भीम चापागाईं

माइभ्याली गोल्डकप : घरेलु टिमले घर फर्कायो कास्कीलाई

बिहिबार, ०६ बैशाख २०७५

घरेलु मैदानमा अन्डर–१६ का मनिष थापा चम्किँदा माइभ्याली फुटबल क्लबले पाहुना टिम कास्की–११ लाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उद्घाटन खेलबाटै घर फर्काएको छ। मनिषका आकर्षक २ र टिम कप्तान सुवास राईको पेनाल्टी प्रहारले आयोजक माइभ्याली २ का विरुद्ध ३ गोलले विजयी बन्यो।

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

बिहिबार, ०६ बैशाख २०७५

इलाममा बिहीबार (आज) बाट पूर्वी पहाडकै ठूलो धनराशिको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

माइभ्याली गोल्डकपको तयारी पूरा

बुधबार, ०५ बैशाख २०७५

सदरमुकामको ठूलो टुँडिखेलमा बिहीबार सुरु हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ।

महोत्सवले इलामलाई ‘सन्तोषको सास’

मङ्गलबार, ०४ बैशाख २०७५

स्थानीय तह पुनः संरचनापछि प्रशासनिक अधिकार गाउँ–गाउँमा प्रत्यायोजन भएर सुनसानझैं बनेको सदरमुकामले ‘इलाम महोत्सव’मा ‘सन्तोषको सास’ फेरेको छ।

खानेपानीलाई उठ्यो पौने ४ करोड

मङ्गलबार, ०४ बैशाख २०७५

सदरमुकामका लागि सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि उपभोक्ताबाट पौने ४ करोड रुपैयाँ संकलन भएको छ।

गाउँपालिकाको सभाहलमा बम विष्फोट

आइतबार, ०२ बैशाख २०७५

चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको गाउँपालिकाले जनाएको छ।

समृद्धिको प्रतिस्पर्धा गरौं : उपराष्ट्रपति

शनिबार, ०१ बैशाख २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्ष बनाउनुपर्ने बताएका छन्। उनले नागरिकलाई अनुभूत हुनेगरी समृद्धि ल्याउनु र सबैलाई सुखी बनाउनु अबको यात्रा भएको बताए।

इलाम महोत्सव सुरु (फोटो फिचर)

शनिबार, ०१ बैशाख २०७५

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा ‘इलाम : हाम्रो गौरव’ नारासहित इलाम महोत्सव सुरु भएको छ। तीन दिनसम्म मनाइने महोत्सवको उद्घाटन शनिबार मध्याह्न उपराष्ट्रपति नन्दबहादुर मगरले गर्दैछन्।

सहिद वान्तवाको जन्मघरमा मुख्यमन्त्री राई

मङ्गलबार, २७ चैत २०७४

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नागरिकले आफूहरूलाई सहिदको सपना पूरा गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले सहिदले देखेको समानता र न्यायमा आधारित आर्थिक क्रान्तिको सपना पूरा गर्न अझै बाँकी नै रहेको बताए।

इलामकाे श्रीअन्तुमा ८ देशका १५ चिया व्यापारी

मङ्गलबार, २७ चैत २०७४

२०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो।

चिया लोगोमा विवाद

सोमबार, २६ चैत २०७४

सरकारले शनिबार विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो विवादमा परेको छ।

महोत्सव प्रचार गर्न मोटरसाइकल -याली, उपराष्ट्रपतिबाट उद्घाटन

शनिबार, २४ चैत २०७४

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आउँदो वैशाखमा आयोजना गरिने महोत्सवको तयारी तीव्र पारिएको छ। यहीक्रममा सदरमुकाममा शनिबार मोटरसाइकल -यालीसमेत आयोजना गरियो।

माग उच्च, प्रोत्साहन शून्य

बिहिबार, २२ चैत २०७४

चिनियाँ राजदूत यु होङले इलामका चिया कारखानामै आएर चीनसहित तेस्रो मुलुकमा नेपाली चियाको बजार सम्भावना उच्च रहेको बताएपनि किसानले चाहिँ अर्गानिक उत्पादनमा प्रोत्साहन नै नभएको गुनासो गरेका छन्। किसानले अर्गानिक चियामा सहुलियत पाए विश्वमा यसको माग धानिनसक्नुको रहेको पनि जनाए।

दुई हजार बाँसको प्यारापिट

बुधबार, २१ चैत २०७४

सदरमुकामको ठूलो टुँडिखेलमा बाँसका हजारौं खाँबाखुट्टी गाडिएका छन् । खाँबाखुट्टीमाथि अर्काे बाँस तेर्याएर नरिवलको डोरीले कसी–कसी बाँध्न भ्याइनभ्याइ छ कालिगढलाई । नजिकै बजारको ढलमा बगेको पानी प्रशोधन गरी मैदानको दुबोमा सिँचाइ गरिँदै छ। अनि, सामाजिक सञ्जाल प्रयोगकर्ता इलामेको ‘पेज’ रंगिएको छ गोल्डकपको टाइसिट र टुँडिखेलका तस्बिरहरूले।

चिया कारखाना घुम्दै चिनियाँ राजदूत

मङ्गलबार, २० चैत २०७४

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन् । आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

चिया कारखानामा चिनियाँ राजदूत

सोमबार, १९ चैत २०७४

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन्। आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

मेची राजमार्गको चौडा बढाइँदै

सोमबार, १९ चैत २०७४

इलामको सूर्याेदय नगरपालिकाले मेची राजमार्गको चौडा बढाउन थालेको छ। पर्यटकीय क्षेत्र कन्यामलाई लक्षित गरी नगरपालिकाले मेची राजमार्गको हर्कटेदेखि पाल्टाँगेसम्मको ८ किलोमिटर सडक चौडा गर्न थालेको हो।

महासंघको अगुवा नेतृत्व सम्मानित

शुक्रबार, १६ चैत २०७४

पत्रकारिता र सञ्चार क्षेत्रमा विशिष्ट योगदान गर्ने नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूलाई सम्मान गरिएको छ। महासंघको ६३औं स्थापना दिवस अवसरमा शुक्रबार महासंघको इलाम शाखाका ६ पूर्वसभापति तथा अध्यक्षहरू सम्मानित भएका हुन्।

माइभ्याली गोल्डकपमा १२ टिम भिड्ने

मङ्गलबार, १३ चैत २०७४

पूर्वी पहाडकै धेरै धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलमा १२ टिमले भाग लिने भएका छन्।

सम्मानले बिर्सायो विभेदको पीडा

सोमबार, १२ चैत २०७४

२०४६ सालको एक दिन। मंगलीमाया विक इलामको सिम्ले खेतमा रोपाइँ गर्न खेताला गइन्, छिमेकीको खेतालाका रुपमा। साथमा थिइन् ७ वर्षीया माइली छोरी। दिउँसो २ बजेतिर खाजा–चिया खाने बेला भयो । आफूसँगै रोपाइँ गरिरहेका करिब ३५ खेतालाले स्टिल र आल्मुनियमका थालमा रमाईरमाई खाजा खाए । मंगली र उनकी छोरीलाई अरू सबैले खाइसकेपछि मात्र खाजा दिइयो, त्यो पनि फूलतरुलको पातमा।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।