रेखा भुसाल

संझौता पुरा नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

शुक्रबार, ११ जेठ २०७५

सार्वजनिक नहरमा ढल मिल्काउदै आएको पाँच तारे होटल टाइगर प्यालेसले आफुहरुसंगको सम्झौता पुरा नगरेको भन्दै स्थानीयले तत्काल सम्झौता पुरा नगरे आन्दोलमा उत्रने चेतावनी दिएका छन । तिलोत्तमा १५ को बनकट्टी र वडा न १३ को बबनी गाँउका स्थानीयले होटलमा डेलिगेशन गइ होटल स्थापनाका क्रममा गरीएका सम्झौता र सामाजिक उत्तरदायित्व बहन गर्न माग गरेका हुन।

जनप्रतिनिधि साझा हुन नसकेको गुनासो

बुधबार, ०९ जेठ २०७५

एक वर्षअघि स्थानीय चुनावको चहलपहल हुँदा तिलोत्तमा ८ की जमुना गौतम जती उत्साहित थिइन् अहिले त्यती नै निरास । १९ वर्षपछि चुनेका जनप्रतिनिधिसँग उनका ठूला अपेक्षा भने थिएनन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक मर्मतको माग चुनावकै बेला उनी र उनका छिमेकीले गरेका हुन । तर जनप्रतिनिधि आएको एक वर्ष बित्नै लाग्दासमेत सडक मर्मत भएन।

नदीकिनारमा डम्पिङ साइट, बिग्रिँदै वातावरण

शनिबार, ०५ जेठ २०७५

लुम्बिनीको प्रवेशद्वार मानिएको सहर सिद्धार्थनगरमा २०६९ सालमै एकीकृत सहरी विकासअन्तर्गत फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने भनिएपछि नगरवासी निकै उत्साहित भएका थिए। केन्द्र बनेपछि सहरका गल्ली र चोकचोकमा थुप्रिने फोहोर र डन्डा नदी किनारको डम्पिङ साइटले कुरुप बनाएको सहर सफा बन्ने अपेक्षा थियो तर ६ वर्ष बित्दा पनि अपेक्षा पूरा भएको छैन।

रुपन्देहीमा मजदुरमाथि गोली प्रहार

बुधबार, ०२ जेठ २०७५

रुपन्देहीको मणिग्राममा घर निमार्ण गर्ने एक मजदुर माथि गोली प्रहार भएको छ। अज्ञात समूहको गोली प्रहारबाट मर्चवारका रामकेश धवल सक्त घाइते भएका छन्। उनको ढाडमा गोली लागेको छ। गम्भीर घाइते भएका धवललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ।

प्रदेश ५ : प्रदेशसभाको दोस्राे अधिवेशन सुरू

मङ्गलबार, ०१ जेठ २०७५

प्रदेश नम्बर ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आह्वाान गरेको प्रदेश सभाको दोस्रो अधिवेशनसम्बन्धी पत्र सभामुख पूर्णबहादर घर्तीले सभामा पढेर सुनाएपछि दोस्रो अधिवेशन सुरु भएको हो ।

पाल्पा-बुटवल सडक सुचारु

सोमबार, ३१ बैशाख २०७५

गएरातिदेखि अवरुद्ध बनेको बुटवल पाल्पा सडक खण्ड सुचारु भएको छ । सवारी आवागमन सहज भएको छ । बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङका लागि छुटने सवारी साधनहरु चलेका छन् ।

वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

सोमबार, ३१ बैशाख २०७५

गएरातीदेखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्धबाबाकोबीचमा खसेको पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो।

पर्यटक तान्दै कृषि–पर्यटन

बिहिबार, २७ बैशाख २०७५

रूपन्देहीमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । विश्वकै ठूलो पक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा रिसर्च सेन्टर, व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढ्दै गएको हो ।

प्रदेश ५ को लोगो तयार

सोमबार, २४ बैशाख २०७५

प्रदेश ५ का सांसद र कर्मचारीकालागि लोगो तयार गरीएको छ। सांसद र कर्मचारीहरुकालागि भनेर तयार गरीएको दुइ वटा लोगो सोमबार सार्वजनिक गरीयो। सांसदकालागि तयार गरीएको लोगोमा हिमाल, पहाड, तराई, बुद्ध भुमी, कृषि, लैगिक समानता र उज्वलताको प्रतिक तारा समेटिएको छ।

सरकार तानाशाही बन्दैछ : नेता रिजाल

मङ्गलबार, १८ बैशाख २०७५

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कम्युनिष्ट सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन्। नेता रिजालले प्रधानमन्त्री केपि शर्मा ओलीमा अहंकार भरिएको र जनतालाई सेवा दिनु भन्दा तानाशाही बन्ने अभ्यासमा लागेको आरोप लगाए।

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

आइतबार, १६ बैशाख २०७५

लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ। लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।

सडक विस्तार फेरि रोकियो

आइतबार, १६ बैशाख २०७५

ठेक्का लागेको झन्डै १३ महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको विस्तार फेरि रोकिएको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधीन ६ लेन सडक विस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३१ कार्यपत्र प्रस्तुत हुने

शनिबार, १५ बैशाख २०७५

बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलाइ विश्व शान्ति र बौद्ध दर्शनको मुहानको रुपमा चिनाउने उदेश्यले लुम्बिनीमा शनिबार देखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ।

बुटवलको ६ लेन सडक विस्तार कार्य फेरि रोकियो

शनिबार, १५ बैशाख २०७५

ठेक्का लागेको झण्डै तीन महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको बिस्तार फेरि रोकिएको छ। बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बिस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

समृद्धिका आधार : कृषि, पर्यटन र उद्योग

शुक्रबार, १४ बैशाख २०७५

उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा बर्दियाको राजपुरसम्मको भूगोल। हिमाल, पहाड, तराई, विश्वका दुई अर्ब मानिसको आस्थाको केन्द्र लुम्बिनी र एसियाकै ठूलो उपत्यकासहितको ५ नम्बर प्रदेश भौगिलिक विविधतासहितको धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको संगम हो।

सार्वजनिक महत्वका बिषयमा सरकारको ध्यानाकर्षण

बिहिबार, १३ बैशाख २०७५

प्रदेश ५ का सांसदहले प्रदेश सभाको वुधवारको बैठकमा आ आफना क्षेत्रका जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सभासदहरुले सार्वजनिक महत्वका विषयमासरकारको ध्यानाकर्षण गराएका हुन्।

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

शुक्रबार, ०७ बैशाख २०७५

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा एमाले माओवादीका युवा नेताहरुको संलग्नता खुल्ने क्रम जारी छ । पुनलाई अपराधिक गतिविधिमा सघाएको आरोपमा प्रहरीले शुक्रबार एमालेको भातृ संगठन युवा संघका केन्दी्रय सदस्य सुजु मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको हो । युवा संघ रुपन्देहीका इन्र्चाज समेत रहेका मल्ललाई बुधबार साँझ काठमाडौँबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो।

जितगढीमा अंग्रेजलाई परास्त गरेको सम्झनामा विजयउत्सव

शुक्रबार, ०७ बैशाख २०७५

नेपाली सेनाले बुटवलबाट अंग्रेज सेनालाई परास्त गरेको दिनको संझनामा बुटवलमा जितगढी बिजय उत्सव मनाउन थालिएको छ। वि.सं. १८७२ बैशाख ७ गते कर्णेल उजुरसिहं थापाले नेपाल अंग्रेज युद्धमा नेपाली फौजको नेतृत्व गरी बुटवलको जितगढी किल्लाबाट अग्रेजलाई परास्त गरेका थिए।

मुख्यमन्त्री र मन्त्रीसहित प्रदेशसभाका पदाधिकारीको तलब सिफारिस, कसको कति ?

बुधबार, ०५ बैशाख २०७५

प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित मन्त्री तथा प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक सिफारिस गरेको छ।

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

बुधबार, ०५ बैशाख २०७५

प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।