जैनेन्द्र जीवन

जैनेन्द्र जीवन

मूर्खको ओखती

सोमबार, ०७ जेठ २०७५

आखिर सबा अर्ब उनीहरू प्रत्येकले किन ग्यारेन्टी बसिदिनुप¥यो, भारतका आधिकारिक व्यक्ति÷पदाधिकारी र अन्तर्राष्ट्रिय जगतले नेपाल स्वतन्त्र राष्ट्र हो, सगरमाथा नेपालमै छ, बुद्ध लुम्बिनी (नेपाल)मै जन्मेका थिए भनेर भने/माने पुगेन?

जलविद्युत्को अर्थराजनीति

सोमबार, २४ बैशाख २०७५

पत्रकार अमीत ढकालको ‘रेल त हैन, बिजुली हजुर’ शीर्षक केही साताअघिको चर्चित लेखको मुख्य सन्देश जलविद्युत् सम्पदाको धनी देश नेपालले विद्युत् उत्पादनमै मुख्य जोड गर्नुपर्छ भन्ने थियो । सर्वप्रथम जलविद्युत्, त्यसपछि पर्यटन र केही हदसम्म कृषि (जडीबुटी/वन पैदावारसमेत) नै हाम्रो तुलनात्मक लाभका क्षेत्र हुन् भन्नेमा कसैको विवाद छँदा पनि छैन। सम्भाव्यताका अनुपातमा अत्यन्त कम उत्पादन भइरहेको जलविद्युत्को विकासबाट हाम्रो देशमा औद्योगिक उत्पादन र सर्वसाधारणको उपभोग दुवै बढाउन सकिने ढकालको दलील छ।

भविष्य हराउँंदै गएको कांग्रेस

सोमबार, १० बैशाख २०७५

एकनएक दिन माओवादी र एमालेको झगडा पर्छ र गठबन्धन टुट्छ, त्यसबखतका लागि आन्तरिक एवं बाह्य ‘फ्याक्टर’ अनुकूल पारिराखे फेरि केही महिना प्रधानमन्त्री खान पाइन्छ भन्ने आसले नै संसद्मा प्रतिपक्षी नेताको हैसियत पनि कसैमा हस्तान्तरण गर्न देउवाले चाहेनन् ।

प्रमको ‘पहिलो’विदेश भ्रमण संकथन

आइतबार, २५ चैत २०७४

चीनसँगको हाम्रो सम्बन्ध समस्यारहित हुनुको कारण त्यतिमात्र होइन, प्रमुख कारण के हो भने चीन भारतले जस्तो नेपालको आन्तरिक मामलामा दखल दिँदैन।ऊ ‘स्टेट टु स्टेट’ सम्बन्धमात्र राख्छ, नेपालको कुनै पनि ‘गैरराज्य’ शक्ति वा दलसँग औपचारिक सम्बन्ध राख्दैन, गोप्य ‘डिल’ गर्दैन। भारतले पनि त्यसै गरे त नेपालसँगको सम्बन्ध स्वतः समस्यारहित हुने थियो।

पराजुलीको अस्वाभाविक पदमुक्ति

सोमबार, १२ चैत २०७४

न्यायपरिषद्को सचिवको पत्रानुसार अघिल्लो दिन नाटकीय ढंगले ‘उमेर हदले गर्दा गत साउन २१ गते नै पदमुक्त भइसकेका’ प्रधानन्यायाधीश गोपाल पराजुलीले आफैँ गत चैत १ गते पदबाट राजीनामा गरेका अनौठो घटना र सोसँग जोडिएको सम्पूर्ण प्रकरण नेपालको न्यायालयको इतिहासको एउटा लज्जास्पद अध्याय हो।

वाम गठबन्धनको ‘गैरवाम’ बिस्तार

सोमबार, २८ फागुन २०७४

उपप्रधानमन्त्रीको पद, मन्त्रीहरूको संख्या र मन्त्रालयका कुरालाई लिएर वार्तामा यादवले गरिरहेको ‘बार्गेनिङ’ ‘अति’ नै भएपछि उनलाई ‘साइज’मा ल्याउनका लागि पनि ‘कुरा नमिल्ने’ राजपालाई समेत सरकारमा ल्याउने निर्णयमा ओली पुगेका हुन् ।

प्रधानमन्त्रीका चुनौती र अवसर

सोमबार, १४ फागुन २०७४

एमालेका अरू नेतामा नभएको अन्य दलसँग मिलेर काम गर्न सक्ने व्यवहार कुशलता ओलीमा छ । भारतले गरेको नाकाबन्दीको दौरमा प्रधानमन्त्रीका हैसियतले लिएका कतिपय अडानले उनको राष्ट्रवादी र लोकप्रिय नेताको छवि पनि बनेको छ ।

कांग्रेस : सत्ता कि रूपान्तरण ?

सोमबार, १५ माघ २०७४

सत्ताबाट बिस्थापित हुनुपर्ने पीडाले छटपटाइरहेका पार्टी सभापति शेरबहादुर देउवा र उनका विश्वासपात्रहरूलाई त्यो अपजसले पार्टी नेतृत्वबाट पनि विस्थापित हुनुपर्ला कि भन्ने सुर्ता थपिएको छ।

कांग्रेस सवलीकरणका चुनौती

सोमबार, ०१ माघ २०७४

बाबु बिपीको मुहार लिएर आएका महामन्त्री शशांकमा पनि बाबुको गुण एउटै छैन । भएको भए चुनावको जनादेशविपरित आजका दिनमा पनि माओवादीलाई वाम गठबन्धनबाट तोडेर अब हामीपट्टि ल्याउँछौँ भन्दै भाषण गर्दै हिँड्ने थिएनन्।

गठबन्धनको पार्टी एकता सकस

सोमबार, १७ पुष २०७४

वाम गठबन्धनका प्रमुख दुई घटक दल नेकपा एमाले र माओवादी केन्द्र(माके)बीचको बहुप्रचारित एकता भनेजस्तो सहज नभएको र हुँदा पनि नहुने कुरा केही दिनयताका घटनाक्रमले स्पष्ट देखाइरहेका छन् । चुनावी तालमेल र सो सफल भएपछिका अवस्थामा त एकता सहज छैन भन्ने यो पंक्तिकारको विश्लेषणलाई गलत भन्ने यद्यपि थुप्रै थिए ।

चुनावी पराजय र कांग्रेस

सोमबार, ०३ पुष २०७४

कांग्रेस एउटा क्रियाशील संगठन कम र उदार प्रजातन्त्रमा आस्था राख्ने राजनीतिकर्मीको भीड बढी हो । त्यो विशाल भीडलाई अत्यन्त मजबुत र चुस्त संगठन भएको एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने संगठनमा रूपान्तरित गर्ने योजना र इच्छाशक्ति कांगे्रस पंक्तिमा खासै देखिँदा पनि देखिँदैन ।

चुनावदेखि चुनावसम्म

सोमबार, १८ मङि्सर २०७४

स्थानीय निकायको मतगणनाका क्रममा बदर मत प्रतिशत अत्यधिक भएको देखिसकेपछि पनि आयोगले लामो, ठूलो र जटिल मतपत्रमा सुधार गर्ने वा त्यसमा सही तरिकाले छाप लाउने कुराबारे व्यापक मतदाता शिक्षा सञ्चालन गर्न सकेको देखिएन । जसले गर्दा भोलि मतगणना हुँदा बदर मत उल्लेख्य रूपमा घट्ने आशा गर्न सकिन्न ।

अधिनायकवाद : सम्भव छ ?

सोमबार, ०४ मङि्सर २०७४

‘लोकतन्त्र भर्सेस अधिनायकवाद’ को बहसमा वाम गठबन्धन रक्षात्मक स्थितिमा छ, आक्रामक स्थितिमा होइन । जुन कुरा बुझेरै सम्भवतः केही दिनपूर्व जारी वाम गठबन्धनको संयुक्त घोषणापत्रले लोकतन्त्र र त्यसका पद्धति तथा संस्थाहरूप्रति पूर्ण प्रतिबद्धता जनाएको छ ।

राजाको नेतृत्व असम्भव

आइतबार, १९ कार्तिक २०७४

पूर्वराजा ज्ञानेन्द्रले भाइटीकाका दिन सन्देश दिँदै देशको दुरावस्थाप्रति आफू चिन्तित भएको कुरा त दोहो¥याए नै । (त्यसै कारण) देशको नेतृत्व लिन तयार रहेको मनको चाहनालाई पहिलोपटक स्पष्ट शब्दमा सार्वजनिकसमेत गरे । तर एकदमै धमाकेदार लाग्ने उनको यस्तो सन्देशले योभन्दा अघि जुन तरंग उत्पन्न हुने गथ्र्यो त्यो भने यसपाला भएन । पहिले पहिले भए उनका विवादरहितै वक्तव्य आउँदा पनि विरोधमा गणतन्त्रवादीहरूको स्याल हुइयाँ सुरु भइसक्थ्यो । सामग्रीको खडेरी परेका र दलीय झुकाव भएका सञ्चार माध्यम तिनमा षड्यन्त्रका छिद्र खोज्न थाल्थे । समाचारका विचारपृष्ठ र टेलिभिजनका टक शोमा आउनेहरूलाई उनलाई गाली गर्ने मसला मिल्थ्यो ।

प्रश्नको घेरामा लोकतान्त्रिक गठबन्धन

सोमबार, ०६ कार्तिक २०७४

अब कांग्रेसले कि आफूलाई सुधार्नुपर्छ कि सकिनु, बीचको बाटो छैन । मेहनत नगरे पनि इतिहास रचेको ब्याज खाँदै, बिपीको नाम भजाउँदै र विपक्षीको विभाजित भोट ब्यांकको फाइदा लिँदै सत्तामा गएर मोज गरिरहन अब पाइने छैन ।

एमाले-माके एकताको गतिविज्ञान

सोमबार, २३ असोज २०७४

चुनावमा माकेलाई ४० प्रतिशत स्थान दिएर ६० आफूसँग राख्ने, एकतापछि दल सत्तामा गएका अवस्थामा एउटा घटकको नेता प्रधानमन्त्री बने अर्को घटकको नेता स्वतः पार्टी अध्यक्ष बन्ने अहिलेको सहमतिले एमालेलाई भन्दा धेरै गुणा बढी फाइदा माकेलाई हुनेछ ।

वर्गीय पक्षधरता : सिद्धान्त र व्यवहार

मङ्गलबार, ०३ असोज २०७४

जातीय पार्टीलाई मतदान नगरौँ, जसले जिते एउटा जातको मात्रै विकास गर्छन् । मतदान त्यस्तो व्यक्तिलाई गरौँ, जसले साँच्चै वर्गीय प्रतिनिधित्व गर्छन्’ ट्विटरमा निकै सक्रिय, जातिवाद–क्षेत्रीयतावादकी प्रखर विरोधी सरस्वती सुब्बाले तेस्रो चरणको स्थानीय निर्वाचनको हप्ता दिनअघि गरेको ट्विट यस्तो थियो । उनको दलीय रुझानप्रति व्यंग्य गरेर होइन कि आफूलाई ‘सर्वहारा वर्गका पक्षधर’ भन्ने यहाँका नेताहरूले अभ्यास गरिरहेका ‘वर्गीय प्रतिनिधित्व’का विकृतितर्फ संकेत गरेर मैले जवाफमा उनलाई सोधेको थिएँ, ‘वर्गीय प्रतिनिधित्व भन्या कस्तो ? बसरुद्धिनले गरेजस्तो ?’

राष्ट्र निर्माण : सहकार्य कि ध्रुवीकरण ?

सोमबार, १९ भदौ २०७४

पहिचान ‘एक्टिभिज्म’ का लागि विदेशी शक्ति, संस्था र पैसाको सडकदेखि संसदसम्म खुलेआम प्रयोग हुन्छ । पहिचान ‘एक्टिभिज्म’लाई सत्तामा पुग्ने भ¥याङका रूपमा हिजो माओवादीले प्रयोग गरे भने आज मधेसकेन्द्रित र जातीय दलहरू प्रयोग गर्दैछन् ।

प्रदीप ज्ञवालीलाई सधन्यवाद प्रश्न

आइतबार, ०४ भदौ २०७४

पार्टीका मानिसहरू आपसमा मिली मेडिकल कलेज चलाउन पाइँदैन भनेर कसैले भनेको छैन। उद्योगी, व्यवसायी, पेसाकर्मी, अभियन्ता, विज्ञहरूले गर्ने विभिन्न किसिमका उद्योगधन्दा, बन्दव्यापार वा गैसस सञ्चालन एउटा राजनीतिक दलले संस्थागत रूपमै गर्नु राजनैतिक र नैतिक दृष्टिले कति ठीक भन्ने कुरामा बहस–वादविवाद हुनसक्छ।

भारत-चीन वाक्युद्ध र नेपाल

सोमबार, २३ साउन २०७४

यी दुईको झगडामा बोल्नु हाम्रा लागि हितकर र आवश्यक दुवै छैन। तीनैवटा छिमेकी देशमध्ये कसैले आफ्नो पक्षमा बोल्न दबाब दिए भने पनि त्यसबाट बच्नुपर्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।