coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिडेल क्यास्ट्रो जो सँधै रहस्यमा रहे, उनका दुर्लभ तस्बिर

क्यास्ट्रोले सत्ता लिएको चार महिना पछि उनी अमेरिका पुगेका थिए। अमेरिका र क्युवाबीच तनाब रहँदै आएको छ।

क्युवाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। उनी दोस्रो विश्व युद्ध पछि विश्वमा सबैको चासो र रहस्यका नेताको रुपमा रहे। विद्रोह मार्फत उनले १९५९ मा  शक्ति हत्याएका थिए। क्युवाका तानाशाह फुलखेंसियो बविस्तालाई सत्ताबाट हयाएर फिडेल क्यास्ट्रोले क्युबामा कम्युनिष्ट सत्ता स्थापना गरेका थिए।

१९५३ साथीहरुका साथ बीचमा क्यास्ट्रो।  

उनी विश्वको सबै भन्दा लामो कार्यकारी सरकार प्रमुख समेत हुन्। संसारमा भएका पाँच कम्युनिष्ट राष्ट्र मध्ये क्युवा एक हो। जसको स्थापना क्यास्ट्रोले गरेका थिए।

१९७९ मा संयुक्त राष्ट्र संघमा फिडेल क्यास्ट्रो ।

क्यास्ट्रोको जन्म १३ अगष्ट १९२६ मा क्युवाको ओरेन्ट प्रदेशमा भएको थियो। रोमन क्याथोलिक स्कुल र हवाना विश्व विद्यालयमा शिक्षा लिएका उनी कानुन र समाजशास्त्रका विद्यार्थी हुन्। २६ जुलाई १९५३ मा एक सैन्य ब्यारेकमा आक्रमण गर्दै उनले विद्रोहको सुरुवात गरेका थिए।

क्यास्ट्रो, चे ग्वेभारा, राहुल क्यास्ट्रो र अन्य क्रान्तिकारीहरु नेताहरु। यो तस्बिर १९५७ को जुनमा क्युवामा खिचिएको हो।

२००८ मा गम्भीर विरामी परेछि उनले पदत्याग गरी आफ्ना भाई राउल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए। सत्तामा पुगेपछि उनले अमेरिकी सरकारको बाधा अड्चन झेलिरहनु पर्‍यो।

१९५९ को जुनमा समर्थकहरुलाई सम्वोधन गर्दै क्यास्ट्रो। उनी त्यही दिन हवाना आएका थिए।

क्युवाका नयाँ नेताको रुपमा जनसमुदायलाई सम्वोधन गर्दै क्यास्ट्रो। उनले निर्वाचन गर्ने र अर्थतन्त्रमा अमेरिकी प्रभुत्वको अन्त्य गर्ने घोषणा गरेका थिए।

क्यास्ट्रो र चे ग्वेभारा १९५९ को जनवरीमा। ग्वेभारा उनको मन्त्रिपरिषदका मन्त्री र अनन्य मित्र हुन्।

आफ्नो छोराका साथ क्यास्ट्रो।

क्युवाको उखुबारीमा १९६४ मा खिचिएको क्यास्ट्रोको तस्बिर।

१९७९ मा संयुक्त राष्ट्र संघमा भाषण गर्दै क्यास्ट्रो।

प्रकाशित: ११ मंसिर २०७३ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App