७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

थाइल्याण्डमा नयाँ राजा बनाउन प्रक्रिया सुरु

बैंकक— थाइल्यान्डको संसदले मंगलबार युवराज महा वाचिरालुङ्कनलाई नयाँ राजाको रुपमा निम्त्याउने भएको छ। एक महिना अघि राजा भुमिबोल अब्द्ल्याजको निधनपछि ‘रबर स्टाम्प’ संसदले नयाँ राजाको रुपमा युवराजलाई निम्तो दिने भएको छ।

राजा भूमिबोलको निधनपछि युवराजले राज्य सञ्चालनमा उनको योजनाबारे सार्वजनिक रुपमा कुनै अभिव्यक्ति दिएका छैनन्। सरकारमार्फत् उनका निर्णयहरु आउने गरेका छन्।

युवराज वाचिरालुङ्कनका पिता राजा भूमिबोल विश्वकै सबैभन्दा लामो समयसम्म राज्य प्रमुख हुने व्यक्ति हुन्। थाइल्याण्डमाको दशकौं लामो हिंसात्मक द्वन्द्वबाट थाइल्याण्डमा शान्ति र स्थायित्वतर्फ डो¥याउन उनले भूमिका निर्वाह गर्दै आएका थिए।

थाइल्याण्डको संविधानअनुसार मन्त्रिपरिषदले संसदका सभामुखलाई युवराज वाचिरालुङ्कनलाई महाराजाधिराजको रुपमा निम्ता गर्न अह्राएको थियो। संसदले आज निमन्त्रणा पठाउने तयारी गरेको छ। युवराजले सो निमन्त्रणा स्वीकार गरेपछि उनलाई महाराजाधिराज घोषणा गर्ने मर्गप्रशसस्त हुनेछ।

जर्मनीमा रहेका युवराज वचारिालुङ्कन अघिल्लो साता थाइल्याण्ड फर्किसकेका छन्। थाइल्याण्डमा सामान्यतः हप्ताको एक पटक मंगलबार मन्त्रिपरिषद बैठक बस्नेगर्छ।  

राजा भूमिबोलको निधनपछि युवराजले राज्य सञ्चालनमा उनको योजनाबारे सार्वजनिक रुपमा कुनै अभिव्यक्ति दिएका छैनन्। सरकारमार्फत् उनका निर्णयहरु आउने गरेका छन्।
 

प्रकाशित: १४ मंसिर २०७३ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App