शिक्षा रिसाल

शिक्षा रिसाल

बेमौसमी झरी

शुक्रबार, ०४ जेठ २०७५

सामान्यतयाः चैत, वैशाख र जेठ महिनामा उखरमाउलो गर्मी हुन्छ । यसअघि यो समयमा तराई मात्र नभई राजधानी काठमाडौंमा पनि निकै गर्मी हुन्थ्यो । तर, यो वर्ष राजधानीमा खासै गर्मी बढेको छैन । यसको कारण हो– चैतदेखि निरन्तररूपमा भइरहेको वर्षा । सामान्यतयाः अंग्रेजी महिना मार्च, अप्रिल र मेलाई ‘प्रि–मनसुन’ मानिने भए पनि यो कहिले ढिलो र कहिले चाडो सुरु हुने गर्छ।

जसको आधा जीवन सडक बढार्दै बित्यो

शनिबार, १५ बैशाख २०७५

काठमाडौंवासी मस्त निदाइरहँदा सडक सफा गर्न निस्किन्छिन्, पूर्णमाया देउला । ६५ वर्षीया देउलाको दिनचर्या बिहान साढे चार बजेबाटै सुरु हुन्छ।काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी उनी साँखुदेखि धाएर सडक सफा गर्न एकाबिहानै आइपुग्छिन्। उनले यो काम गर्न थालेको ४० वर्ष भयो।

सहभागितामा छलाङ

शुक्रबार, १४ बैशाख २०७५

पछिल्लो दशकमा सूचना प्रविधिले निकै ठूलो फड्को मारेको छ । स्मार्टफोनको प्रयोग व्यापक मात्र भएन, सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ । इन्टरनेट र डाटाको मूल्य सस्तिँदै गएपछि प्रयोग पनि बढ्दै गएको हो।

सेलिब्रेटीबीच लोकप्रिय

शनिबार, ०८ बैशाख २०७५

स्मार्टफोनको अगाडि अहिलेका किशोरकिशोरी र युवा पुस्ताले लिपसिङ गरिरहेका छन् भने उनीहरूले पक्कै पनि म्युजिकल डट ली प्रयोग गरिहेका हुन सक्छन् ।

प्रधानमन्त्रीमाथि व्यंग्य

सोमबार, ०३ बैशाख २०७५

प्रधानमन्त्री केपी ओलीको बारेमा सामाजिक सञ्जालमा चर्चा भइरहन्छ । चिया पसल, सार्वजनिक स्थान, सञ्चार माध्यम मात्र होइन, सामाजिक सञ्जालमा धेरै चर्चा हुने नेतामा पर्छन् उनी।

प्रशंसा खाेज्छन् बालबालिका

शनिबार, ०१ बैशाख २०७५

बालबालिकाले माया प्रेम र स्नेह खोज्नु स्वभाविक हो । तर, हालसालै गरिएको एउटा अध्ययनले के कुरा देखाएको छ भने बालबालिकाहरू प्रशंसाका भोका हुन्छन् । बेलायती मनोवैज्ञानिक समाजले हालसालै आयोजना गरेको एउटा सेमिनारमा यस्तै कुरामा बहस भएको छ।

भिआइपी क्षेत्रकै यातायात अस्तव्यस्त

शुक्रबार, ३० चैत २०७४

‘भन्नलाई भिआइपी बस्ने एरिया रे । सार्वजनिक यातायातको हालत भने यस्तो छ । साझा बस पनि जम्मा दुइटा चलेको छ, कति बेला आउँछ भन्ने पनि थाहा छैन ।’ मंगलबार बेलुका रत्नपार्क–जावलाखेल–भैँसीपाटी– चुनिखेल रुटको बसका दुई यात्रुले गरेको कुराकानी हो यो।

ट्विटरमा सलमान बेल

सोमबार, २६ चैत २०७४

गत साता बलिउड कलाकार सलमान खानको जीवनमा एउटा ठूलो घटना भयो । २० वर्षअघि ‘हम साथ साथ है’ फिल्मको सुटिङका दौरान राजस्थान जोधपुरमा दुर्लभ जनावर कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले यी बलिउड स्टारलाई पाँच वर्षको जेल र १० हजार भारतीय रूपैयाँ जरिवाना सुनायो।

महिलाका लागि ट्विटर कति सुरक्षित?

शनिबार, २४ चैत २०७४

एमनेस्टी इन्टरनेसनलले हालसालै प्रकाशित गरेको अनलाइनमा महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी एक प्रतिवेदनका अनुसार ट्विटर महिलाहरूका लागि असुरक्षित र महिला अधिकार हननको प्रमुख केन्द्र बनेको छ।

महिला आन्दोलनका अन्तर्राष्ट्रिय आयाम

बिहिबार, २४ फागुन २०७४

गत वर्ष जनवरी २१ मा अमेरिकाको वाशिंटन डिसीमा भएको ‘वुमन मार्च’ अर्थात् महिला जुलुशबारे महिला अधिकारबारे चासो राख्ने धेरैलाई थाहा छ । रेकर्ड नै तोड्ने गरी सार्वजनिक रूपमा महिलाको सहभागिता भएको यो मार्च महिला र नागरिक अधिकारको समर्थनमा भएको अमेरिकी इतिहासको सबैभन्दा ठूलो एक दिने बिरोध भएको अनुमान छ ।

‘वुमन स्टार’को अन्त्य

शनिबार, १९ फागुन २०७४

गत साता दुबईमा बाथटबमा डुबेर मृत्यु भएकी भनिएकी श्रीदेवी बलिउडकी नायिका मात्र थिइनन्, सन् १९६३ मा जन्मिएकी उनी यस्ती भारतीय सुपरस्टार थिइन्, जसले तीनवटा ठूला फिल्मी उद्योगहरू कलिउड, टलिउड र बलिउडमा राज गरेकी थिइन्।

‘रेज अगेन्स्ट रेप’

शनिबार, ०५ फागुन २०७४

पछिल्लो एक महिना नेपालमा बलात्कारसँग सम्बन्धित केही घटना चर्चामा छन्, सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म । दरबारमार्गको एक होटलमा सामूहिक बलात्कारमा परेकी एक युवतीको उजुरी नलिई मिलाउन खोजेको भन्दै प्रहरीको आलोचना भयो । इटहरीमा पनि यस्तै घटना भएको भन्दै विरोध र बहस भइरहेका छन् ।

जसले युट्युबबाटै पैसा कमाउँछन्

सोमबार, २९ माघ २०७४

करिब चार महिनाअघि रिलिज भएको बलिउड चलचित्र ‘सेक्रेट सुपरस्टार’मा गीत गाउन चाहने इन्सु नामक एक मुसलमान बालिकाको कथा छ ।

फुटपाथको सकस

शनिबार, २० माघ २०७४

तपाईं राजधानी सहर काठमाडौंमा कसरी यात्रा गर्नुहुन्छ ? एक ठाउँबाट अर्को ठाउँमा जान हिँड्नुहुन्छ कि बस, माइक्रोबस, टेम्पुजस्ता सार्वजनिक सवारी–साधन प्रयोग गर्नुहुन्छ ? कि तपाईंसँग आफ्नै चारपांग्रे वा दुईपांग्रे निजी सवारी–साधन छ ?

छाँया प्रेम

आइतबार, २३ पुष २०७४

हेर न, यस्ता हजारौँ अन्धकारमा पनि मभित्र एउटा दियो धिपधिप बलिरह्यो, जसले मभित्र अन्धकार छाउन दिएन, मेरो अस्तित्व नामेट हुनबाट जोगायो । त्यो उज्यालो, त्यो दीप तिमी हौ, तिम्रो प्रेम हो । मेरो अस्तित्वको डोरी तिम्रो प्रेममा गएर यसरी गाँसिएको छ– लाग्छ, स्वयं ईश्वरले पनि फुकाउन सक्ने छैनन् ।

जाडोमा के खाने के नखाने ?

शनिबार, २२ पुष २०७४

दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने ?

हास्यव्यंग्य कि हेलाहोचो ?

शनिबार, २२ पुष २०७४

नेपाल टेलिभिजनबाट प्रसारण भएको हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा खड्काजी भन्ने पात्र थिए । खड्काजीको भूमिका सीताराम कट्टेल ‘धुर्मुस’ले निभाएका छन्, तर पात्रलाई अप्राकृतिक रूपमा देखाइएको थियो । खड्काजी बनेर अभिनय गर्दा कट्टेलले ओठलाई गिजामाथि तानेर चिरिएको देखाएका थिए ।

जो क्रिसमस मनाउन नेपाल आउँछन् (भिडियाे)

शनिबार, ०८ पुष २०७४

इसाई धर्मावलम्बीको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिएकाले पनि कतिपय पर्यटक आफ्नो मुलुक फर्कने तयारी गर्दै छन् भने कतिपय पर्यटक क्रिसमस र नयाँ वर्ष फरक तरिकाले मनाउन नेपाल आएका छन्।

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

सोमबार, ११ मङि्सर २०७४

पुराना पार्टीले पनि सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल, नेकपा एमाले र माओवादी केन्द्रसहित वाम गठबन्धनमा आबद्ध दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टीलगायतले पनि अहिले सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारेका छन् ।

नारी नायक

शनिबार, ११ कार्तिक २०७४

शीर्ष भूमिकामा महिला रहेका चलचित्र दर्शकका प्रिय हुँदै जाँदा विधागत हिसाबमा भने अझै पनि असमानता देखिन्छ । महिलाको प्रमुख भूमिका अझै पनि कमेडी, नाटकीय, हरर र एनिमेसन चलचित्रमा बढी देखिन्छ भने एक्सन चलचित्रमा अलि कम नै । त्यसो त, महिला निर्देशकको संख्या पनि कम छ।