शुक्रबार, ०४ फागुन २०७४
जनयुद्ध थालनीको २३ वर्षमा सामाजिक हस्तक्षेप भयो, घनघोर युद्ध भयो । आशाहीन जागे । त्यस बेला जन्मेका बच्चा अहिले तन्नेरी मात्रै हैन, राज्यको नीति निर्मातासमेत भइसके । प्रख्यात इतिहासकार इरफान हबिब भन्छन्— तपाईं इतिहासलाई फेर्न सक्नुहुन्न । तथ्यलाई सृजित गर्नुहुन्छ भने त्यो इतिहास नभई कल्पना मात्र हुन्छ।
मङ्गलबार, २५ पुष २०७४
भन्नै परेन, नेपाली जनमत वामढलो छ । यस वर्ष माक्र्सको दुई सयौँ जयन्ती, कम्युनिस्ट घोषणापत्रको १ सय ५० वर्ष र अक्टोबर क्रान्तिको सय वर्ष बिते । यी दुई सय वर्षमा विश्वमा दर्शन, विज्ञान, आविष्कार, सूचना, सञ्चार र प्रविधिको अभूतपूर्व विकास भयो । त्यसले दर्शन, राजनीतिक शास्त्र, संर्घष र मनोविज्ञानमा समेत अत्यन्तै ठूलो प्रभाव पा¥यो ।
बुधबार, १८ साउन २०७४
संसार, गलत क्रियाकलाप गर्नेहरूबाट नष्ट हुँदैन, तर यसकारणले नष्ट हुन्छ, जो गलत क्रियाकलाप चुपचाप हेरिमात्र रहन्छ – अल्बर्ट आइन्स्टाइन।
बुधबार, ११ साउन २०७४
नेपालको राज्यसत्ताकै चरित्र फेर्न अगुवाइ गर्ने माओवादी केन्द्रको अनपेक्षित चुनावी परिणामपछिको बैठक जनसरोकारको विषय हो । कुनै पनि वस्तुको विकास वा विनाशको कारण सोही वस्तु वा पार्टीको आन्तरिक पक्ष प्रधान हुन्छ । माओवादीको पनि त्यही भएकाले निदान भित्रै खोजिनुपर्छ। कचिंगलको बारबेर भइरहेको माओवादी समीक्षा बैठक भने फेरि नारायणकाजी भर्सेस गोपाल किरातीका गाँडकोर गरेर छताछुल्ल हुँदै सकियो।
बुधबार, ०४ साउन २०७४
जब कांग्रेस, कांगेस रहेन् न कम्युनिस्ट कम्युनिस्ट नै रहे तब जय नेपाल र लालसलामका ट्रेडमार्कमा टिकेको राजनीतिलाई कोइराला र पिएलको याद श्रद्धा नभई सराद्धे हुने नै भयो ।
मङ्गलबार, २७ असार २०७४
जब संगठनमा कुनै गम्भीर बहस नै हुँदैन तब पार्टी क्लबमा फेरिन्छ र स्वामित्व नभएकाले निर्णयहरू हुकुम भए पनि पालना गर्ने नैतिक दायित्व कसैलाई हुँदैन्।
मङ्गलबार, २० असार २०७४
सन् १९४७ मा स्वतन्त्रतासँगै भारतीय कांग्रेस विघटन गर्ने प्रस्ताव महात्मा गान्धीले राखे । सुभाषचन्द्र बोसको आजाद हिन्द सेना र भगत सिह, चन्द्रशेखर आजादको समाजवादी संगठनको विशेष भूमिका रहे पनि राष्ट्रिय मुक्ति आन्दोलनको प्रमुख अगुवा कांग्रेस नै थियो ।
मङ्गलबार, १३ असार २०७४
मिडियाको अहिलेको अवस्था भनेको मिसन र प्रोफेसनलाई जोडेर कन्फ्युजन पैदा गर्नु हो। जनसरोकारका मुद्दालाई सरोकारहीन बनाएर समाचारमाथि शक्तिशाली वर्गको नियन्त्रण भइरहेको छ।
मङ्गलबार, ०६ असार २०७४
नेपालमा एनजियो/आइएनजियोले समानान्तर सरकार त चलाएकै थिए, सरकारका नीति निर्माण र सबै कामकुराको ड्राफ्टमात्रै हैन, निर्णयका लागि दबाब पनि दिन्थ्यो। तर यस पटक स्थानीय सत्तामै कैयौँ ठाउँमा उनीहरू पकड जमाउन सफल भए।
मङ्गलबार, ३० जेठ २०७४
नेपालको अहिलेको अवस्था सहज तरिकाले बुझ्न झण्डा र नाम मेटाइदिने हो भने कम्युनिस्ट पार्टी र अन्य बुर्जुवा पार्टीमा कुनै भिन्नता पाइँदैन्। अझ चुनावी तालमेल र भरतपुर एपिसेन्टर नियाल्दा सबै छर्लंग्ा हुन्छ ।
आइतबार, १४ जेठ २०७४
स्थायी सत्ताले दरवार र धर्म छाडेर 'कम्युनिस्ट' सँग राप्रपाले गरेको तालमेल पचाएन भने 'राष्ट्रवाद' को असली प्रतिनिधि एमालेलाई नै ठहर्यायो। माओवादी र कांग्रेस तालमेललाई अवसरवादी र अप्राकृतिक तालमेल भन्ने बुझ्यो।
मङ्गलबार, २६ बैशाख २०७४
एकल अभ्यास हुँदा जति पार्टीमा जोश, जाँगर हुन्छ र चुनौती स्वीकारिन्छ त्यो सक्रियता र उत्साह तालमेलले दिँदैन। अझ पदीय अभिलाशीमा केन्द्रीय निर्देशनले आफू अपमानित भएको महसुस हुन्छ।
सोमबार, १८ बैशाख २०७४
यो समय सत्ताचरित्र फेर्ने स्थानीय तहको चुनावको हो । यो चुनाव गाउँ/नगरपञ्चायत, गाउँ÷नगर विकास समितिको जस्तो मात्रै हैन, गाउँ÷नगरपालिकाको चुनाव हो । एकाथरी मानिस चुनावलाई पहिलाको जस्तै मान्दैछन् भने कतिपयले यसलाई हुन नदिएर संविधान निरर्थक बनाउँदै पुरानै यथास्थितिको सपना देख्दैछन् । कुनै सन्दर्भको प्रगतिशीलता रूपमा जे देखिए तापनि अर्को समयमा सोही प्रकारको सक्रियता प्रतिक्रियावादको सहयोगी बन्न पनि सक्छ । समयको छनोटले काम मूल्यांकन हुन्छन् । अहिले द्वन्द्वकालीन मुद्दा, अदालती सक्रियता र समय चयन भने द्वन्द्व न्यूनीकरण गर्ने देखिँदैनन् । हरेक स्थायी सत्ता जहिले पनि परिवर्तनको भाषा बुझ्न अक्षम भएर संक्रमणकालीन न्यायको बाटो पछ्याउन पनि सक्दैन् । अहिले घटना त्यस्तै अस्वाभाविक तरिकाले बढ्दैछन् ।
आइतबार, ०५ मङि्सर २०७३
सत्ताले मैमत्त भएपछि कांग्रेसले तत्कालीन जनमोर्चालाई वनमोर्चा र मशालेको नाममा खेद्न थाल्यो। सत्ताका सबै अंग प्रयोग गरिए। तब राप्ती पहाडले प्रतिकार गर्दै जनयुद्धका आधार तयार पारेका हुन्।
सोमबार, ०८ कार्तिक २०७३
आखिर लोकमानको गल्ती के हो? एक एक गरेर जनतालाई सुसूचित गराउन भने भ्रष्टता नै परिचय बनाएका राजनीतिक पार्टी र मिडियाको सरोकार भएन। ती शक्ति नै उनका पछाडि हात धोएर लाग्यो जसले वैकल्पिक सत्ता देशमा चलाइरहेका थिए।
शनिबार, २२ असोज २०७३
म सगरमाथाको चुचुरोबाट मारकस बाबालाई फेरि नालिस ठोक्दै छु । मेरो यो दोस्रो फिरादपत्र हो । यसलाई उच्च अदालतसामु अपिल भनेर बुझियोस् । पहिलो नालिस नेपालमा जनयुद्ध चल्दै गर्दाको थियो, दोस्रो अहिले घनघोर मनोयुद्ध चल्दै गर्दाको हो । नालिस दिनुको कारण मारकस–पिशाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो भनेर हो ।
सोमबार, १७ असोज २०७३
भारत र पाकिस्तानबीच तीनपटक प्रत्यक्ष भिडन्त भइसके। यी दुवै मुलुकमा राष्ट्रवादी बन्ने पहिलो सर्त नै एकअर्काप्रति आपसमा कसले/कति घृणाको आगो ओकल्न सक्छ भन्ने हो। आगो लगाउने र तेल थप्ने काम पुुग्ाांपण्डित र कठमुल्ला गर्छन् भने सत्ताप्यासा राजनीतिकर्मीहरु त्यसैमा हावा फुक्ने गर्छन्।
शुक्रबार, ०७ असोज २०७३
ओहो... कुनै दिन तोप बन्ने अक्षरहरुको दयनीय अवस्था भनेको माओवादी जनयुद्धको अहिलेको अवस्था हो। पत्रु भएका माल, खिया लागेका हतियार र सन्दर्भहीन भएका विचारको महत्व नै के हुन्छ र?
शुक्रबार, २४ भदौ २०७३
जुन बेला गगन थापाहरु सडकमा गणतन्त्रका नारा घन्काउँदा आफ्नै नेतृत्वको खप्की खाँदै थिए, त्यसैबेला हिमाल शर्माहरु भैरवनाथ सैनिक ब्यारेकमा जीवन÷मृत्युको लडाइँ लडिरेहका थिए । यी दुवै युवा नेताका पार्टी र युद्धमोर्चा फरक थिए ।
शुक्रबार, १० भदौ २०७३
विशेष दूतका हैसियतले नयाँ सरकारका दुई उपप्रधानमन्त्री चीन र भारतको भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणलाई लिएर अनेकौँ कोणबाट चर्चा/परिचर्चा सुरु भए। सबभन्दा चर्चामा रहेका विषय फास्ट ट्र्याक र जलविद्युतबारे हो।