय महासंघलाई स्वीकार्य नभएको बताए ।  उनले सरकारले ५ नं. प्रदेशलाई अखण्ड राख्ने विषयमा समयमै ध्यान पु¥याएर नागरिकको भावनाको सम्मान गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर थापा, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य सागर केसी, नेकपा माओवादी  ( विप्लव ) का जिल्ला सचिवालय सदस्य योगेन्द्र चौहान, नयाँ शक्ति नेपालका गोकर्ण थापा,   जनमुक्ति पार्टी लोकतान्त्रिकका टोपबहादुर बलाल, उद्योग वाणिज्य संघका महासचिव नेत्र भुसाल, पत्रकार महासंघका कोषाध्यक्ष गणेश खनाल, निर्माण व्यवसायी संघका कविराम खनाल लगायतले मन्तव्य राख्दै आन्दोलनको तयारीमा जुटन सबैलाई आग्रह गरेका थिए ।  
 

प्रकाशित: ७ मंसिर २०७३ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App