८ वैशाख २०८१ शनिबार
समाज

छुट्टा छुट्टै स्थानमा दुई शव भेटिए

भक्तपुर- भक्तपुरमा एकैदिन दुई शव भेटिएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले सोमबार विहान र बेलुका गरी एकैदिन दुई छुटाछुटै स्थानमा दुई शव फेला परेको मंगलबार जनाएको छ।

सोमबार साँझ साढे चार बजे जिल्लाको अन्नतलिंगेश्वर नगरपालिका ११ स्थित दधिकोट अरनिको स्कुल नजिकै नामथर वतन नखुलेको निलो रङगको पाइन्ट, हरियो गल्बन्दी, खरानी कलरको ज्याकेट लगाएको, कपाल छोटो खाली खुट्टा रहेको उचाई ४ फिट ८ ईन्च, अन्दाजी ५० देखि ५२ वर्षको कुमार बि.क.भनी स्थनीयबासिले चिन्ने पुरुष फेला परेको जनाएको छ । अचेत अवस्थामा लडिरहेको फेला पारी तत्काल उपचारको लागि भक्तपुर अस्पताल ल्याइएकोमा सोही दिन पौने  ६ बजे मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जनाए।

साथै सोही दिन विहान साढे आठ बजे सूयविनायक.नगरपालिका ६ सुर्य्विनायक अकाशे पुल मुनि नामथर वतन नखुलेको अन्दाजी वर्ष ५० देखि ५५ की तराईबासी जस्तो देखिने कपाल छोटो, सेतो सुइटर, सुन्तला रंगको कुर्ता सुरूवाल लगाएको, मागी खाइ हिड्ने, महिला मृत अवस्थामा फेलापरेको जनाएको छ।  महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटिई गई प्रारम्भिक कानुनी प्रकृया पुरा गरी लाश पोष्ट मार्टमको लागी सोही दिन पौने १२ बजे त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित: १४ मंसिर २०७३ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App