युवराज गौतम

युवराज गौतम

खत्रीको चिया दोकान

शुक्रबार, ११ जेठ २०७५

नेपालको पूर्व क्षेत्र झापाको बिर्तामोडबाट शनिश्चरे हुँदै उत्तरतिर जाँदा जयपुर भन्ने गाउँ आउँछ। झण्डै पचास वर्षअघि त्यहाँ प्राथमिक विद्यालय र केही पुराना घरमात्र थिए । खत्रीको चिया दोकान गफाडीहरूको प्रतियोगिता हुने ठाउँ थियो। सात आठ वर्षको थियो, पंक्तिकार। त्यो बाटो हिँड्दा कहिलेकाहीँ हजुरआमाले ‘तँलाई भोक लाग्यो होला नाति, दूध बिस्कुट खा’ भन्नुहुन्थ्यो । खत्रीको दोकानमा भेला भएका केही टाठाबाठाले हजुरआमालाई आदरपूर्वक नमस्कार गर्थे, माहिला मुखियाकी आमा भनेर। झण्डै आधा घण्टा बस्दा चिया दोकानमा गाउँका ठूलाबडाले गरेको गफ सुन्ने मौका मिल्थ्यो यदाकदा। कतिपय कुरा अहिले पनि सम्झना आउँछ र हाँसो लाग्छ।

सिंहदरबारका सम्धीहरू

शुक्रबार, ०४ जेठ २०७५

ग्रिगोरी एफिमोभिच रास्पुटिन आफूलाई ‘पवित्र पुरुष’ भन्थे। राजा (जार) निकोलस (द्वितीय) लाई उल्टो सल्लाह दिने ती ‘राजगुरु’ आफू सर्वशक्तिमान भएकाले मैमत्त थिए । अभिमानले उनको जीवनशैली ‘भुँइमा न भाँडामा’ थियो । साइबेरियाको दरिद्र किसान परिवारमा जन्मिएर उनी पादरी भए। तन्त्रमन्त्र जानेका चमत्कारी जोगी हुन् भनेर व्यापक प्रचार गरिएकाले दरवारमा उनी धार्मिक सल्लाहकारका रूपमा प्रवेश पाए।

मदन भण्डारी बाँचेका भए...

शुक्रबार, २८ बैशाख २०७५

नेपाललाई आफ्नो सुरक्षा छातामुनि राख्न चाहने भारतीय योजना र षड्यन्त्रबारे भारतीयहरूले समेत धेरै कुरा लेखेका छन् । त्यसबाहेक नेपाली एवं युरोप, अमेरिकाका लेखकका पुस्तकमा पनि कैँयन् कुरा आएका छन् । यस्तै चीनका प्राध्यापक तथा विश्लेषकहरूले नेपालमा भारतीय चासोबारे आफ्ना लेख र पुस्तकमा व्याख्या गरेका छन् । ती सबै कुरा अध्ययन नगरी नेपालमा भारत, चीन अन्य मुलुकको सुरक्षा चासो बुझ्न सकिँदैन।

सभ्यता र समृद्धिको द्वन्द्व

शुक्रबार, २१ बैशाख २०७५

संसारका सबैभन्दा पुराना सभ्यतामध्ये ब्रिटेनको सभ्यता पनि एक हो। त्यहाँ सन् १२१५ मा राजा जोनले म्याग्नाकार्टामा सही नगरेको भए के हुन्थ्यो भनेर इतिहासकारहरूले आज पनि बहस गरिरहेका छन् । धेरैको तर्क छ– ‘रन्निमिड’ अज्ञात ठाउँ रहन्थ्यो र अधिकारका नाममा एउटा नयाँ संघर्ष सुरु हुन सक्थ्यो । तर, प्राचीन सभ्यतालाई जोगाउँदै समृद्धिको यात्रामा जसरी बेलायत अघि बढ्यो, त्यसलाई संसारले आज पनि उदाहरणीय मानेको छ।

हामी पदेन बहादुर

शुक्रबार, १४ बैशाख २०७५

हाम्रा पुर्खा वीर थिए। साहसी, स्वाभिमानी, बहादुर, इमानदार अनि कर्तव्यनिष्ठ थिए। धर्मनिष्ठ, कर्मनिष्ठ र ज्ञाननिष्ठ थिए। वीर, साँच्चैका वीर पनि छन् आज थोरै नेपाली। बाँकी सबै पदेन बहादुर हौँ हामी। राष्ट्र बचाउन सकेनौँ भने केही वर्षपछि इतिहासमा लेखिनेछ, “नेपाल पूर्व बहादुरहरूको राष्ट्र थियो।” त्यो बेला पनि हामी फोसिल भइसकेको साहसका कथा सुनाइरहेका हुनेछौँ। आजकै जस्तो ‘अवस्था’ रहिरह्यो भने हामी स्वाधीन रहने स्थिति हुँदैन।

शिर झुकेको अवस्था

शुक्रबार, ०७ बैशाख २०७५

संसारकै प्राचीन राष्ट्रहरूमध्येको एउटा र कहिलै पराधीन नभएको नेपाल आज नुन खाएको कुखुराझैँ लत्रङ्ग शिर झुकाएको अवस्थामा छ।

गुप्तचरको गुँड

शुक्रबार, ३० चैत २०७४

अरब तथा प्यालेस्टिनीहरूको लगातारको हमला र संघर्षलाई परास्त गर्दै सन् १९४८ मा यहुदी धर्मावलम्वीहरूले छुट्टै राष्ट्र निर्माण गरे– इजरायल।

दिल्ली शरणम्

शुक्रबार, २३ चैत २०७४

आजको पुस्तालाई दन्त्यकथा जस्तो लाग्न सक्छ, नेपालको इतिहास। त्यस्तै रोचक छ, कूटनीतिक इतिहास पनि। राणा शासन भनिने १०४ वर्ष लामो राज्यसत्ताको निरन्तरता वास्तवमा सैनिक शासन नै थियो। विश्वमा त्यति लामो सैनिक शासन कतै थियो भन्ने इतिहासमा पाइँदैन। युरोप वा अफ्रिका कतै पनि थिएन।

बाघ मार्नेको खोजी

शुक्रबार, १६ चैत २०७४

हजारौँ बिगाहमा फैलिएको दरबारको विशाल क्षेत्रभित्र जंगल, तलाउ, पोखरी, ठूल्ठूला चउर, बगैँचा र अनेक जातका पशुपक्षी थिए। राजारानी, युवराज, युवराज्ञी र राजपरिवारका ‘बच्चा सरकारहरू’ बेलाबखत त्यहाँको चिडियाखाना घुम्ने गर्थे।

शत्रु लुक्ने ठाउँ

शुक्रबार, ०९ चैत २०७४

जनरल सर फ्रान्सिस रबर्ट रोय बुचर सन् १९४९ को जनवरी १४ तारिखमा सेवानिवृत्त भएपछि जनरल केएम करिअप्पा (कोडानडेरा माडाप्पा) भारतको प्रथम सेनापति भए। झन्डै नौ सय वर्षसम्म मुगल र अंग्रेज साम्राज्यबाट चिथिएको भारत वा हिन्दुस्तान भनिने भूखण्डलाई ब्रिटिस (अंग्रेज) शासकले इन्डिया नाम राखिदिए।

ढिँडो, भात र भुजा

शुक्रबार, ०२ चैत २०७४

ढिँडोबाट भात हुँदै ‘भुजा ज्युनार’ गर्ने राजकीय हैसियतमा पुगेका ‘पूर्वदरिद्र’ राजनीतिज्ञ (?) र हिजोका ढिँडोजीवीहरूमध्ये धेरैसँग आज करोडौँ रुपियाँको सम्पत्ति रहेको सञ्चारमाध्यममा आइरहेकै छन् ।

ज्ञानेन्द्र शाहको पुस्तक

शुक्रबार, २५ फागुन २०७४

रसुवाको खबर तत्काल रसिया पुग्छ । मनाङको खबर मनिला पुग्छ । हंगेरी र हल्यान्डको खबर क्षणभरमै हुम्ला र होलेरी पुग्छ । यस्तो स्थितिमा ‘आफ्ना विश्वासपात्र’ भनिएका मान्छेहरूले नै मिथ्या, निराधार, कपोलकल्पित र मनगढन्ते आरोप लगाएर ‘जेपीटी’ लेख्न थालेपछि शाहले हालै सामाजिक सञ्जालमा गुनासो गरे, ‘ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ भनेको यही हो ।’

कलंकको कालो टीका

शुक्रबार, १८ फागुन २०७४

संघीयता नामको डरलाग्दो ‘अनकोन्डा’ पाल्न नेपाललाई पनि धौ धौ पर्ने देखिएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा, सातवटा प्रदेश (प्रान्त) लगायत हजारौँ राजनीतिकर्मी र प्रशासनकर्मीका निम्ति खर्च हुने वार्षिक अर्बौं रुपियाँ कुन बगैँचामा फल्छ ? आज धेरैले नबुझेको कुरा यही हो ।

कुटिल कूटनीति

शुक्रबार, ११ फागुन २०७४

अहिले तराईका कतिपय ठाउँमा नेपाली, मैथिली, थारू, बज्जिका, मगही, भोजपुरी, अवधिलगायतका पुराना भाषालाई विस्थापित गरेर हिन्दी भाषालाई स्थापना गर्न खोजेको पाइन्छ । सरकारी तथ्यांकले त्यहाँ ०.४७ प्रतिशत मात्र हिन्दी बोल्नेहरू भएको देखाएको छ ।

कलि : कलह युग

शुक्रबार, २६ माघ २०७४

सञ्चारमाध्यममा विद्वान्–विदूषीका सारगर्भित र महत्वपूर्ण विचार विरलै सुन्न पाइन्छ नेपालमा । कतिपय पत्रकार सिकारु, अभिमानी, पूर्वाग्रही र अल्पज्ञ भएकाले दलका सीमित नेताबाहेक अरूलाई चिन्दैनन् । राष्ट्रलाई सद्विचार दिन सक्ने ज्ञानी, ध्यानी, त्यागी र इमानदार मानिस ओझेलमा परेका छन्।

बारुदमाथि महोत्सव

शुक्रबार, १९ माघ २०७४

भारत स्वतन्त्र हुनुभन्दा अघि त्यहाँ पाँचसय पैंसठ्ठीवटा राज्य थिए । सुरुमा, ब्रिटिस साम्राज्यको सिकार भए उनीहरू । दरबारमै बसेर अत्यन्त महँगा आभूषण र बस्त्रले सिँगारिए पनि ती राजा–महाराजाको कुनै राजनीतिक अधिकार बाँकी रहेन । सन् १९४७ पछि हैदरावादका निजाम (राजा) विद्रोही भएर उभिए तर सन् १९४८ को सेप्टेम्बर १३ तारिखमा बलपूर्वक सो राज्यलाई पनि भारतमा गाभियो । संकटमा माटोको रक्षा गर्न नसक्दा पराधीन बन्नुपर्छ । यस्ता उदाहरण धेरै छन्।

षड्यन्त्रको कालो बादल

शुक्रबार, १२ माघ २०७४

नेपालको संविधान (२०७२) मा राष्ट्रिय सभाको काम, कर्तव्य र अधिकार स्पष्ट लेखिए पनि संरचना (गठन) विधि हाँस्यास्पद देखिन्छ । अपाङ्ग, महिला, दलित, पिछडिएका जाति भनेर ज–जसलाई न्याय दिन खोजिएको छ, त्यसको उपयुक्त स्थान माथिल्लो सदन होइन ।

राम्रो : प्रजातन्त्र कि गणतन्त्र ?

शुक्रबार, ०५ माघ २०७४

गणतन्त्र र प्रजातन्त्र एउटै हो भनेर नेपाली जनतालाई ढाँट्ने, झुक्याउने र अल्मल्याइरहनेहरू आज आफैँ विचलित देखिएका छन् । जनदबाब, बौद्धिक समुदायको तर्क, सर्वसाधारणमा राष्ट्रियताप्रति देखिएको अदम्य उत्साह, राष्ट्रिय एकताप्रतिको जनताको समर्पण तथा राष्ट्र निर्माताप्रति जनताको अगाध आस्था देखेपछि बाध्य भएर सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्मान गर्ने सद्बुद्धि देखायो ।

पृथ्वीनारायणको गल्ती के ?

शुक्रबार, २८ पुष २०७४

साना तथा कमजोर राष्ट्रमा राष्ट्रवादी शक्ति मास्ने, राष्ट्रिय एकताका आधार भत्काउने र पृथ्वीनारायण शाहजस्ता राष्ट्रवादी नायकहरूलाई बद्नाम गराउन सयाँै वर्षदेखि पश्चिमाले षड्यन्त्र गरिरहे । त्यही षड्यन्त्रको पुष्टि गर्न पृथ्वीनारायण शाहलाई पश्चिमा लेखकहरूले दानवका रूपमा प्रस्तुत गरे ।

महेन्द्रमाला–२०७४

शुक्रबार, २१ पुष २०७४

‘खाट्मान्डु, जहाँ मान्छे, पशु, पत्थर र वृक्षहरू समेत ईश्वर मानिन्छन् । पहाडहरू तन्नेरी छन् अझै पनि तर निष्ठुरी छन् ।’ राजा महेन्द्रको शुभराज्याभिषेकमा काठमाडौँ आएकी प्रसिद्ध लेखक हान सुयिनको ‘द माउन्टेन इज योङ’ पुस्तकमा यस्ता वर्णनहरू भेटिन्छन् । तत्कालीन परिवेशको सुन्दर, सजीव र सरस चित्रण छ पुस्तकमा । उनले काठमाडौँ (काठमान्डु)लाई ‘खाट्मान्डु’ भनेकी छन् । प्रायः विदेशीहरू यस्तै उच्चारण गर्छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।