८ वैशाख २०८१ शनिबार
समाज

ज्वाँइद्वारा ससुराको हत्या

वीरगन्ज- पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन्।

सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि त्यहीँ बस्दै आएका पहडीले के कति कारणले आफ्नो ससुराको हत्या गरेको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

आज विहान ३:०० बजे हत्या गरी फरार भएका पहरीलाई प्रहरीले व्यापक खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। मृतक मगरको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: १४ मंसिर २०७३ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App