८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्राजिली फुटबलर चढेको विमान दुर्घटना

फ्लाइटराडरले देखाएको दुर्घटनाग्रस्त विमानको अन्तिम सिग्नल

कोलम्बिया— ब्राजिलको क्लब स्तरका फुटबल टोली सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ। विमानमा ७२ जना रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन्।

चार्टड गरिएको सो विमानमा ब्राजिलको क्लब स्तरका फुटलब खेलाडी थिए। उनीहरु मेडेलियनको कोपा सुडामेरिकाको फाइनलमा एट्लेटिको नेशनलविरुद्ध खेल्न गइरहेका थिए।

मेडेलियन अन्तर्राष्ट्रिय विमानस्थलले सो विमान बोलिभियाबाट छुटेको बताएको छ। दुर्घटना भएको सहरका मेयरले विमान यात्रु जीवित हुने सम्भावना अझै बाँकी रहेको उल्लेख गरेका छन्।

चार्टड सो विमानमा ब्राजिलको क्लब स्तरका फुटलब खेलाडी थिए। उनीहरु मेडेलियनको कोपा सुडामेरिकाको फाइनलमा एट्लेटिको नेशनलविरुद्ध खेल्न गइरहेका थिए। खेल बुधबारका लागि निश्चित गरिएको थियो।

मेडेलियन क्षेत्रको बाहिरपट्टि पहाडी इलाकामा सो जहाज दुर्घटनामा परेको हो।

प्रकाशित: १४ मंसिर २०७३ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App