वसन्त खड्का

बागमती सफाइका दुई सय ६२ साता

आइतबार, ०६ जेठ २०७५

शनिबार बाग्मती सफाई महाअभियानको पाँच वर्ष पुरा भएको छ। २०७० जेठ ५ बाट सुरु भएको नेपाल सरकार तथा विभिन्न सरकारी एवं गैर सरकारी संघसंस्थाको अगुवाईमा सुरु भएको महाअभियानले शनिबार पाँच वर्ष एवं दुई सय ६२ औ सप्ताह पुरा गरेको हो।

नेपालमा फैलिँदैछ मिचाहा वनस्पति

शुक्रबार, ०४ जेठ २०७५

विश्वका एक सय खराब मिचाहा वनस्पतिमध्य चारवटा वनस्पति नेपालमा रहेको पाइएको छ। नेपाल विज्ञान तथा प्रविध प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा आयातित मिचाहा प्रजाजिका वनस्पतिको प्रभाव’ विषयक कार्यशालामा वनस्पतिविद् डा. भरतबाबु श्रेष्ठले यस्तो तथ्य प्रस्तुत गरेका हुन्। आयातित मिचाहा वनस्पतिको अवस्था र यसको मूल्यांकनका दायराका विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. श्रेष्ठले नेपालमा मुख्य २६ मिचाहा वनस्पति रहेको र त्यसमध्ये विश्वका एक सय खराब मिचाहा वनस्पतिमध्येका चारवटा रहेको तथ्यांक पेश गरेका छन्।

सेनाले नयाँ इमल्सन प्लान्ट राख्ने

बुधबार, ०२ जेठ २०७५

कच्चा पदार्थ अभाव भएपछि मकवानपुरको सुनाचरीमा रहेको नेपाली सेनाको इमल्सन प्लान्टबाट उत्पादन रोकिएको छ। विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ लामो समयदेखि आपूर्ति हुन नसकेपछि प्लान्टबाट उत्पादन रोकिएको सेनाले जनाएको छ।

सरकारी कार्यालयले फोहोर जलाउन नपाउने

मङ्गलबार, ०१ जेठ २०७५

सरकारी कार्यालयहरुले फोहोर जलाउन नपाउने भएका छन्। वातावरण मन्त्रालयले सुरु गर्न लागेको नेपाल स्वास्थ वातावरण अभियान २०७५ को सुरुवात गरेसँगै सरकारी कार्यालयले फोहोर जलाउन नपाउने व्यवस्था गर्न लागिएको वातावरण विभागले जनाएको छ।

धुलो नियन्त्रण एकाइ निष्क्रिय

शुक्रबार, २८ बैशाख २०७५

वातावरण मन्त्रालयले काठमाडौं उपत्यकाको धुलो नियन्त्रणका लागि गठन गरेको धुलो नियन्त्रण युनिट काम सुरु नहुँदै निष्क्रिय भएको छ। उपत्यकाका अधिकांश ठाउँमा धुलोका कारण नागरिक आजित भएपछि वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले धुलो नियन्त्रणका लागि छुट्टै एकाइ गठन गरेर काम गर्न निर्देशन दिएका थिए। मन्त्री बस्नेतको पहलमा वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा उक्त एकाइ गठन भएको थियो।

पूर्वमन्त्री पाण्डेको हस्तक्षेपबाट नेवाको कारबाही फिर्ता भएको खुलासा

बिहिबार, २७ बैशाख २०७५

तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर पाण्डेले कारबाहीका लागि सिफारिस भएको एक गैरसरकारी संस्थालाई दबाब दिई कारबाही फुकुवा गराएको पाइएको छ।

मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकोप्टर किन्दै सेना

बुधबार, २६ बैशाख २०७५

आफैले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’का लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ।

फास्ट ट्र्याक डिपिआरका लागि १७ कम्पनी इच्छुक

सोमबार, २४ बैशाख २०७५

नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि १७ कम्पनीले आवेदन दिएका छन्। एउटा नेपाली तथा १६ वटा विदेशी कम्पनीले आवेदन दिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए।

पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

आइतबार, २३ बैशाख २०७५

भूकम्प पछि विभिन्न सम्पदाको पुनः निर्माणमा प्रतिवद्धता जनाएको भारतले तीन वर्ष भइसक्दा पनि सम्पदा निर्माण सुरु गरेको छैन।

नेपालमा सैन्य खर्च : दश वर्षमा तीन गुणाले वृद्धि

आइतबार, २३ बैशाख २०७५

वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एशियामा पाचाैँ स्थानमा परेको छ।  द्वन्द, हातहतियार तथा निशस्त्रीकरण सम्बन्धी अध्यन गर्दै आएको अन्तराष्ट्रिय संस्था स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्सिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एशियाको पाँचाैँ नम्बरमा परेको हो।

‘स्रोतसाधन बेचेर पानीजहाज किन चाहियो?'

आइतबार, २३ बैशाख २०७५

नेकपा एमालेका उपमहासचिव तथा राजनीतिक चिन्तक घनश्याम भुसालले समृद्धिका कुरा गर्दा धरातल बिर्सन नहुने कुरामा जोड दिएका छन्। कार्लमाक्सको जन्म द्विशताब्दी समारोहका अवसरमा आयोजित ‘आजको माक्सवादः लोकतन्त्र–समृद्धि–समाजवाद’ विषयक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै भुसालले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पार्न नहुने बताए। भ्रम छरेर राष्ट्रलाई बचाउन नसकिने दाबी गर्दै भुसालले भने ‘भ्रमले राष्ट्र बचाउँदैन, राष्ट्र बचाउन जनतालाई शिक्षित गराउनुपर्छ,।’

प्रदुषण नियन्त्रण शुल्क अन्यत्रै खर्च

सोमबार, १७ बैशाख २०७५

नेपालभित्र बिक्री हुने पेट्रोल तथा डिजेलबाट प्रतिलिटर पचास पैसाका दरले उठाइने प्रदूषण नियन्त्रण शुल्क बापतको अर्बौं रुपैयाँ उद्देश्य विपरित खर्च हुने गरेको छ। आर्थिक ऐन, २०६६ को व्यवस्था अनुसार जम्मा भएको उक्त रकम प्रदुषण नियन्त्रण भन्दा पनि नियमित बजेट प्रणाली अनुसार खर्च हुने गरेको छ।

पुननिर्माणमा सेनालाई २ अर्ब ६७ करोड अपुग

आइतबार, ०२ बैशाख २०७५

नेपाली सेनाले भूकम्पले क्षति पु-याएका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि रकम अभाव भएको जनाएको छ।

फास्ट ट्र्याक डिपिआरका लागि इओआई आह्वान

शुक्रबार, २३ चैत २०७४

काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) आह्वान गरेको छ। सेनाले १५ दिनभित्र निवेदन प्राप्त हुनेगरी स्वदेशी तथा विदेशी कम्पनीबाट इओआई आह्वान गरेको हो।

धर्म प्रचारकप्रति कठोर बन्दै गृहमन्त्री

मङ्गलबार, २० चैत २०७४

गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकता संरक्षण गर्दै जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्त्याउने तत्वहरुलाई परास्त गर्नुपर्ने बताए।

धर्म प्रचार र विखण्डनकारी प्रवृत्ति मुलुकका लागि खतरा : गृहमन्त्री थापा

सोमबार, १९ चैत २०७४

गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचार र विखण्डनकारी प्रवृत्ति मुलुकका लागि खतरा भएको बताएका छन्। सोमबार ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकताको संरक्षणको गर्दै जाति, धर्म र क्षेत्रको नाममा नेपालमा द्वन्द निम्त्याउने तत्वहरुलाई परास्त गर्नु पर्ने बताए।

अधिकांश अपराधका घटनामा महिला पीडित

सोमबार, १९ चैत २०७४

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार परिसरमा दर्ता भएका अधिकांश अपराधका घटनामा महिला पीडित हुने गरेका छन्।

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

शुक्रबार, १६ चैत २०७४

गोरखाकी २७ वर्षिया रमिता ढुंगाना (नाम परिवर्तन) ले आमालाई उपचारका लागि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेकी थिइन्। आमाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी केही दिन अस्पतालमै बस्नुप-यो। केही दिनको अस्पताल बसाइपछि आमाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।

म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी

बिहिबार, १५ चैत २०७४

महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दाबीसहितका उजुरी परेका छन्।

आइजिपी बढुवामा राजनीतिक दाउपेच

सोमबार, १२ चैत २०७४

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिँदै छ। उनको कार्यकाल सकिनैलाग्दा नयाँ आइजिपीका लागि दौड सुरु भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।