coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा तालिवानी नेतासहित पाँच जनाको मृत्यु

काबुल-अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित पाँच जना मारिएका छन् ।

अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

“एक जना स्थानीय तालीवानी नेता बिसमिल्लाह र अन्य चार जना व्यक्ति दिराउद जिल्लामा सेनाको सुरक्षा कारबाहीका क्रममा मारिएका छन्,” मन्त्रालयले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ ।

पछिल्ला केही दिन यता तालिवानी विद्रोहीले सरकार नियन्त्रित क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासस्वरुप गतिविधिलाई बढाएपछि अफगानी सुरक्षाकर्मीले पनि प्रतिवाद गर्दै तालिवान विरुद्धको कारवाहीलाई शसक्त बनाएका छन् । रासस-सिन्ह्वा

प्रकाशित: १२ मंसिर २०७३ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App