उषा थपलिया

वैदेशिक सम्बन्धमा सरकारको सजगता

बिहिबार, ०१ चैत २०७४

दुवै छिमेकी मुलुकसँग समान लगानीयोग्य वातावरण, असल तथा पारदर्शी सम्बन्धबाट नै नेपालले आफ्नो हितरक्षा गर्न सक्छ । आन्तरिक राजनीतिक उल्झन तथा अवरोधहरू लगभग अन्त्य भइसकेको हालको परिस्थितिमा बाह्य सम्बन्ध पनि त्यस्तै सहज बनाउनसके सरकारको काममा झनै सहजता थपिन्छ।

न्यूनतम अपेक्षाको पनि उपेक्षा

बिहिबार, १८ माघ २०७४

संविधानमा व्यवस्था भएको संघीय गणतान्त्रिक शासन व्यवस्थाको कार्यान्वयनका लागि स्थानीयदेखि प्रतिनिधिसभासम्मका सवै निर्वाचनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । आगामी माघ २४ का लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका प्रक्रियाहरू पनि उत्साहजनक ढंगबाट अघि बढेको पाइन्छ । यसबीचमा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि प्रदेश प्रमुख नियुक्त हुन सकेन जसले गर्दा दु्रत गतिले बढ्नुपर्ने संसदीय प्रक्रियामा ठूलो अवरोध देखाप¥यो । तर डेढ महिनापछि भए पनि प्रदेश प्रमुखहरूको नियुक्ति र प्रदेशसभाको अस्थायी मुकाम तोकिएका कारण सातै प्रदेशमा संसद् बन्ने प्रक्रिया सुचारु भइरहेका छन् ।

जनादेश अवहेलनाको खतरा

बिहिबार, १३ पुष २०७४

२०४६ यता अस्थिर राजनीतिको दलदलमा मुलुक यति भाँसियो कि राजनीतिक दलहरूका सत्ताकेन्द्रित गतिविधिका असंख्य शृंखलाभन्दा मुलुकले अरू थोक पाएन । यसको मुख्य कारण बहुमतको स्थायी सरकार सञ्चालन गर्न नपाएको स्पष्टोक्ति दलहरूले दिइरहे ।

चुनावका मननीय पक्ष

शुक्रबार, १५ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि पहिलो चरणमा आयोजित प्रत्यक्ष तथा समानुपातिक निर्वाचन कार्यक्रम मंसिर १० मा सम्पन्न भएको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लाका लागि तय गरिएको उक्त चुनावका लागि अनेकौँ प्रतिकूलता थिए । जसका कारण कतिपय स्थानमा निर्वाचन सम्पन्न हुन नसक्ने आशंका समेत गरिएको थियो । तर सुखद पक्ष के रह्यो भने भौगोलिक विकटता, मौसमी प्रतिकूलता तथा विस्फोटक पदार्थको आतंकका बाबजुद चुनाव शान्तिपूर्ण तवरले सम्पन्न भयो ।

समानुपातिक सकसमा दलहरू

बुधबार, २२ कार्तिक २०७४

पार्टीभित्र बृहत् छलफल गरेर सबै वर्ग, समुदाय, जातिको समानुपातिक प्रतिनिधित्व हुनेगरी एकीकृत नामावली समावेश हुनुपर्ने हो तर आफू पक्षधर नेताहरूलाई सूचीमा संलग्न गर्नका लागि भएका कसरतले समानुपातिक सिद्धान्तको मूल मर्म आत्मसात नगरेको देखिन्छ ।

अष्टरसको संगालो 'कठपुतला'

शनिबार, १० भदौ २०७४

कथाकार अर्चना थापाको कथासंग्रह 'कठपुतला'ले नेपाली कथा–साहित्य क्षेत्रमा एउटा बेग्लै पहिचान लिएर प्रवेश गरेको छ। हालै सार्वजनिक गरिएको यस संग्रहमा आठ लामा कथा संग्रहित छन् र प्रत्येक कथा पढ्दा पाठकले बेग्लाबैग्लै रसास्वादन गर्छन्।

नेपालको सिंगापुर सपना

आइतबार, १५ साउन २०७४

नेपालमा लिजस्तै दह्रो आत्मबल भएको नेताको जति खाँचो छ, त्यति नै सिंगापुरे जनताले देशप्रति निर्वाह गरेको सभ्य र सुसंस्कृत योगदान पनि भुल्न हुँदैन ।

स्थानीय निकायमा महिला

सोमबार, ०५ असार २०७४

संविधानले आत्मसात गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा लैजाने प्रक्रियास्वरूप यतिबेला देशमा स्थानीय निकायको निर्वाचन चलिरहेको छ ।

लैंगिक सवाल र सञ्चार

आइतबार, १९ मङि्सर २०७३

पुरुष पीडित भएका घटना पनि आजभोलि दिनहुँ बढ्दै गइरहेका छन् तर लैंगिक विभेद र हिंसाबाट मुख्यरुपमा प्रताडित हुने भनेका महिला नै हुन्। तिनै महिलाहरुले सञ्चार क्षेत्रबाट पनि थप अपहेलित हुनुपर्‍यो भने उनीहरुको भविष्यको आशासमेत सकिँदै जान्छ।

गम्भीर देखिएकै हो सडक दुर्घटनामा?

सोमबार, ०३ असोज २०७३

कुनै सडक दुर्घटना भएपछि केही दिनसम्म सरकारका निकायहरु नियम कानुन कडा किसिमले लागु गर्न क्रियाशील देखिन्छन् तर दिन बित्दै जाँदा उनीहरुको क्रियाशीलता आलश्यमा परिणत हुँदै जान्छ। अहिलेसम्म सरकारको तौरतरिकामा त्यही प्रक्रिया दोहोरिँदै आएको छ।

केपी ओली र बडी ल्याङ्वेज

सोमबार, १७ साउन २०७३

नेपालका राजनीतिक दलहरुको सत्ता हत्याउने दाउपेच र अपरिपक्व चलखेल अझै रोकिएन। सरकार गठनको एक वर्ष  पुग्न नपाउँदै अर्को फेर्नका लागि दलभित्र सुरु हुने कित्ता परिवर्तन तथा अदृश्य जोड/घटाउको चक्रब्यूह जारी नै देखियो।

समृद्धि, सभ्यता र नागरिक चेतना

शुक्रबार, १७ असार २०७३

राजनीतिक परिवर्तन सँगसँगै आमनागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन आर्थिक समृद्धिको अभियानलाई पनि हाराहारीमै अघि बढाउनुपर्छ भन्ने बहस चलेको दशकौं भइसक्यो ।

  • 1 (current)