शिवहरि घिमिरे

शिवहरि घिमिरे

सरकारी स्कुलको जग्गा सस्तो भाडा दरमा

शुक्रबार, ११ जेठ २०७५

ललितपुर पुल्चोकस्थित मदन स्मारक स्कुलको जग्गा ठेकेदार कम्पनीलाई निकै सस्तो दरमा भाडामा दिएको भेटिएको छ । ललितपुर महानगरपालिकाका अधिकारीका अनुसार पुल्चोकको उक्त जग्गाको चलनचल्तीको वार्षिक भाडा मूल्य प्रतिरोपनी तीन करोड रुपैयाँभन्दा बढी छ । आर्थिक वर्ष ०७३÷७४ मा घर–जग्गाकर प्रयोजनको सरकारी मूल्यांकनअनुसार चक्रपथबाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको वार्षिक भाडादर प्रतिरोपनी ३२ लाख २५ हजार रुपैयाँ छ।

वडा छुट्याउन माग

सोमबार, ०७ जेठ २०७५

ललितपुर–महालक्ष्मी नगरपालिका–८ का स्थानीयले वडा छुट्याउन माग राखेका छन् । नगरपालिकाको दक्षिणी क्षेत्रका वासिन्दाले भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा आफूहरुलाई मर्का परेको भन्दै आइतबार ज्ञापनपत्रसहित यस्तो माग राखेका हुन्।

जिल्ला समन्वय समिति सुनसान

सोमबार, ०७ जेठ २०७५

एक वर्ष अघिसम्म साबिकका जिल्ला विकास समितिमा सेवाग्राहीको निकै भीड लाग्थ्यो । सेवाग्राहीको चाप थेग्न कर्मचारीलाई हम्मे पथ्र्यो । जिल्लाका सबैजसो काम समितिमै ठोकिन्थे । सेवाग्राही हरेक प्रकारका काम लिएर जिविसमै धाउने गर्थे ।

जात्रा हेर्दै साटिन्छ प्रेम

सोमबार, ०७ जेठ २०७५

भनिन्छ, प्रेमको कुनै परिधि हुँदैन । प्रेममा बाधिएकाहरुको स्वतन्त्रताको वेग कसैले ढल्मल्याउन सक्दैन । कहिँ अवरोध आइहाले प्रेमकै जित हुने आट बोक्छन् उनीहरु।

तबेलामा पुस्तकालय

शनिबार, ०५ जेठ २०७५

बाहिरबाट हेर्दा एउटा त्रिभुज आकारको जीर्ण भवन छ । बाहिरको होर्डिङबोर्ड हेरेर भित्र पसेपछि पनि पुस्तकालय हो वा होइन भनेर ठम्याउन मुस्किल पर्छ ।गएको साता, भवन गेट छेउकै जीर्ण कोठाभित्र कुर्सीमा एक महिला कर्मचारी मोबाइल चलाउँदै थिइन् ।‘यही हो, नेपाल राष्ट्रिय पुस्तकालय ?’ यस पंक्तिकारको जिज्ञासापछि ती कर्मचारीले मोबाइलको स्क्रिन टेबलतिर फर्काउँदै भनिन्, ‘हजुर, ऊ त्यहाँ लाइब्रेरी सर हुनुहुन्छ, सोध्नुस् न।’

विपन्नको बजेट अन्तै खर्च

शुक्रबार, ०४ जेठ २०७५

सरकारले विपन्न वर्गको उत्थानको लागि आएको हरेक वर्ष बजेट छुट्याउँछ । तर, विभिन्न बहानामा उक्त रकम अन्यत्रै खर्च गर्ने प्रवृत्ति छ । यसको ज्वलन्त उदाहण हो, ललितपुर महापालिकाको वडा नम्बर १४ ।

राष्ट्रपतिलाई भोटो देखाइयो

सोमबार, ३१ बैशाख २०७५

रातो मच्छिन्द्रनाथको जात्राअन्र्तगत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोटो देखाइएको छ । करिव १६ सय वर्ष लामोे किंवदन्ती भएको मछिन्द्रनाथको रथजात्रामा राष्ट्रपति भण्डारी सहभागी भएर रातो मच्छिन्द्रनाथको भोटो नजर गरेकी थिइन् ।

काष्ठमण्डप पुनर्निर्माणमा अर्को समिति

शुक्रबार, २८ बैशाख २०७५

भूकम्पमा परी काष्ठमण्डप भत्किएको तीन वर्ष भइसकेको छ । यस अवधिमा काष्ठमण्डप पुनर्निर्माणका लागि चार समिति गठन भए । तर, पुनर्निर्माण सक्नु त परै जाओस्, सुरु पनि हुन सकेन । बरु, उल्टै विवाद सिर्जना भयो । विवादको विषय थियो– सरकारी मापदण्ड, मौलिकता र पुनर्निर्माण सामग्री । पुनर्निर्माण विवादले स्थानीय सडकसम्म आउन बाध्य भए । काष्ठमण्डप विवादै विवादको जालोमा फसिह्यो ।

जावलाखेल पुर्याइयो मछिन्द्रनाथको रथ

शुक्रबार, २८ बैशाख २०७५

रातो मच्छिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्याइएको छ । लगनखेलस्थित थतीटोलमा रहेको रथलाई बिहीबार ४ः३० बजे कुमारीपाटी हुँदै जावलाखेल पुर्याइएको हो । रथ जावलाखेल पुर्याएको चौंथो दिन (वैशाख ३० गते) अपराह्न ५ बजेपछि मछिन्द्रनाथको भोटो देखाउने साइत जुरेको छ।

शताब्दी ‘तन्नेरी’

बिहिबार, २७ बैशाख २०७५

तिथि (वैशाख नवमी) अनुसार बुधबार उनी ९८ वर्ष पूरा भई ९९ सय वर्षमा लागेका छन् । हिँडाइ र कुरा गर्दाको हाउभाउ हेर्दा उनी शताब्दी संघारमा छन् जस्तो लाग्दैन । उनको बोलीमा पनि तन्नेरीको जस्तै ओज छ। उनीसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन । सार्वजनिक कार्यक्रममा पनि उनी ठमठमी हिँडेरै पुग्छन् । उनी हुन्– शताब्दी तथा वाङ्मय पुरुष सत्यमोहन जोशी।

३०गते भोटो देखाइने

सोमबार, २४ बैशाख २०७५

रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत वैशाख ३० गते जुरेको छ । सो दिन अपराह्न ५ बजेपछि राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिलाई गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द पौडेलले भोटो देखाउने छन्।

यसरी भित्रिन्छ हरिया मकै

शुक्रबार, २१ बैशाख २०७५

काठमाडौंका सडक किनार र चोकहरूमा मकै पोलेर बेच्नेहरू धेरै छन् । ती व्यापारीकहाँ आउने मकैका पारखी पनि कम छैनन्।

श्रीमानको कुटाइले उपमेयर घाइते

बुधबार, १९ बैशाख २०७५

श्रीमानको कुटाइबाट गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् । घरायसी विवादका कारण मंगलबार राती श्रीमान ध्रुव कुँवरले उनीमाथि हात हालेको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।

किन खसालिन्छ नरिवल ?

सोमबार, १७ बैशाख २०७५

रातो मच्छिन्द्रनाथ रथजात्रा सुरु हुनुअघि उपत्यकाका तीनै जिल्लाका मानिसले पाटन पुल्चोकस्थित मच्छिन्द्रवहालबाट भरिभराउ हुन्थ्यो । डोरी र रथ तान्नका लागि प्रयोग हुने अन्य सामान बोकेर आएका नेवार समुदायका व्यक्तिले रथलाई तीनतिर तान्थे।

साहित्य फक्रिएको दशक

शुक्रबार, १४ बैशाख २०७५

पछिल्लो दशकले नेपाली साहित्यमा एक किसिमको क्रान्ति नै ल्यायो । यस अवधिमा लेखक मात्रै उदाएनन्, तीनका लेख–रचनालाई सहजै बजारसम्म ल्याइदिने निजी प्रकाशन गृह खुले।

ललितपुरमा ब्युँताइँदै मल्लकालीन राजकुलो

शुक्रबार, १४ बैशाख २०७५

करिब तीन दशक अघिसम्म उपत्यकाका काँठ क्षेत्रमा पानी नै बग्ने तीनवटा प्रमुख राजकुलो थिए । तिनका मुहान थिए, काठमाडौंको बूढानीलकण्ठ, भक्तपुरको वागेश्वरीबाट र ललितपुरको टीकाभैरव।उपत्यकाका यी प्रमुख राजकुलोमध्ये अहिले कुनैमा पनि पानी बग्दैन । राजकुलो भएको अधिकांश क्षेत्रमा त्यसलाई मासेर कि सडक बनाइएको छ कि त अग्ला घर ठड्याइएको छ।

सुविधाभोगी जनप्रतिनिधि

सोमबार, १० बैशाख २०७५

भवन नभएर भाडामा बस्दै आएको यो नगरपालिकाभित्र बस्ने जनप्रतिनिधिको कार्यकक्ष भने झकिझकाउ छ । तर, नगरपालिकाको अगाडि रहेको लुभु–लामाटार सडकको अवस्था बेहाल देखिन्छ।

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

शुक्रबार, ०७ बैशाख २०७५

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । शुभ साइतअनुसार बिहीबार बेलुकी ५ बजे रथयात्रा आरम्भ भएको हो । यो यहाँको सबैभन्दा ठूलो जात्रा हो।

मेयर चिरिबाबुको आठौं विदेश भ्रमण

बिहिबार, ०६ बैशाख २०७५

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बुधबार बेलुकी आठौं विदेश भ्रमणमा गएका छन्। महानगरपालिकाको प्रमुख पदमा निवार्चित भएयता यसबाहेक उनी सातपटक विदेश भ्रमण गरिसकेका छन्। आठौं विदेश भ्रमणको शिलशीलामा उनी यो पटक चीन सरकारले मकाउमा आयोजना गरेको भ्रमण कार्यक्रममा सहभागी भएका हुन्।

आठौंपल्ट विदेश सयर हुँदै मेयर चिरिबाबु

बुधबार, ०५ बैशाख २०७५

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बुधबार बेलुकी आठौंपल्ट विदेश भ्रमणमा जाँदैछन्।