हिमाल लम्साल

हिमाल लम्साल

कम्पनीमा दर्ता गर्नेको लहर

शुक्रबार, ०७ बैशाख २०७५

सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेसँगै नयाँ यातायात व्यवसायीहरू कम्पनीमार्फत सार्वजनिक यातायात चलाउने दौडमा लागेका छन् । यातायात व्यवस्था विभागमा दजनौँ व्यवसायी कम्पनीको दर्ता प्रक्रियाबारे छलफल गर्न आउन थालेका हुन्।

यसकारण कम्पनीमा जान चााहँदैनन् यातायात व्यवसायी

शुक्रबार, ०७ बैशाख २०७५

यातायात व्यवसायीहरुले वर्षौदेखि सिन्डिकेट प्रणालीबाट सवारी साधन चलाउँदा मुख्य गरी दुई किसिमबाट फाइदा लिइरहेका छन्।

यातायात व्यवसायीले अवराेध गरे दर्ता खारेज

बिहिबार, ०६ बैशाख २०७५

सरकारले यातायात क्षेत्रमा सिन्डिकेट लाद्न खोज्ने यातायात व्यवसायी विरुद्ध पेलेर नै अघि बढ्ने रणनीति सारेको छ ।

सिन्डिकेटधारी यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा, गाडी ग्यारेजमा थन्काउने

बुधबार, ०५ बैशाख २०७५

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा क्यू फ्रि देखि अनिश्चितकालिन हडतालसम्मका आन्दोलन घोषणा गरेका छन्। यातायात क्षेत्रमा सिन्डिकेट लाद्न पाउनुपर्ने भन्दै आएका संगठीत यातायात व्यवसायीले बुधबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

सरकारले खारेज गर्‍यो यातायात सिन्डिकेट

बुधबार, ०५ बैशाख २०७५

गृह मन्त्रालयले सिन्डिकेट र कार्टेलिङको भरमा आन्दोलन तथा हडताल गर्ने यातायात व्यवसायीलाई कारवाही गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई मंगलबार सकुलर जारी गरेको छ ।

कानुनविपरित ३० करोड भुक्तानी

सोमबार, ०३ बैशाख २०७५

मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपूर्ति दिइएको पाइएको छ।

यात्रुलाई सधै सकस

शुक्रबार, ३० चैत २०७४

सुन्धारास्थित गोश्वारा हुलाक कार्यालयको छेवैमा एक अधवैसे दृष्टिविहीन मादल बजाएर आफ्नो गुजारा चलाउँदै आएका छन् । उनी हुन्, गोदावरी नगरपालिका–४, बडीखेलका हरि नगरकोटी।

सिन्डिकेट कायमै राख्न आन्दोलनको धम्की

मङ्गलबार, २७ चैत २०७४

सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ।

अड्चन देखाएर उम्कँदै जनप्रतिनिधि

सोमबार, २६ चैत २०७४

संक्रमणकालीन समय भएकाले स्थानीय तहले चाहेजस्तो काम गर्ने सकेका छैनन् । आफैंले कानुन बनाएर काम गर्न मिल्दैन । प्रदेश सरकारले कानुन बनाएर दिएका छैनन् । त्यसैले स्थानीय तहमा धेरै उल्झन आएका हुन् । चिरिबाबु महर्जन मेयर, ललितपुर महानगरपालिका

ट्याक्सी एकाधिकारलाई सरकारकै संरक्षण

शुक्रबार, २३ चैत २०७४

सार्वजनिक यातायातको सिन्डिकेट विरुद्ध आक्रामक देखिएको सरकारले नै ट्याक्सीमा भने सीमित व्यवसायीको एकाधिकारलाई संरक्षण गरिरहेको पाइएको छ।

बस नचलाउने व्यवसायीको रुटप्रमिट खारेजीको तयारी, नयाँलाई अस्थायी अनुमति

बुधबार, २१ चैत २०७४

सिण्डिकेटधारी यातायात व्यवसायीले कोटेश्वरपूर्वका यातायात सञ्चालनमा नगरेपछि यातायात व्यवस्था विभागले नयाँ रुटइजाजत खुल्ला गरेको छ। कोटेश्वरपूर्वका १२ वटा यातायात सेवा समिति बुधबार आमहडतालमा उत्रिएपछि विभागले नयाँ सवारीको लागि रुटइजाजत खुल्ला गरेको हो।

सिन्डिकेट जोगाउन यातायात ठप्प

मङ्गलबार, २० चैत २०७४

उपभोक्ता कानुन र व्यावसायिक मर्यादा मिच्दै सिन्डिकेट जोगाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आन्दोलनमा उत्रेको छ। काठमाडौं–बनेपा रुटमा सुविधासम्पन्न बससेवा सञ्चालनमा आएपछि त्यसको विरोध गर्दै महासंघ व्यावसायिक मर्यादा र कानुनविपरीत आन्दोलनमा उत्रेको हो।

अब कम्पनीलाई मात्र रुट परमिट

सोमबार, १९ चैत २०७४

सरकारले सिन्डिकेट अन्त्य गर्न सार्वजनिक यातायात सेवालाई अनिवार्य कम्पनीका रूपमा दर्ता हुनुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ।

गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

सोमबार, १९ चैत २०७४

भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीतसंगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो। रोयल्टी रकम  सवारीसाधन दर्ता तथा नवीकरण गर्दा तिनुपर्नेछ।

सडकमा सिन्डिकेट सत्ता

शुक्रबार, १६ चैत २०७४

सहज र सुविधायुक्त सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिन्डिकेटवाला यातायात व्यवसायीले सरकार र कम्पनीलाई धम्की दिन थालेका छन्।

उपत्यकामा ट्राफिक लाइट बल्न थाले

मङ्गलबार, १३ चैत २०७४

उपत्यकाका मुख्यचोकमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ। सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाइमा उपत्यकाको सात स्थानमा नेपाली प्रविधिमा आधारित ट्राफिक लाइट मंगलबारदेखि सञ्चालनमा ल्याइएको हो।

पाँच वर्षमा २९ हजार दुर्घटना आठ सय ७७ मृत्यु

सोमबार, १२ चैत २०७४

सडक फराकिला पार्नुका साथै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउन निषेध गरिएपछि उपत्यकामा सडक दुर्घटना कम हुने अपेक्षा गरिएको थियो । तर, गत पाँच वर्षको तथ्यांक हेर्दा उपत्यकामा सवारी दुर्घटनामा खासै कमी आएको देखिँदैन । दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि घट्न सकेको छैन ।उपत्यकामा बढ्दो सवारी दुर्घटना संख्याले पैदलयात्रु र सवारीचालकका लागि यहाँका सडक असुरक्षित बन्न थालेको पुष्टि गर्छ।

‘सर्ट सर्किट’ले हुन्छ धेरै आगलागी

शुक्रबार, ०९ चैत २०७४

गत फागुन १४ गते पुतलीसडकस्थित सेयर मार्केट भवनको माथिल्लो तलाको क्यान्टिनमा बिहानै आगलागी भयो । घर जोडिएको स्थानमा आगलागी भए पनि समयमै वारुणयन्त्र र सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगियो ।

घुस लिने मात्र होइन, दिने पनि थुनामा

शुक्रबार, ०९ चैत २०७४

‘महाशाखाले ट्राफिक प्रहरीलाई घुस खुवाउन खोज्ने सवारीचालकलाई घुससहितको रकम जफत गरेर जिल्ला प्रशासन कार्यालयमा केही सार्वजनिक अपराध ऐनअनुसार मुद्दा चलाउँदै आएको छ।’

‘बाइक चोरको बिगबिगी’

सोमबार, ०५ चैत २०७४

पछिल्लो समय उपत्यकाभित्र पार्किङस्थल, घर, अस्पताल, पार्टी प्यालेस, होटल, सार्वजनिक स्थल, मठ–मन्दिर, पार्क लगायत स्थानबाटै बाइक चोरी हुन थालेको छ।