नारायण भुर्तेल, युएई

नारायण भुर्तेल, युएई

रिजाललाई युएईबाट आर्थिक सहयोग

आइतबार, ११ चैत २०७४

पर्वत पैयुँ गाउँपालिका ४ निवासी किसान रिजाललाई युएईबाट आर्थिक सहयोग जुटेको छ। गम्भिर बिरामी भएर काठमाडौं स्थित न्युरो अस्पताल बासबारीमा उपचार गराईरहेका रिजालाई युएईमा कार्यरत पर्वतबासीहरुले १ लाख २३ हजार ९३५ रुपैयाँ सहयोग गरेका हुन्।

मैत्रीपूर्ण खेलमा तमु समाज युएई विजयी

आइतबार, ११ चैत २०७४

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएईले आयोजना गरेको अन्तर संघ संस्था मैत्रीपूण फुटबल प्रतियोगितामा तमु समाज युएई बिजयी भएको छ।

युएई ‘दुई थोपा हाँसो’

मङ्गलबार, २३ माघ २०७४

सिस्नुपानी नेपालले एनआरएनए युएईको समन्वय युएईमा कार्यरत नेपालीहरुलाई मनोरन्जनात्मक शैलीबाट जनचेतना दिलाउँदै आएको कार्यक्रम "दुई थोपा हाँसो सम्पन्न" भएको छ।

दुवईमा नेपाल एयरलाइन्सको नयाँ कार्यालय

आइतबार, १४ माघ २०७४

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेवानि) को दुवईमा नयाँ कार्यालय उद्घाटन गरिएको छ। शुक्रबार युएईको दुबई स्थित देराको सलाहुदिनमा नेवानिले विधिवत रुपमा आफ्नो नयाँ कार्यालय उद्घाटन गरेको हो।

सहुलियतमा हवाई टिकट उपलब्ध गराउने सम्झौता

बुधबार, १० माघ २०७४

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत धादिङबासी नेपालीहरुले सस्तोमा हवाई टिकट पाउने भएका छन्। युएईमा स्थापित रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था धादिङ समाज युएईले ग्रीनलाईन ट्राभल्ससंग आफ्ना आजिवन सदस्यहरुलाई सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने गरि सम्झौतामा गरेको छ।

महासंघले युएईमा पत्रकारिता तालिम दिने

मङ्गलबार, २५ पुष २०७४

नेपाल पत्रकार महासंघ शाखा युएईले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा पत्रकारिता सम्बन्धि तालिम दिने भएको छ।

कुवेतमा बेचिएकी झापाकी रेणुकाको दुबईबाट उद्धार

बुधबार, २९ कार्तिक २०७४

कुवेतमा बेचिएकी झापाकी २४ वर्षिया रेणुका दर्जीको युएईबाट उद्धार गरिएको छ। मंगलबार एनआरएन युएईले उनलाई उद्धार गरी नेपाल पठाइएको छ।

दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

बिहिबार, २६ असोज २०७४

दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो।

युएईमा नेपाल आइडलको कन्सर्ट हुँदै

बिहिबार, १९ असोज २०७४

नेपाल आइडलका उत्कृष्ट तीन विजेताहरु युएई आइपुगेका छन्। आगामी अक्टोबर ६ गते शुक्रबार युएईको अबुधाबीमा र अक्टुबर ७ गते शनिबार दुबईमा हुने सांगीतिक कार्यक्रमका लागि नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास यूएई आएका हुन्।

युएईमा अलपत्र २२ जना नेपाली न्याय खोज्दै दूतावासको शरणमा

मङ्गलबार, १७ असोज २०७४

दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेका छन्। सोमबार एनआरएन युएईले उनिहरुलाई सहयोगको लागि दूतावास पर्‍याएको हो।

एनआरएनए आईसीसी मध्यपूर्वको उपसंयोजकमा कंडेलले उम्मेदवारी दिने

सोमबार, १६ असोज २०७४

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए आईसीसी) मध्यपूर्वको उपसंयोजकमा गोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गरेका छन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले घुस खाँदा २२ नेपाली अलपत्र

आइतबार, १५ असोज २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका २२ जना नेपाली अजमानमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति २ लाख देखी ५ लाख रुपैयाँ बुझाएर आएका उनीहरु दुई महिना देखी युएईको अजमानमा अलपत्र परेका हुन ।

एनआरएन युएईको अध्यक्षमा श्रेष्ठ विजयी

शनिबार, ३१ भदौ २०७४

निकटतम प्रतिद्वन्दी शालिकराम सुवेदीलाई ५५ मतान्तरले पराजित गर्दै गैर आवसीय नेपाली संघ (एनआरएन) युएईको अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित भएका छन्।

एनआरएन युएईमा सुवेदी र श्रेष्ठबीच प्रतिस्पर्धा

बिहिबार, २९ भदौ २०७४

गैरआवासीय नेपाली संघ यूएईको सातौ महाधिवेशन शुक्रबार दुबईमा हुँदैछ। एनआरएनए सन् २०१७-२०१९ कार्यकालको लागि अध्यक्ष पदमा संघका उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीबीच प्रतिसपर्धा हुने भएको छ। निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय बुधबार साँझसम्मलाई दिए पनि अध्यक्ष पदको लागि दुवै पक्षबाट उमेदवारी फिर्ता नआएपछि चुनाबबाट नेतृत्व चयन हुने भएको हो।

यी हुन् मानव तस्कर गर्ने दलालहरु

मङ्गलबार, २० भदौ २०७४

नेपाली दूतावास युएईले भिजिट भिसाको नाममा ठगी गरी मानव तस्कर गर्ने ५१ जना दलालहरुको नाम सार्वजनिक गरेको छ। दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत २०७४ साउनदेखि हालसम्म मानव तस्कर गर्ने दलालहरुको फोन नम्बरसहित नामावली सार्वजनिक गरेको हो।

जनसम्पर्क समिति युएईद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

बिहिबार, ०८ भदौ २०७४

नेपाली जनसम्पर्क समिति युएईले झापा, मोरङ र सुनसरीका बाढीपीडितको निम्ति ४ लाख ३० हजार रुपैयाँ राहत रकम नेपाल पठाएको छ।

३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार

बुधबार, ३२ साउन २०७४

आइतबार साँझ मुना डाँगी दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा थिइन्। अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी कुवेत उड्न लागेकी थिइन्।

अपाङ्ग एकता अवाज केन्द्रलाई आर्थिक सहयोग प्रदान

बिहिबार, १२ साउन २०७४

काभ्रे सेवा समाज युएईले एक लाख पच्चिस हजार रुपैया आर्थिक सहयोग गरेको छ। समाजले काठमाडौंको संयुक्त अपाङ्ग एकता अवाज केन्द्र गोकर्णलाई  एक लाख र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्र बनेपालाई पच्चिस हजार  रुपैया आर्थिक सहयोग गरेको हो।

पत्रकार महासंघ युएईले अन्तर्क्रिया गर्ने

आइतबार, ०१ साउन २०७४

'युएईमा नेपाली संघ संस्थाहरुको आगामी भूमिका र सहकार्य' भन्ने बिषयमा नेपाल पत्रकार महासंघ युएई शाखाले अन्तर्किया गर्ने भएको छ। आगामी शुक्रबार जुलाई २१ गते युएईमा रहेका सबै संघ स्थाहरुबीच सहकार्य र एकता बढाउन महासंघले बरदुबईमा अन्तर्किया कार्यक्रम गर्न लागेको हो।

नेपाली समाज युएईको अधिवेशनमा हंगामा

शुक्रबार, २३ असार २०७४

विवाद उत्पन्न भएपछि नेपाली समाज युएईको १३ औं अधिवेसन स्थगित भएको छ। पहिलो सत्रको कार्यक्रम सकिएपछि निर्वाचन संयोजक गोविन्द ढकालले निर्वाचनको आचार संमिताबारे बोल्दै गर्दा विवाद उत्पन्न भएको हो।