मिलन पाण्डे

मिलन पाण्डे

महिला हिंसाविरुद्ध पुरुषको आह्वान

मङ्गलबार, २० चैत २०७४

मेरो बच्चा जन्मँदाको एउटा घटना सम्झन चाहन्छु। धेरै साथीभाइ अनि चिनजानका मान्छेले बच्चा जन्मिएपछि बाटोमा भेट्दा ‘बुबा भएकामा बधाई है’भन्थे। म खुसी हुँदैं धन्यवाद भन्थेंँ। अनि धेरैजसोको पुरक प्रश्न आउँथ्यो– छोरा भयो कि छोरी?’ छोरा– म उत्तर दिन्थेँ। अधिकांशको जवाफ हुन्थ्यो–ल उसो भए फेरि बधाई छ।

प्रधानमन्त्रीज्यूलाई खुलापत्र

बुधबार, १६ फागुन २०७४

प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंको नाफाको जिन्दगी संयोग होइन, यो देशको आवश्यकता थियो भनेर प्रमाणित गरिदिनुहोस् । तपाईंमाथि तीन करोड नेपालीको भरोसा छ, आशा छ । तपाईं हार्नुहुन्न । तपाईं जित्नुपर्छ । देशलाई प्राथमिकतामा राखेर अघि बढ्नुहोस, तपाईंलाई कसैले छेक्न सक्दैन । भगवान्सँग तपाईंको स्वास्थ्यको प्रार्थना गर्दै नेपाललाई नयाँ समृद्धिको युगमा लानका लागि शुभकामना दिन्छु।

सुध्रिने कुनै छाँट छैन, छ त ?

बुधबार, २४ माघ २०७४

हामीले लोकतन्त्रलाई सधैँ निर्वाचन अनि मताधिकार भनेर बुझ्यौँ । तर, लोकतन्त्रको साँचो जग त दुईवटा निर्वाचनबीच रहेको समयमा नागरिकको भूमिकाले निर्धारण गर्छ । मतदान गर्नु भनेको नागरिक दायित्व हो, पूरै लोकतन्त्र होइन । तर हामीले अहिलेसम्म लोकतन्त्र भनेको भोट हालेर नेता छान्ने भन्ने मात्रै बुझ्यौँ । नेताले पनि लोकतन्त्र भनेको ५ वर्षमा एकचोटि भोट माग्न जाने अनि भोट ल्याएर सिंहदरबारमा बस्ने भन्ने नै बुझे । हाम्रो लोकतन्त्र यही बुझाइका कारण कमजोर हुँदै छ ।

विवेकशील साझाको अग्निपरीक्षा

शुक्रबार, २८ पुष २०७४

दोस्रो विश्वयुद्ध चल्दै थियो । अमेरिकी कम्पनी ‘कोकाकोला’लाई जर्मनीमा काम गर्न निकै गाह्रो हुँदै गयो । बिस्तारै कोकाकोला कम्पनीलाई कच्चा पदार्थको कमी हुन थाल्यो । अन्य धेरै कम्पनीहरू धमाधम बन्द हुँदै थिए । कोकाकोलाको कच्चा पदार्थ त्यति बेला बाहिरबाट ल्याउन सम्भव थिएन । कम्पनीले जर्मनीमा के छ भनेर खोज्यो । त्यति बेला जर्मनीमा सुन्तला पाइन्थ्यो । कम्पनीले त्यही प्रयोग गरेर नयाँ पेय पदार्थ बनाए जसको नाम थियो, ‘फ्यान्टा’ । तत्कालीन अवस्थामा कम्पनीले टिक्ने रणनीति लियो जसले गर्दा उसलाई नयाँ कुराको आविष्कार गरायो र सफलसमेत बनायो । कम्पनीमा होस् वा राजनीति, सफलताको राज नै जनभावनालाई प्रतिनिधित्व गर्दै निरन्तर अघि बढ्नु हो।

अस्थिर मनको स्थिर सरकार

आइतबार, ०९ पुष २०७४

सन् २००९ मा ‘टाटा मोटर्स’ले सबैभन्दा सस्तो कार ‘टाटा नानो’ बजारमा ल्यायो । सम्भवतः कारको इतिहासमै सबैभन्दा बढी चर्चा अनि छलफल भयो । निकै ठूलो आशा जगायो । सारा संसारले कारको दुनियाँमा नयाँ युग भनेर चित्रण गरे ।

‘वाम’ एकताको आधार

आइतबार, २२ असोज २०७४

वाम एकता अनि लोकतान्त्रिक गठबन्धनसँगै नेपाली राजनीतिमा अब तीन धार देखिएका छन् । पहिलो वामपन्थी धारको नेतृत्व एमाले–माओवादीले गर्नेछन् । दोस्रो, लोकतान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ भने तेस्रो वैकल्पिक राजनीतिक धारको नेतृत्व विवेकशील साझा पार्टीले गर्नेछ ।

अब ‘विकल्प’ छ

शुक्रबार, २३ भदौ २०७४

पिउ रिसर्च सेन्टरका अनुसार, ८७ प्रतिशत चिनियाँ आफ्नो देशको हालको आर्थिक अवस्थाबाट सन्तुष्ट छन् भने ८३ प्रतिशत भारतीय पनि आफ्नो देशको आर्थिक अवस्थाबाट सन्तुष्ट छन् । त्यस्तै, ८२ प्रतिशत चिनियाँ अनि ७६ प्रतिशत भारतीय आफ्नो सन्ततिले आफ्नोभन्दा राम्रो अवस्थामा बाँच्न पाउनेमा सकारात्मक रहेका छन् । यदि यही सर्वेक्षण नेपालमा गर्ने हो भने हालको परिस्थितिमा नतिजा के आउँथ्यो होला ?

तीन दलीय पञ्चायत

सोमबार, १८ बैशाख २०७४

हिजोआज धेरैको प्रश्न आउने गर्छ, चुनाव त हुन्छ नि ? मेरो सबैलाई एउटै उत्तर हुने गरेको छ, तपाईंको प्रश्नै गलत छ । चुनाव हुन्छ र होइन, चुनाव हुनुपर्छ । जसरी पनि हुनुपर्छ । चुनावको विकल्प छैन । झन् २० वर्षदेखि नभएको स्थानीय निर्वाचन त जसरी पनि हुनैपर्छ तर प्रश्न के हो भने, चुनाव समाधानका निम्ति गर्ने वा समस्या थप्नका निम्ति ?

हाम्रो होइन, राम्रो उम्मेदवार

शुक्रबार, १८ चैत २०७३

अब राजनीतिमा राम्रो मान्छे ल्याउन यो नवीन अभ्यासको थालनी हुन जरुरी छ। ‘खुला उम्मेद्वार छनोट’ नीतिबारे बहस हुनु आवश्यक छ। यो नीतिलाई दलहरुले प्रयोगमा ल्याउन जरुरी छ ताकि आम मतदाताले नराम्रामा कम नराम्रोलाई होइन, राम्रा मध्येका राम्रोलाई आफ्नो अमूल्य मत दिन सकून्।

चुनावको विकल्प निर्वाचन

बिहिबार, २६ फागुन २०७३

मधेस समस्याको मुख्य जड नेता–जनता बीचको खाडल हो। जितेका जनप्रतिनिधि जनतामाझ जान नसक्नु र हारेकाले तिनै जनताको प्रतिनिधित्व गरेर आन्दोलन गर्नु नै समस्याको कारण हो।

‘राजनैतिक डिप्रेसन’को ओखती

सोमबार, ०४ पुष २०७३

कपाल काट्न नजिकैको सैलुन गएको थिएँ, ५५ वर्षीय रामनारायण दाइले कपाल काट्दै भन्नुभयो, ‘बाबु, तपाईं नेताहरूलाई भेट्नुहुन्छ है ?’ मैले जवाफमा भनेँ, ‘भेट्छु, तपाईंको केही सन्देश छ भने भन्नुहोस् न, म भनिदिन्छु नि !’ उहाँले तुरुन्तै भन्नुभयो, ‘कहाँ बाबु ! नेताले तपाईं–हाम्रो कुरा सुन्छन् र ? भैगो, छाडिदिनुस् ।’ मैले फेरि उहाँलाई जोड दिएँ र भन्ने कुरा के हो भनी सोधेँ ।

दोषी नेता हैनन्, नागरिक नै हुन्

बिहिबार, २७ साउन २०७३

हामी आफ्ना छोराछोरी अमेरिका जाऊन्, बेलायत जाऊन्, क्यानडा जाऊन् भन्ठान्छौं अनि अरु कसैका छोराछोरी आएर देश बनाइदिऊन् भनेर सोच्छौँ। हामी अरु नै कोही सडकमा गएर आफ्ना लागि लडोस् भन्ने कामना गर्छौं। हामी एक जना अनि एउटा पार्टीलाई भोट दिएपछि सबै काम हुन्छ भनेर खेल मैदानभन्दा बाहिर निस्कन्छौं। हो, हामी यहीँनेर चुक्यौं। हामीले नागरिक अनि नेताबीचको सन्तुलन कायम गर्न सकेनौं।

  • 1 (current)
Fixed Ad