गणेश विक

जिल्ला अस्पतालमै पानीको समस्या

शुक्रबार, ११ जेठ २०७५

जिल्ला अस्पताल सल्लेमा पानीको समस्या भएको छ। नजिकै मुहान नहुनु र गर्मी समयमा पानीको मुहान सुक्दै जाँदा कार्यालयमा पानीको समस्या भएको हो।

जनताले संसद्मा प्रस्ताव पेश गर्न पाउने

बिहिबार, १० जेठ २०७५

प्रदेश नं. ५ को संसद्मा जनताले पनि सार्वजनिक महत्वका विषयमा प्रस्तावहरु पेश गर्न पाउने भएका छन्। यसका लागि कम्तिमा सय सर्वसाधारणहरुको हस्ताक्षर र तीन सांसद्ले समर्थन गर्नु पर्ने प्रदेश नं. ५ का सभामुख पुर्णबहादुर घर्तीले जानकारी दिए।

एम्बुलेन्स दुर्घटना हुँदा महिलाको ज्यान गयो, ४ घाइते

सोमबार, ०७ जेठ २०७५

सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

इन्जिनियर कुट्ने वडाध्यक्ष पक्राउ

आइतबार, ०६ जेठ २०७५

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेपछि जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट उनलाई प्रहरीले प्रक्राउ गरेको हो।

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

शनिबार, ०५ जेठ २०७५

बहुमुल्य जडबुटी यार्साका लागि यस वर्ष जेठको दोस्रो साताको अन्तिममा बुकी खुला गरिने भएको छ।

तीन बालबालिका बेपत्ता

बिहिबार, ०३ जेठ २०७५

पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् ।

स्थानीय सरकारका निर्णय कमजोर बन्दै

बुधबार, ०२ जेठ २०७५

मुसीकोट नगरपालिकाले ‘रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५’ लाई बैशाख २१ गते अनुमति दियो।

विवादका बीच सुरु भयो महोत्सव

आइतबार, ३० बैशाख २०७५

विवाद र चर्चामा रहेको ‘रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५’ अन्ततः सूरु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडालाई दिइएको अधिकार अनुसार महोत्सव आइतबारबाट सुरु भएको हो।

धार्मिक आस्थाको केन्द्र छत्रेश्वरी

शनिबार, २९ बैशाख २०७५

छत्रेश्वरी सल्यानको धार्मिक स्थल मध्ये एक प्रमुख स्थल हो । सत्यदेवी भारतको उज्वाइन भन्ने ठाउँको अग्नी कुण्डमा हाम फालिन् । त्यहाँ उनको शरीर केही गलेन।

जबर्जस्त गर्भपतन गराउने जनप्रतिनिधि धरौटीमा रिहा

सोमबार, २४ बैशाख २०७५

जबर्जस्त गर्भपतन गराएको आरोपमा पक्राउ परेका सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई धरौटीमा रिहा गरिएको छ । जबर्जस्त गर्भपतन गराएको आरोपमा प्रक्राउ परेका गाउँकार्यपालिका सदस्य रुद्रबहादुर सुनारसहित उनकी दुई श्रीमतीलाई २५औं दिनमा रिहा गरिएको हो ।

तीन वर्षका लागि यार्सा संकलन बन्द

आइतबार, २३ बैशाख २०७५

यहाँ पाइने यार्सा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । आठबीसकोट नगरपालिका–२ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

रोग निको पार्ने पानी !

शनिबार, २२ बैशाख २०७५

सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ । घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५ मिनेट जति लाग्छ । सानीभेरी नदिसँगै तातोपानी क्षेत्र अवस्थित छ । तातोपानी क्षेत्रको पानी र सानीभेरीको पानीले फरक अनुभूति दिन्छ । सानीभेरीको पानी चिसो हुन्छ भने उक्त क्षेत्रको पानी तातो छ ।

यार्सा टिप्न विद्यालय बन्द

शनिबार, २२ बैशाख २०७५

वैशाख चौथो साताको पहिलो दिनदेखि रुकुम (पूर्व) का केही विद्यालयहरू बन्द हुने भएका छन् । बहुमूल्य यार्सा टिप्न शिक्षक, विद्यार्थी र अभिभावकहरू लिएर जानेभएपछि यहाँका विद्यालयहरु आइतबार देखि बन्द हुने लागेका हुन्।

जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

शुक्रबार, २१ बैशाख २०७५

आठबीसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठबीसकोट नगरपालिका–४, गोतामकोटका ३२ वर्षिया कर्ण बुढाको मृत्यु भएको हो।

अमेरिकामा नेपालीको मृत्यु

बुधबार, १९ बैशाख २०७५

आठ बर्षअघि अमेरिका गएका एक रुकुमेलीको निधन भएको छ। रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका २८ बर्षीय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो।

भेडा चराउन गएका धनबहादुरकाे शव फेला

मङ्गलबार, १८ बैशाख २०७५

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ मा एउटा शव फेला परेको छ । सोही वडाका करिब ४५ वर्षीय धनबहादुर कामीको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

किम–मुन भेटवार्ताले त्रासपूर्ण वातावरण हट्यो : नेता नेपाल

सोमबार, १७ बैशाख २०७५

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जाई इनको भेटवार्ताले दुबै देशबीच सम्बन्ध सुधार संगै शान्ति र समृद्धिको मार्गचित्र भएको बताएका छन्।

रुकुमको सानीभेरीमा पहिलो पटक नगर प्रहरी

सोमबार, १७ बैशाख २०७५

रुकुमको सानीभेरी गाउँपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरेको छ। गाउँपालिकाले पारिश्रमिक दिने गरी पाँच जना नगर प्रहरी नियुक्त गरिएको हो।

जनप्रतिनिधि विरुद्ध कांग्रेसको विरोध

सोमबार, १७ बैशाख २०७५

जनप्रतिनिधिहरूले मनलागी ढङ्गबाट काम गरिरहेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगामा एक विरोध सभाको आयोजना गरी कांग्रेसले विरोध जनाएको हो।

वालबिवाह हुनबाट जोगायो प्रहरीले

शनिबार, १५ बैशाख २०७५

सानीभेरी गाउँपालिका वडा नं. ७ स्थित जैधुनेमा प्रहरीले एक जोडिलाई बालबिवाह हुनबाट जोगाएको छ। प्रहरीले बिबाह मण्डपबाटै केटा केटीलाई प्रक्राउ गरी बालबिवाह हुनबाट जोगाएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।