नगेन्द्र उपाध्याय

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

मङ्गलबार, ०८ जेठ २०७५

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

मङ्गलबार, ०८ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन्। जातीय तथा धार्मिक आवरणमा आन्दोलन गरिरहेका समूहबाट पनि सुरक्षा चुनौती रहेको उनको भनाई छ।

विदेश त्यागेर स्वदेशमा व्यवसाय

सोमबार, ०७ जेठ २०७५

बराहताल गाउँपालिका–७, सुर्खेतका रोहित गरंजाले वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ३० महिना बिताए । पाँच वर्षअघि विदामा घर आएका उनी फर्केनन् । बरु स्वदेशमै व्यवसाय गर्न थाले । ‘दैनिक १६ घण्टासम्म काम गर्नु पर्दथ्यो, आम्दानी पनि सोचेजस्तो थिएन्’ उनले भने, ‘अर्काको देशमा धेरै दुःख गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने लागेर फेरि फर्किन् ।’

कर्णाली प्रिमियर लिग : आर्मी र काठमाडौंको पहिलो जित

आइतबार, ०६ जेठ २०७५

कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी क्लब र काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पहिलो जित दर्ता गराएका छन्। आइतबार भएको खेलमा काठमाडौँले रोयल राइजिङ क्रिकेट क्लबलाई आठ रनले पराजित ग-यो।

चुलिँदै स्थानीय तह केन्द्र विवाद

आइतबार, ०६ जेठ २०७५

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुग्यो। सर्वोच्चले साविकको सिम्रुतुमै गाउँपालिकाको केन्द्र कायम ग-यो। सर्वोच्चको आदेश अटेर गर्दै जनप्रतिनिधिहरुले खारनेटाबाट गाउँपालिकाको प्रशासनिक काम सञ्चालन गरिरहेका छन्।

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

शनिबार, ०५ जेठ २०७५

रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्।

कर्णाली प्रिमियर लिग : टीकापुर र धनगढीको विजयी सुरुवात

बिहिबार, ०३ जेठ २०७५

वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिगको उद्घाटन खेलमा टीकापुर क्रिकेट क्लब विजयी भएको छ। बिहीबारदेखि सुरु भएको प्रिमियर लिगको उद्घाटन खेलमा सुर्खेतको भेरीगंगा क्रिकेट क्लबलाई १०९ रनले हराउँदै टीकापुर क्रिकेट क्लव विजयी भएको हो।

अपडेटः मकालु एयरको बिमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

बुधबार, ०२ जेठ २०७५

मकालु एयरको 9N AuJ कलसाइन बिमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनाग्रस्त बिमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।

बाजुराको हिलाचौरमा मकालु एयरको बिमान दुर्घटना

बुधबार, ०२ जेठ २०७५

मकालु एयरको नाइन एन ए जे यु कलसाइन बिमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ।

सरकार अधिनायकवाद उन्मुख भएकाे नेता महतको आरोप

सोमबार, ३१ बैशाख २०७५

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवाद उन्मुख रहेको आरोप लगाएका छन्। राज्यका विभिन्न निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेर अधिनायकवादको अभ्यास सुरु गरेको उनले बताए।

बजेट कार्यान्वयनमा समस्या

सोमबार, ३१ बैशाख २०७५

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनाका लागि सार्वजनिक गरेको बजेट कार्यान्वयन हुने संभावना कम देखिएको छ । बजेट कार्यान्वयनका लागि प्रदेश सरकारसँग आफ्ना इकाई छैनन् । बैशाख १६ गते संसदबाट पारित भएको बजेटलाई आर्थिक मामिला तथा योजना मन्त्रालयले २३ गते मात्रै अन्य मन्त्रालयहरुलाई अख्तियारी पठाएको छ।

प्रधानमन्त्रीसँग विकास र समृद्धिको खाका छैन्ः पौडेल

आइतबार, ३० बैशाख २०७५

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले देशको विकास गर्न नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उखान टुक्काबाहेक देशको विकास र समृद्धिको खाका नभएको आरोप लगाए।

कानुन बनाएर समाधान गर्छौं : प्रदेश सरकार

बिहिबार, २७ बैशाख २०७५

पश्चिम रुकुमको सानीभेरी गाउँपालिका–४ का धनबहादुर विकलोलमा स्थानीय रने कामीसँग एक लाख ७३ हजार रुपैयाँमा दुई रोपनी जग्गा किने । तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको ‘जनसत्ता’ बाट रनेले धनबहादुरलाई जग्गा रजिस्ट्रेसन गरिदिए । २०६६ सालमा रनेले धनबहादुरलाई उक्त जग्गा १० लाखमा गाउँकै टाउके कामीलाई बेचे।

श्रीमती र छोरी मिलेर हत्या

बुधबार, २६ बैशाख २०७५

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–५ काप्रिचौरका ५५ वर्षीय नहकुल शाहीलाई श्रीमती र छोरी मिलेर हत्या गरेका छन्। मंगलबार राति साढे ११ बजेतिर मदिरा सेवन गरेर आएका शाहीलाई ५१ वर्षीया श्रीमती तुल्सा र २३ वर्षीया छोरी कल्पनाले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

जेलभित्रै ‘धर्म प्रचार’

मङ्गलबार, २५ बैशाख २०७५

छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्।

काँग्रेस नेतासहित पाँच जुवाडे पक्राउ

सोमबार, २४ बैशाख २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक होटल सञ्चालकसहित पाँच जना जुवाडेलाई सोमबार पक्राउ गरेको छ। वीरेन्द्रनगर ४ स्थित प्रतिक होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक ऐनबहादुर शाही, तुर्माखाँध गाउँपालिका–४ अछामका डेकेन्द्र बुढा, चामुण्डाबिन्दासैनी नगरपालिका–९ दैलेखका हर्कबहादुर थापा, दुल्लु नगरपालिका–३ का अनिल कार्की र छत्रबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कारागारमा स्वरोजगार कार्यक्रम चलाइने

शुक्रबार, २१ बैशाख २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका ९ वटै कारागारमा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

जनप्रतिनिधिलाई मासिक तीन करोड !

बिहिबार, २० बैशाख २०७५

कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको जनप्रतिनिधिको पारिश्रमिक सम्वन्धी ऐनको मस्यौदा संसदबाट पारित भए मासिक तीन करोड बढी रकम खर्च हुने देखिएको छ।

भेरी–बबई डाइभर्सन आयोजना ६ महिनामा चार किलोमिटर सुरुङ

बिहिबार, २० बैशाख २०७५

नेपालमै पहिलोपटक भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम)ले ६ महिनामा चार किलोमिटर सुरुङ खनेको छ । राष्ट्रिय गौरवको यो आयोजनामा कात्तिक २० गते (नोभेम्बर ६) देखि टिबिएम प्रयोग गरिएको थियो।

पर्खाल भत्काउँदै उपमेयर

बुधबार, १९ बैशाख २०७५

सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित रंगशाला निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको पाइएपछि नगरपालिका कार्यालयले काम बन्द गरिदिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।