१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

सिड्नीबाट नेपाली म्युजिक भिडियो सार्वजनिक

सिड्नी—अष्ट्रेलियामा रहेर साहित्य र संगीत सिर्जनामा लागिपरेका ८ सर्जकहरुको सामुहिक सांगीतिक यात्रा ‘उडान’ को पहिलो म्युजिक भिडियो 'बादल सँगै' हालै सार्वजनिक भएको छ।

निष्प्रभ सजीको शब्द रचना,  हेमन्त राणाको संगीत र सञ्जीव पराजुलीको स्वरमा तयार पारिएको गीत 'बादल सँगै' को भिडियो बिमोचन भएको हो।

अस्ट्रेलिया बस्दै आएका गायक गायिकाहरु इश्वर पोख्रेल 'अविरल', समिर आचार्य, सन्जिब पराजुली, नरेन कुलुङ्ग, सुजाता उपाध्याय र मोक्षदा सिलवालको आवाज रहेको एल्बममा चनाकारद्वय निष्प्रभ सजी र प्रदीप चापागाईंका शब्दहरु रहेका छन्।

हरेक दुई वर्षमा सिड्नी, अस्ट्रेलियामा आयोजना हुने 'नेपाल फेस्टिवल' कार्यक्रममा गायक पराजुलीले प्रत्यक्ष्य गाउँदै, ठूलो पर्दामा भिडियो सार्वजनिक गरेका थिए।

म्युजिक भिडियोमा नेपाली र अस्ट्रेलियन कलाकारहरुलाई देख्न सकिन्छ। फरक कथावस्तु र निर्माण शैलीमा तयार पारिएको भिडियो सन्देशमूलक र फरक छ। भिडियोको निर्देशन सबिन ज्ञवालीले गरेका हुन्। निर्देशक ज्ञवाली अस्ट्रेलियन फिल्म इन्डस्ट्रीका डाइरेक्टर/प्रोडुसर र नाईफा सिड्नी इन फोक्स् स्टुडियोका इन्स्ट्रक्टर हुन्।

'उडान' एल्बममा अस्ट्रेलिया बस्दै आएका गायक गायिकाहरु इश्वर पोख्रेल 'अविरल', समिर आचार्य, सन्जिब पराजुली, नरेन कुलुङ्ग, सुजाता उपाध्याय र मोक्षदा सिलवालको आवाज रहेको छ भने रचनाकारद्वय निष्प्रभ सजी र प्रदीप चापागाईंका शब्दहरु रहेका छन्। केही हफ्ता अघि 'उडान' एल्बमको अडियो एक भब्य समारोहका बीच बिमोचन भएको थियो।

भिडियो

प्रकाशित: १४ मंसिर २०७३ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App