डा सुभाष पोखरेल

डा सुभाष पोखरेल

जनताले नबुझेको महाभियोग

मङ्गलबार, २६ बैशाख २०७४

प्रधानन्यायाधीशका रूपमा सुशीलाको हजारौँ खराबी खोज्न सकिन्छ तर उनलाई कसैले पनि आर्थिकरूपले भ्रष्ट भन्न सक्दैन। निरपेक्ष जनताको नजरमा उनी महाभियोग खेप्नुपर्ने खराब आचरणकी न्यायमूर्ति हुँदै होइनन्।

सापेक्ष आतिथ्यता र राष्ट्रवाद

मङ्गलबार, १२ बैशाख २०७४

अमेरिकाका राष्ट्राध्यक्षले आधा शताब्दीअघि संसारकै गरिब मुलुक नेपालका राजालाई एयरपोर्टमै स्वागत गरे। तर छिमेकी भारतले अहिले पनि हाम्रा राष्ट्राध्यक्षलाई राज्यमन्त्रीबाट आतिथ्य दिनुलाई नेपालको महत्व स्खलित भएको भन्दा अन्यथा नहोला।

विद्यार्थी राजनीतिको औचित्य

मङ्गलबार, २९ चैत २०७३

स्ववियु हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने बाटो बन्द गर्ने हो भने भिन्न कुकर्मबाट रकम कुम्ल्याएका ‘डन’हरुले नेताको बोलकबोल बमोजिमको रकम तिरेर उच्च राजनैतिक तहमा पुग्ने सम्भावना रहन्छ।

अर्बुद रोगको वर्तमान

मङ्गलबार, १५ चैत २०७३

जसरी सावधानी अपनाउँदा, गाडीलाई दुरुस्त राख्दा, बाटो नियमित मर्मत गर्दा सवारी दुर्घटना न्यून गर्न सकिन्छ त्यसैगरी खानपान तथा वातावरणीय परेजले क्यान्सरलाई केही नियन्त्रित गर्न भने अवश्य सकिन्छ।

पेशाकर्मीको राजनीतिक निरपेक्षता

मङ्गलबार, ०१ चैत २०७३

विश्वेश्वरप्रसाद कोइराला संयुक्त राज्य अमेरिकामा क्यान्सरको इलाज गर्न आउँदा त्यहाँ अध्ययन तथा पेशा गर्ने नेपालीले परामर्शका क्रममा आफूहरूले देशमा प्रजातन्त्र पुनस्र्थापनाका खातिर के कसरी योगदान गर्न सकिन्छ ? आफूहरूले दक्षताका काम छोडी नेपाल गएर राजनीतिमा प्रवेश गर्ने हो कि भन्ने प्रश्न गरे ।

कोइराला डक्ट्रिनको निरन्तरता

मङ्गलबार, १७ फागुन २०७३

राजनीतिक निष्ठामा अडिग हुँदा गणेशमान, कृष्णप्रसाद तथा मनमोहन अधिकारी बनिने तर मूल्य र मान्यतालाई तिलाञ्जली दिएर व्यक्तिगत स्थार्थमा लागे गिरिजाप्रसाद तथा कमल थापा बन्न सकिने नेपाली दलीय व्यवस्थाले देखाएको बाटो हो। दुर्भाग्यवस नेपाली राजनीतिमा सबैका आदर्श गिरिजा र कमल देखिए।

नातावाद विरोधी कानुन आवश्यक

मङ्गलबार, १८ माघ २०७३

प्रम सुशील कोइरालासँग मरिहत्ते गरी छोरालाई जागिर दिलाउने रामचन्द्र पौडेलले श्रीमती सभासद् बनाएकामा शेरबहादुरको कसरी विरोध गर्ने? अनि श्रीमतीलाई मन्त्री बनाउन मरिहत्ते गर्ने बाबुरामले सन्तानलाई रोजगारी दिए भनेर प्रचण्डको कुन मुखले विरोध गर्नु?

जलविद्युत्को भविष्य

मङ्गलबार, ०४ माघ २०७३

अहिलको राष्ट्रिय ऊर्जा खपतको न्यून हिस्सामात्र विद्युत्ले समेटेको वास्तविकता मध्यनजर राख्दा देशको आन्तरिक ऊर्जा माग धान्न स्वदेशी लगानीमा आधारित जलविद्युत् आयोजनाको स्थापना अविलम्ब अत्यावश्यक देखियो।

विदेशी पैसाको दुष्प्रभाव

मङ्गलबार, १९ पुष २०७३

देशको संविधान निर्माणदेखि अरुण आयोजना स्थगनसम्ममा देखिएको विदेशी पैसाको दुरुपयोगलाई मध्यनजर राख्दै सरकारले सन्देहास्पद कार्यमा संलग्न एनजिओ बन्द नगर्ने हो भने देश सञ्चालन जनप्रतिनिधिको बदला विदेशी एनजिओकर्मीले गर्ने दिन धेरै टाढा नहोला।

जलविद्युत्मा प्याकेज लगानी

मङ्गलबार, ०५ पुष २०७३

चीनमा ऊर्जा संकट नरहेको र भारत आफँै आणविक भट्टीमार्फत बिजुली उत्पादन गर्न तल्लीन रहेको अवस्थामा नेपालले बिजुली बेचेर अर्थोपार्जन गर्ने सोच राख्नुलाई कच्चा खेलभन्दा अन्यथा नहोला।

तराई-पहाडको दूरी

मङ्गलबार, २१ मङि्सर २०७३

मधेसीहरुको बाहुल्य भएका राज्यमा आफ्नो बोलवाला रहने भएकाले सदैव काठमाडौँसँग लेनदेन गर्न सकिने मधेसी नेताहरुको ठहरले वर्तमानको सीमांकन तोकिएको बुझ्न कठिन रहेन। तर, वर्तमान सीमा पुनर्लेखनले मधेसी जनतामा कुनै पनि ऊर्जा दिएको देखिन्न।

औषधि खर्चको औचित्य

मङ्गलबार, ०७ मङि्सर २०७३

सुजाता कोइरालाको इलाजका लागि सरकारले ५० लाख आर्थिक सहयोग गर्ने निर्णयविरुद्ध ओर्लिए स्वास्थ्य मन्त्री गगन थापा कांग्रेसकै मन्त्रीले सार्वजनिक विरोध गरेपछि अन्यत्रले सुजाताको खेदो खन्नु अन्यथा भएन। सामाजिक सञ्जालमा निकै धज्जी उडाइयो सुजाता अनि सरकारको उक्त फैसलाको ।

राजनीतिमा व्यक्तिगत स्थार्थ

मङ्गलबार, २३ कार्तिक २०७३

राजनीतिप्रतिको नागरिक वितृष्णा अनौठो विषय होइन। मन्त्री बन्नका लागि दल परिवर्तन गर्ने, पार्टी फुटाउने प्रवृत्ति नौलो रहेन।

सस्तो लोकप्रियता मोह

मङ्गलबार, ०९ कार्तिक २०७३

आवश्यक नियम कानुन बनाएर खराब पद्धतिलाई व्यवस्थित बनाउनुको बदला फलानो कुरा गरेँ भनेर सामाजिक सञ्जाल र मेडियामा क्षणिक लोकप्रिय बन्न सकिएला तर मुलुकको दुर्दशा भने सुधार्न नसकिने यथार्थ उदायमान राजनीतिज्ञले अझ बढी स्मरण गर्न आवश्यक छ ।

कृषिमा अनुदानको अपरिहार्यता

मङ्गलबार, ११ असोज २०७३

यस पंक्तिकार बस्ने संयुक्त राज्य अमेरिकाको सहरमा आजकल कुखुराको अण्डा गोटाको नेपाली पाँच रुपियाँमा पाइन्छ । त्यस्तै गाईको दूध लिटरको पचास रुपियाँ पर्छ । स्थानीय चामल काठमाडौंको बजारभन्दा सस्तोमा पाइन्छ अमेरिकी बजारमा । स्थानिय करले मूल्यमा केही तल–माथि पारे पनि अमेरिकी सहरको कृषि उत्पादनको मूल्य परिपाटी हो यो विवरण ।

आयुर्वेद औषधि प्रवर्धन

मङ्गलबार, २८ भदौ २०७३

आयुर्वेदमा रोग निदानका लागि महत्वपूर्ण भूमिका खेल्ने प्राथमिक तत्व पहिचान गर्न सके आयुर्वेदिक ओखती र अंग्रेजी औषधिको सेतु कायम गर्न सकिन्छ।

कर्तव्यपरायण व्यक्तिको तागत

मङ्गलबार, ३२ साउन २०७३

चिकित्सा क्षेत्रमा देखिएको बेथितिविरुद्ध उत्रिएका डा. गोविन्द केसी नागरिक समाजको प्रतिमूर्तिका रूपमा स्थापित भए। निष्ठा तथा पेशाप्रतिको इमान्दारिताले केबल बिरामीको इलाज गर्ने पुरातन डाक्टरभन्दा फरक चिकित्सकका रूपमा उभ्यायो उनलाई।  औषधि विज्ञानलाई व्यापारीकरण गरिन नहुने र स्वास्थ्य क्षेत्रमा सबै जनताको पहुँच हुनुपर्ने मागमा अडिग छन् उनी।

आर्थिक विकास विरोधी संविधान

मङ्गलबार, १८ साउन २०७३

सन् १९९६ मा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक अर्बटो अलेसिनाको नेतृत्वमा स्ट्यानफोर्ड र एल विश्वविद्यालय तथा अमेरिकी फेडरल रिजर्भ बोर्डका अनुसन्धानकर्ता सम्मिलित टोलीले नेपाललगायत संसारका विभिन्न ११३ राष्ट्रमा भएका सत्ता परिवर्तनहरुलाई आफ्नो रिसर्चको आधार बनाएर कुनै पनि देशमा हुने सरकार परिवर्तनले उक्त मुलुकको आर्थिक उन्नतिमा कस्तो प्रभाव पार्छ भन्ने ‘जर्नल अफ इकोनोमिक ग्रोथ’मा बृहत् रिसर्च आर्टिकल प्रकाशित गरे।

अर्को द्वन्द्वको तयारी

मङ्गलबार, ०४ साउन २०७३

माओवादी केन्द्रले केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार धाराशायी बन्यो। ओली सरकार विघटन भएपछि उनकोे समर्थनमा प्रदर्शन भएका खबर आए। प्रधानमन्त्री रहने–नरहने विषयको छिनोफानो गर्ने निकाय संसद् जीवितै रहेको अवस्थामा भएका सडक भेलाहरूले मुलुक अराजक बन्दै गएको सन्देश दिन्छ।

विश्वसनीय अनुसन्धान

मङ्गलबार, २१ असार २०७३

केही वर्षअघि नेपाल जाँदा एक जना प्रवीणता प्रमाणपत्र पढ्दाका सहपाठी चिकित्सकले भलाकुसारीका लागि उनको आवासमा बोलाए। सरकारी डाक्टर भएकाले उनको निवास र अफिसको बीचमा खासै पर्दा थिएन।