७ वैशाख २०८१ शुक्रबार
प्रवास

युएईमा अलपत्र १४ नेपालीको दर्दनाक कथाः मस्जिदमा मागेर ज्यान जोगाइयो

अलपत्र परेका नेपाली। तस्विरः नारायण भुर्तेल

युएई— नयाँ वानेश्वरको मेनपावर डेस्टेनी प्लेसमेन्ट सर्भिसले वैदेशिक रोजगारीका लागि युएई पठाएका १४ नेपाली युवा अलपत्र परेका छन्। जुन ६ र अगष्ट ३ मा नेपालबाट एयर इन्डियाको उडानबाट युएई आएका युवा कम्पनीले बाचा गरेअनुसार काम नदिँदा अलपत्र परेका हुन्।

'एक दिन निकै भोक लागेको थियो। हामीसँग पैसा थिएन। उधारो ल्याउन पसलले दिएन। नजिकैको मस्जिदमा गएर मागेर खायौं', पीडित शुनिल चौधरीले नागरिकन्युजसँग भने।

उनीहरु युएईको इतिसलात फ्यासिलिटी म्यानेजमेन्ट सेक्युरेटी कम्पनीमा सेक्युरेटी गार्डको कामको लागि छ महिना अघि युएई आइपुगेका थिए। सो कम्पनीले नेपालीलाई यसअघि नै अलपत्र पारेपछि नेपाली दूतावासले कालोसूचिमा राखेको थियो।

युएईको सेखको कम्पनी भएको र सेक्युरेटी गार्डमा काम लगाईदिने प्रलोभन देखाएपछि उनीहरुलाई काठमाडौंको बानेश्वरस्थित मेनपावर डेस्टेनी प्लेसमेन्ट सर्भिस र शाखा कार्यालय हाकिम चोक चितवनमा २ लाख पचास हजारदेखि ३ लाखसम्म बुझाएर आएको पीडितले बताए।

युएईको दुवैमा काम लगाईदिने महिनाको १७८२ दिराम तलब पाउने र १२ घण्टा काम गर्नु पर्ने मेनपावले बताएको थियो खेमराज कटुवालले नागरिकन्युजसँग भने, 'न काम पायौं न पेट भरी खान पायौं। दशैँ-तिहारमा समेत भोकभोकै रोएर रात बिते।' बस्ने ठाउँको कुनै टुङ्गो छैन। 'हामीलाई बस्न भनेर कहिले शारहजा, कहिले दुबई कामको भन्दै झुक्याए अहिले अलएनको लेबर क्याम्प राखेको छ', उनले भने।

बर्षौं पहिलेदेखि अरुले प्रयोग गरेको कम्बल दिइएको छ। उनीहरु सुत्ने खाट नहुँदा भुइँमा बाध्य छन्। १४ जना बास बस्ने एउटा कोठा छ। खान बस्नको लागि सहयोगको याचना गर्नु पर्ने बाध्यता छ। 'एक दिन निकै भोक लागेको थियो। हामीसँग पैसा थिएन। उधारो ल्याउन पसलले दिएन। नजिकैको मस्जिदमा गएर मागेर खायौं', पीडित शुनिल चौधरीले नागरिकन्युजसँग भने।

उनीहरु अलपत्र परेको सूचना अहिले युएईको नेपाली दूतावासमा पुगेको छ। चाँडै उनीहरुलाई फर्काउन पहल भइरहेको दुताबासका श्रम सहचारी हिरा यादवले बताइन्। नेपाली दुतावासले युएईले ईतिसलात कम्पनीलाई कालोसूचिमा राखेको र नेपालबाट अन्य नेपालीहरु उक्त कम्पनीमा नपठाउन सम्बन्धित निकायमा खबर गरेको यादवले जानकारी दिइन्।

आफूहरुले  बुझाएको पैसा पाउनुपर्ने र चाँडै उद्धार गरिदिन पीडितले आग्रह गरेका छन्।

दुई महिना अघि पनि सोही कम्पनिले ३२ जना नेपालीहरु ल्याएको थियो। उनीहरुमध्ये पनि केही काम नपाएर अलपत्र परेका थिए।

अलपत्र परेकाहरु

बिष्णु सिलवाल चितवन, आशिष चौधरी चितवन, अमृत भुजेल चितवन, पवनराज अधिकारी चितवन, प्रदिप शर्मा ढकाल चितवन, सुनिल चौधरी चितवन, जोगनारायण थारू नवलपरासी,  सुन्दर बिक नवलपरासी, खेमराज कटुवाल इटहरी, बिनोद चौहान मोरङ, होम प्रसाददनुवार उदयपुर, हरीराम थापामगर गोरखा, नारायण थापामगर गोरखा र टिकादत्त भट्ट नवलपरासीका रहेका छन्।

प्रकाशित: १० मंसिर २०७३ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App