coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुन: मतगणना वाहियात !

वासिङटन–राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको विस्किन्सन राज्यमा पुनः मतगणनाको अनुरोध वाहियात भएको बताएका छन् । सो राज्यमा झिनो मतले विजयी भएका ट्रम्पले आइतबार भने, ‘परिणामको हामी सबैले सम्मान गर्नुपर्छ । यसलाई चुनौति दिनु अथवा गाली गर्नु वाहियात हो ।’

ग्रीन पार्टीको तर्फबाट उम्मेदवार बनेकी जिल स्टइनले पुनः गणना गर्नुपर्ने मागद गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेपछि अमेरिकाको राष्ट्रपतिको चुनाव अझै ‘हेडलाइन’ बनिरहेको हो ।  उनले तथ्यांकमा गडबडी भएको भन्दै फेरि मतगणना हुनुपर्ने माग राखेकी थिइन् । जिलले मिचिगन र पेन्सिल्भेनियाको पनि पुनः मतगणना गरिनुपर्ने माग राखेकी छिन् । जिलको प्रस्तावमा समर्थन जनाउँदै हिलारीको प्रचार अभियानले मतगणना गरिनु पर्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।

नोभेम्बर ८ मा भएको चुनावमा डोनाल्ड ट्रम्पले स्पष्ट बहुमतका साथ हिलारीलाई पराजित गरेका थिए । माथि उल्लेखित राज्यको परिणाम उल्टिएर हिलारीले जितेमात्र राष्ट्रपति निर्वाचनको परिणामलाई फरक पार्छ ।

विस्कन्सिन राज्यका अधिकारीहरुले मत पुनः गणनाका लागि गरिएको अनुरोधका सम्बन्धमा के गर्ने भनेर छलफल गरिरहेको बताएका छन् ।  तर जिल स्टेनले आफ्नो ट्वीटमा पुन: मतगणनाको प्रक्रिया आगामी हप्ताबाट शुरु हुने बताएकी छन् ।

ती तीनवटै राज्यको नतिजा उल्टिएमात्रै राष्ट्रपति पदमा हिलरी क्लिन्टन विजयी हुनेछिन् । तर त्यो सम्भावना ज्यादै न्यून छ । कम्प्युटर ह्याकरहरुले ट्रम्पलाई जिताउनका लागि परिणाममा चलखेल गरेको आशंका गरिएको छ । नवटै राज्यको नतिजा उल्टिएमात्रै राष्ट्रपति पदमा हिलरी क्लिन्टन विजयी हुनेछिन् ।

तर त्यो सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरु बताउँछन् । इलेक्टोरल कलेजमा विस्कन्सिनको १० मत छ भने मिशिगनको १६ र पेन्सिलभेनियाको २० मत छ । चुनावमा ट्रम्पले २९० र क्लिन्टनले २३२ इलेक्टोरल मत पाएका थिए । मिशिगनको नजिता भने अझै आइसकेको छैन । मतदान हुनुअघि चुनावी प्रणालीमा सम्भावित रुसी हस्तक्षेपबारे चिन्ताहरु व्यक्त भएका थिए ।

डेमोक्रेटिक पार्टीको सम्मेलन चलिरहेका बेला कागजात बाहिरिएको र रुस यस्तो घटनामा संलग्न भएको बताइएको थियो । हिलारीले पनि रुसी ह्याकरले आफ्नो चुनावी एजेन्डाहरु समय अगावै सार्वजनिक गरिदिएको बताएकी थिइन् ।

प्रकाशित: १३ मंसिर २०७३ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App