चिरन शर्मा

चिरन शर्मा

नेपाल पत्रकार महासंघ यूकेको चौथो अधिवेशन सम्पन्न

सोमबार, ०७ जेठ २०७५

नेपाल पत्रकार महासंघ, बेलायतको चौथो अधिवेशनले अगामि २ वर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिवेशनले पुनः नरेश खपांगीमगरको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो।

पत्रकार महासंघ यूकेको अधिवेशनमा अध्यक्ष र महासचिव लण्डन आउने

सोमबार, ३१ बैशाख २०७५

नेपाल पत्रकार महासंघ यूके शाखाको आगामि शनिवार हुने चौथो अधिवेशनमा भाग लिन केन्द्रिय नेताहरु लण्डन आउने भएका छन् । अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लण्डन आउन लागेका हुन् ।

बेलायतको स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी

शुक्रबार, २१ बैशाख २०७५

बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन्। गुरुङले  प्रमुखप्रति पक्ष दल लेबरका उम्मेदवारलाई परास्त गर्दै आफ्नो सिट सुरक्षित गरेका हुन्।

गाडीले ठक्कर दिँदा लण्डनमा नेपाली महिलाको मृत्यु

सोमबार, १७ बैशाख २०७५

गुडिरहेको कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको मृत्यु भएको छ। हन्स्लो वेष्ट बस्ने ४९ वर्षिया मिना लिम्बुको बाटो काट्ने बेलामा कारले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो।

'काठमाडौँमा भूमिगत रेल नै उपयुक्त'

सोमबार, १० बैशाख २०७५

काठमाडौँ जस्तो व्यस्त सिटीको लागि भूमिगत रेल दीर्घकालिन हुने विज्ञहरुले सुझाव दिएका छन् । सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेद्वारा शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा नेपालमा रेलको सम्भवना र चुनौति बारे कार्यपत्र पेश गर्दै रेल विज्ञहरूले सरकारलाई सो सुझाव दिएका हुन्।

बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. अधिकारी

शुक्रबार, ०७ बैशाख २०७५

लायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. कृष्ण अधिकारी निर्वाचित भएका छन्। आगामी ४ बर्षको लागि अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भए।

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदवार

मङ्गलबार, ०४ बैशाख २०७५

बेलायतको स्थानीय निर्वाचनमा एक महिलासहित आधा दर्जनभन्दा बढी गैरआवासीय नेपालीले उम्मेदवारी दिएका छन्। आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा हन्स्लो, बार्नेट, इलिङ, हार्ट डिस्ट्रिकलगायतको क्षेत्रबाट नेपालीहरुले पनि उम्मेदवारी दर्ता गरेका हुन्।

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाइने

आइतबार, ०२ बैशाख २०७५

बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा मे ५ तारिखका दिन बुद्धजयन्ती विशेष कार्यक्रमका बीच मनाइने फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । नेपालको पर्यटन प्रवद्र्धन र बुद्ध जन्मस्थलबारे भ्रम चिर्न कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।

लाप्राकमा भूकम्प पीडितलाई घर छुट्याईयो

मङ्गलबार, २२ फागुन २०७४

-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधिन बस्तीका भूकम्प पीडितहरुलाई चिट्ठा मार्फत घर छुट्याई दिएको छ। एनआरएनएसँग एक वर्षअघि घर निर्माण सम्बन्धी सम्झौता गरेका भुकम्प पीडित परिवारलाई चिट्ठा मार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो।

'सरुवा बढुवाका फाइल बोकेर नहिँड्नुस्'

शनिबार, १९ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदहरुलाई संयुक्त प्रशिक्षण दिइएको छ। संसद भवन बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्व सभामुख सुभास नेम्वाङले सदनमा सांसदले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए।

बानेश्वरमा कलाकारको भव्य होली (फोटो फिचर)

बिहिबार, १७ फागुन २०७४

फागु पूर्णिमा (होली पर्व)को अवसरमा राजधानीको बानेश्वरमा भव्य रुपमा होली मनाइएको छ। ‘रेडियो अडियो बानेश्वर होली’ नाम दिइएको कार्यक्रममा नेपाली सिने क्षेत्रमा चर्चित कलाकारहरु उपस्थित थिए। कार्यक्रममार्फत मह जोडीले निर्माण गरेको फिल्म ‘शत्रुगते’को प्रवर्द्धन समेत गरियो।

‘दारु पत्रकार’

सोमबार, २२ माघ २०७४

सन् २०१५ को अक्टोबरमा काठमाडौंस्थित अन्नपूर्ण होटलमा गैर आवासीय नेपाली संघको रात्रीभोज चल्दै थियो। देशका धनाढ्यदेखि सेलिब्रेटीसम्मको उपस्थिति थियो। तारे होटलमा आयोजित भोज, त्यो पनि एनआरएनले गरेको पार्टीमा मदिराको कमी हुने कुरै भएन। मदिरा सौखिनका लागि त्यो ठूलो मेला र अवसर जस्तै थियो। विदेशी ब्रान्डको रक्सी रोजी रोजी पिउन पाउने अवसरलाई धेरैले उपयोग गरिरहे।

लण्डनमा परोपकारी कविता कन्सर्ट

शुक्रबार, १९ माघ २०७४

बेलायतमा पहिलोपल्ट बृहत् रूपमा कविता कन्सर्टको आयोजना गरिने भएको छ।

शेयर बजारमा एनआरएनको दस अर्ब रुपैयाँ

बुधबार, १० माघ २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतमा विश्वभरका नेपाली समुदायबाट संकलन हुने १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा भित्रिने भएको छ।

बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय

सोमबार, ०८ माघ २०७४

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबी नेपालले ग्लोबल आईएमई बैंकको वेलायतमा सम्पर्क कार्यालयको उद्धघाटन गरेका छन्। नेपालीको उच्चजनघनत्व रहेको अल्डरशटमा स्थापना गरिएको बैंक कार्यालयको आइतबारदेखी औपाचारिक रुपमा उद्धघाटन गरिएको हो।

स्वास्थ्यमा उल्लेख्य सुधार: डा. उपेन्द्र देवकोटा

बुधबार, १२ पुष २०७४

लन्डनको किङ्ग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार्थ भर्ना भएका पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।

एकपटक पुग्नै पर्ने देश नेपाल

बिहिबार, २३ कार्तिक २०७४

विभिन्न सरकारी अधिकारीहरुले बेलायती पर्यटन व्यवसायी नेपालको भ्रमण गर्न आमन्त्रण गरेका छन्। लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बीबीसीले जीवनमा एकपटक पुग्नै पर्ने देशको रुपमा नेपालको उल्लेख गरेको बताए।

प्रस्तुतिका लागि नेपाल अाइडल टोली लन्डनमा

बिहिबार, १६ कार्तिक २०७४

नेपाल आइडल बिजेता टोली बेलायतका विभिन्न शहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिन लन्डन आइपुगेको छ। पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र संसारा ग्रुपअन्तर्गत मनकामना मनी ट्रान्सफरको आयोजनामा बेलायतमा हुने कन्सर्टमा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन्।

घलेद्वारा प्रस्तुत 'भिजन २०२०' संशोधनसहित पारित

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थागत पुनःसंरचना गर्न अध्यक्ष शेष घलेले प्रस्तुत गरेको भिजन २०२० एन्ड बियोन्ड नामक प्रस्ताव काठमाडौंमा जारी विश्व सम्मेलनले संशोधनसहित पारित गरेको छ।

एनअारएनए अध्यक्षको 'भिजन २०२०' प्रस्ताव संशाेधनसहित पारित

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थागत पुनःसंरचना गर्न अध्यक्ष शेष घलेले प्रस्तुत गरेको 'भिजन २०२० एन्ड बियोन्ड' नामक प्रस्ताव काठमाडौंमा जारी विश्व सम्मेलनले संशोधनसहित पारित गरेको छ। सम्मेलनले विवादित बुँदा संशाेधन गरी प्रस्ताव पारित गरेको हो।