डा. निरञ्जन पराजुली

डा. निरञ्जन पराजुली

रासायनिक तथा जैविक सुरक्षा

सोमबार, ०३ बैशाख २०७५

महिलाले प्रयोग गर्ने विदेशी ब्रान्डेड कम्पनीका सौन्दर्य सामग्रीमा पनि हानिकारक रासायनिक पदार्थ लिड र मर्करीको अवशेष भेटिएको विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । त्यस्ता विषादीका कारण आमाको मात्र होइन, उनीबाट जन्मने बच्चामा समेत मानसिक र शारीरिक समस्या देखिन्छ।

दिगो विकासकालागि विज्ञान

सोमबार, १९ चैत २०७४

देश सङ्घीय संरचनामा गएपछि सबैको भरोसा विकास र समृद्धिमा अड्केको छ। अचेल यसकै बहस सहरका छापादेखि गाउँघरका चिया पसलसम्म हुने गरेको छ। अब नेपाली विकासको मोडेल कस्तो र कुन सिद्धान्तमा आधारित हुने त्यसको प्रस्ट खाका कोर्न सरकारले अझै सकेको छैन। हुन त विकास भन्नासाथ व्यक्तिपिच्छे फरक दृष्टिकोण र मार्गचित्र हुनु सामान्य हो।

जैविक मल विकासको अपरिहार्यता

सोमबार, ०५ चैत २०७४

वास्तवमा कुन प्रकृतिको जैविक मल प्रयोग गर्ने भन्ने निधो गर्न माटोको वैज्ञानिक परीक्षण गर्नुपर्छ । र, यसलाई कृषि क्षेत्रमा सफलरूपमा प्रयोग गर्न सरकारले देशमा कृषियोग्य जमिनको माटो परीक्षण गरी राष्ट्रिय डाटाबेस बनाउनुपर्छ।

विज्ञान मन्त्रालयको अवसान

सोमबार, २१ फागुन २०७४

नेपालमा विज्ञानसम्बन्धी जे÷जति गतिविधि वा काम भएका छन् त्यसमा सरकारी उच्चपदस्थ कर्मचारीको हस्तक्षेपकारी नीति देखिन्छ । राजनीतिक नेतृत्व कहिल्यै पनि नेपालमा विज्ञानको विकासमा सकारात्मक नभएका कारण कर्मचारीको चलखेल बढेको हो।

प्रजातन्त्रले नछोएको औषधि विज्ञान

सोमबार, ०७ फागुन २०७४

आज देशले तामझामसाथ प्रजातन्त्र दिवस मनाइरहँदा हजारौँ बिरामी औषधि उपचारको अभावमा भौतारिरहेका छन् । उपचारको गुणस्तरीयता औषधिको सुपथ मूल्य र सहज उपलब्धतासँग जोडिएको छ । तर देशमा जटिल प्रकृतिका रोग, जस्तै– क्यान्सर, मिर्गाैलालगायत उपचारमा प्रयोग हुने विदेशबाट आयातीत औषधि दुई हजार गुणासम्म महँगोमा बिक्री भइरहेको स्वास्थ्य अधिकारी नै बताउँछन । मूल्य नियन्त्रणका लागि अल्पकालीन समाधानका रूपमा विदेशी औषधि खरिद प्रक्रियामा सुधार र स्थानीय बजार हस्तक्षेप गर्न सकिने कुरा त छँदैछ । तर यो समस्याको स्थायी समाधान खोज्ने हो भने अब राज्यले औषधिमा विदेशी परनिर्भरता घटाउन देशकै प्राकृतिक स्रोत प्रयोग गरेर औषधि उत्पादन गर्नुपर्छ।

क्यान्सर परीक्षणमा नयाँ शोध

सोमबार, २२ माघ २०७४

गलत केमोथेरापीका कारण बिरामी झन् शिथिल हुने र उसको उपचार खर्च बढ्ने प्रस्टै छ । त्यसैले क्यान्सर पूर्वअनुमान गर्न हालै पत्ता लागेको नयाँ परीक्षण विधि निकै उपयोगी हुने निश्चित छ।

तस्करी रोक्न डिएनए बारकोडिङ

सोमबार, ०८ माघ २०७४

उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी तस्करी भएर भारत र तिब्बत पुग्ने गरेको सुनिएको छ । वन्यजन्तु र जडिबुटीमात्र होइन, माटो पनि ज्यादै महत्वपूर्ण प्राकृतिक स्रोत हो । तर हाल जलवायु परिवर्तन, बढ्दो प्रयोग र गलत व्यवस्थापनका कारण माटो पनि संकटमा परेको देखिन्छ । माटो परीक्षण गरेर पुरातत्वविद्ले इतिहास मात्र केलाउन सक्ने होइन, यसबाट औषधीजन्य पदार्थ पनि निकाल्न सकिन्छ । हाल विश्वमा पाइने करिब दुई तिहाइ एन्टिबायोटिक्स यिनै माटोबाट निकालिएका ब्याक्टेरियाबाट उत्पादन गरिएको हो ।

असुरक्षित खाद्यान्न

सोमबार, २४ पुष २०७४

विश्वविद्यालय क्याम्पसको क्यान्टिनमा टेबल सफा गर्न फेनोल भन्ने घातक रसायन प्रयोग हुने जानकारी हालै एक प्राध्यापकले यस पंङ्तिकारलाइ दिएका छन् । देशको सबैभन्दा उच्च प्राज्ञिक थलोमा समेत यसरी खुलमखुला भोजनालयमा विषादीको प्रयोग हुन्छ भने अन्यत्रको के कुरा गर्नु ? बजारभरि देखिने रंगीचंगी मिठाइमा मानव स्वास्थ्यका लागि हानिकारक अखाद्य रसायन (डाइ)को अत्याधिक प्रयोग गरिएको जगजाहेरै छ । यस्ता अखाद्य रसायन क्यान्सरलगायत विभिन्न रोगको कारक बनिरहे पनि सरकारी निकायले यसमाथि कडा नियन्त्रण गर्न सकेको छैन ।

आयुर्वेदिक क्षेत्रका अन्योल

सोमबार, १० पुष २०७४

सरकारी नीतिगत कमजोरीका कारण नेपाली बहुमूल्य जटिबुटी प्रशोधनका लागि सस्तो मूल्यमा भारत जान्छ । र, नेपाली उद्योगलाई चाहिने कच्चा पदार्थका रूपमा फेरि नेपाल भित्रिन्छ, महँगो मूल्यमा । नेपालको प्राकृतिक सम्पत्तिमा भारतीय व्यापारीको रजाइ कायम छ, वर्षौंदेखि मध्य र सुदूरपश्चिममा ।

रसायनशास्त्रको प्रतिफल विज्ञानमा

सोमबार, २५ मङि्सर २०७४

विश्वमा आणविक अस्त्रको होडवाजी अझै रोकिएको छैन । गत साता मात्रै अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै ठूलो संयुक्त सैनिक अभ्यास गरेका छन् । उत्तर कोरिया एकपछि अर्को बम बनाएर संसारलाई थर्काउन पछि परेको छैन । अमेरिकाले दोस्रो विश्व युद्धमा जापानमा खसालेको एटम बमभन्दा हजार गुणा शक्तिशाली हाइड्रोजन बम बनाएको दाबी उत्तर कोरियाले गरेको छ । त्यसबाहेक दक्षिण एसियामा भारत र पाकिस्तानमात्र होइन, बङ्गलादेश र श्रीलंका पनि आणविक अस्त्र बनाउने होडमा रहेको सुनिन्छ ।

एन्टिबायोटिक र नयाँ संक्रमित रोग

सोमबार, ११ मङि्सर २०७४

प्रायः प्रयोगशाला परीक्षण सिएमएलटी गरेका (१८ महिने तालिम) बाट हुने गरेको छ । सुन्दा पनि अचम्म छ, नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सिएमएलटी पढेकालाई स्वास्थ्यमा काम गर्न लाइसेन्स दिन्छ तर त्रिभुवन विश्वविद्यालयबाट मेडिकल माइक्रोबायोलोजी पढेकालाई स्वास्थ्यमा काम गर्न लाइसेन्स दिँदैन ।

विद्यालयमा प्रयोगात्मक विज्ञान, कठै !

सोमबार, २७ कार्तिक २०७४

त्रि–चन्द्र कलेजमा विसं १९७८ मा कलकत्ता विश्वविद्यालयको सम्बन्धनबाट फिजिक्स, केमेस्ट्रीमा जुन प्रयोगात्मक ज्ञान विद्यार्थीलाई दिइन्थ्यो हाल ९४ वर्षसम्म पनि त्यसैलाई निरन्तरता दिइएको छ । यो स्थितिमा तत्काल सुधार गर्न आवश्यक छ विज्ञान शिक्षालाई थप प्रतिस्पर्धी बनाउन ।

गुनिलो महमा मिसिएका बैगुन

आइतबार, १२ कार्तिक २०७४

सन् २००५ सम्म नेपाली मह युरोप निकासी हुन्थ्यो तर पछि परीक्षण गर्दा यसमा लालीगुराँसलगायत अन्य वनस्पतीमा पाइने विषालु पदार्थ ग्रानोटक्सिन देखिएपछि युरोपले नेपाली मह आयात गर्न रोक लगायो । यसबाट नेपालीले महका लागि विश्व बजार गुमाउन पुगे।

पश्चिमेली विश्वविद्यालयका चुनौती

बिहिबार, २६ असोज २०७४

३२ सय विद्यार्थी भएको मध्यपश्चिम विश्वविद्यालयमा फुल टाइम टिचिङ फ्याकल्टी ६५ जना र प्राध्यापकको सख्या जम्मा ४ रहेको देखिन्छ । सायद संसारमा यति कमजोर प्राज्ञिक जनशक्ति भएको कुनै विश्वविद्यालय छैन होला ।

विज्ञानलाई उपेक्षा र बेवास्ता

आइतबार, ०१ असोज २०७४

नेपाल बायोटेक्नोलोजी केन्द्र, आणविक प्रविधि केन्द्र, अन्तरिक्ष प्रविधि केन्द्र, न्यानो मेटेरियल अनुसन्धान केन्द्र खोल्ने तयारी गरेर प्रतिवेदन दराजमा राखेको पनि दुई/चार वर्ष भइसक्यो । तर ती निकायको गठन आदेश र ऐन तर्जुमा हालसम्म हुन सकेको छैन।

कृषिमा निष्फल अनुसन्धान

आइतबार, १८ भदौ २०७४

कृषिमा अनुसन्धानका लागि दिइने अनुदानलाई एकद्वार प्रणालीमार्फत पारदर्शी बनाउनुपर्छ । साथै, कृषिमा बायोटेक्नोलोजीको प्रयोगलाई अब राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ ।

वंशाणुगत रोग निदानमा नयाँ आविष्कार

बुधबार, ३२ साउन २०७४

विश्वप्रसिध्द जर्नल ‘नेचर’ ले हालै प्रकाशन गरेको ‘करेक्सन अफ प्याथोजेनिक जिन म्युटेसन इन ह्युमन इम्ब्रियो’ भन्ने शोध लेखले चिकित्साशास्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

वंशाणुगत रोग निदानमा नयाँ आविष्कार

बुधबार, ३२ साउन २०७४

नेपालले विदेशमा देखापरेका नयाँ प्रविधि र अध्ययनलाई आत्मसात् गरेर जेनेटिक रोगको परीक्षण र अनुसन्धानमा ध्यान दिई स्वास्थ्य उपचारमा गुणात्मक सुधार गर्न आवश्यक देखिन्छ ।

शून्य शोध

मङ्गलबार, १७ साउन २०७४

नास्टमा पिएचडी गरेका वैज्ञानिक ३० जना, कर्मचारी ९२ जना, रिकास्टमा अनुसन्धानकर्ता १५ जना, कर्मचारी ४० जना, सेरिडमा अनुसन्धानकर्ता १० जना तर कर्मचारी चाहिँ २० जना छन्।

नेपाली माटोमा नयाँ ब्याक्टेरिया

मङ्गलबार, ०३ साउन २०७४

विश्व बजारमा पाइने करिव ८० प्रतिशत एन्टिबायोटिक माटोमा पाइने स्ट्रेपटोमाइसेस, मिक्जोब्याक्टेरिया र फङ्गसबाट नै निकालिएका हुन्। अतः नेपालले पनि यस विधाको अनुसन्धानलाई अब राष्ट्रिय आवश्यकता र प्राथमिकताको विषय बनाउनुपर्छ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।