अशोकसुजन श्रेष्ठ

नायिका निता ढुंगानासहित ४ सम्मानित

बुधबार, ०९ जेठ २०७५

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २ कलाकार र २ पत्रकारसहित ४ जनालाई सम्मानित भएका हुन्।

ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने : मन्त्री पण्डित

मङ्गलबार, ०८ जेठ २०७५

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले इमान्दार, मिहेनती कर्मचारीलाई प्रोत्साहन गरि ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने बताएका छन्। उनले ढाँट्ने र सरकारले खटाएको क्षेत्रमा नजाने कर्मचारीलाई कुनैपनि हालतमा प्रोत्साहन र सुविधा नदिने दाबी गरे।

‘जनप्रतिनिधिले धेरै सुविधा खोजे समृद्धि असम्भव’

सोमबार, ०७ जेठ २०७५

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधीले धेरै सेवा सुविधा खोजे जनता अन्यायमा पर्ने बताएका छन्। जनप्रतिनिधीले धेरै सुविधाको सट्टा जनताको स्वयम् सेवकको रुपमा काम गरे मात्र ‘सुखी नेपाली समृद्ध नेपाल’ सम्भव रहेको बताए।

महिला गस्तीले टोलमा शान्ति र सुरक्षा

आइतबार, ०६ जेठ २०७५

महिलाले रात्रि गस्ती गर्न थालेपछि यहाँका दुई टोलमा शान्ति, सुरक्षा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरमा महिलाले दुई महिनादेखि रात्रि गर्दै आएका छन्।

प्रदेश ३ को बजेटबारे छलफल सुरु

शुक्रबार, ०४ जेठ २०७५

प्रदेश ३ को आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी ‘पूर्व बजेट’बारे छलफल सुरु भएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेसँगै छलफल थालिएको हो।

प्रदेश ३ को पाश्र्वचित्र सार्वजनिक

शुक्रबार, ०४ जेठ २०७५

नेपालका ७ प्रदेशमध्ये पहिलो पटक प्रदेश ३ ले पाश्र्वचित्र सार्वजनिक गरिएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा बिहीबार प्रदेशको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेका हुन्। सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको पाश्र्वचित्रमा प्रदेशको परिचय, भौगोलिक अवस्थिति, जनसंख्या, भाषा, धर्म, सडक तथा यातायात, ऐतिहासिक तथा धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा महिला विकासलगायतका विवरण समावेश गरिएको छ।

गुट–उपगुट अन्त्य गरेरै छाड्छुः महामन्त्री कोइराला

बुधबार, ०२ जेठ २०७५

नेपाली काँग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीको गुट–उपगुट अन्त्य गरेरै छाड्ने बताएका छन्।

प्रदेश सभाको बर्खे अधिवेशनमा बजेट प्रस्ताव

मङ्गलबार, ०१ जेठ २०७५

३ नम्बर प्रदेश सभामा बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्ताव टेवल गरिएको छ। मंगलबारदेखि सुरु भएको बर्खे अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त प्रस्ताव टेवल गरेका हुन्।

लालपुर्जा नभएका भूकम्प पीडितसँग सम्झौता गर्न माग

आइतबार, ३० बैशाख २०७५

जग्गाधनी प्रमाणपुर्जा(लालपुर्जा) नभएका भूकम्प पीडित परिवारको बसोवास गरेको अन्य प्रमाणको आधारमा अनुदान सम्झौता गर्न राष्ट्रिय भुमि अधिकार मञ्चले सरकारसँग माग गरेको छ। राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राखी मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई आइतबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने

शुक्रबार, २८ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। जेठ १ गतेबाट हुने प्रदेशसभाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

‘दुई वर्षपछि सुरुङ्गमार्गबाट हेटौंडा-काठमाडौं यात्रा’

बुधबार, २६ बैशाख २०७५

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षपछि हेटौंडा–काठमाडौं सडक खण्डमा सुरुमार्ग निर्माण गरिने बताएका छन्।

प्रधानमन्त्री ओलीले ३ नम्बर प्रदेशसभामा सम्बोधन गर्ने

मङ्गलबार, २५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। जेठ १ गतेबाट हुने प्रदेश सभाको दोश्रो अधिवेशनलाई सम्वोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्वोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

सबैभन्दा विकृति स्वास्थ्य क्षेत्रमा : मुख्यमन्त्री पौडेल

सोमबार, २४ बैशाख २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य क्षेत्र संवेदनशील भए पनि देशमै सबैभन्दा बढी गैरजिम्मेवार, कमजोर र विकृति–विसंगतिपूर्ण रहेको बताएका छन्। आइतबार हेटौंडामा स्थानीय तहमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि प्रदेशस्तरीय छलफल कार्यक्रममा उनले जनशक्ति, पूर्वाधार र सेवाको अवस्था कमजोर रहेको दाबी गरे।

चट्याङबाट २ वर्षीया बालिकासहित तीनको मृत्यु

आइतबार, २३ बैशाख २०७५

बर्षासँगै परेको चट्याङबाट मकवानपुरमा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ परेको चट्याङबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का ६० वर्षीय कृष्णबहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका ३० बर्षीय भीमलाल सिन्तान र उनकी साँढे २ बर्षीया छोरी बिमलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दोश्रो अधिवेशन जेठ पहिलो सातादेखि

बिहिबार, २० बैशाख २०७५

प्रदेश नम्बर ३ प्रदेश सभाको दोश्रो अधिवेशन जेठको पहिलो साताबाट सुरु हुने भएको छ । संघीय सरकारको बजेट अघि नै प्रदेशको बजेट ल्याउनुपर्ने भएकाले सबै प्रदेश साँसद तथा मन्त्रीहरु जिल्लामा खटिएका छन्।

भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब छुट हुँदैन : गृहमन्त्री थापा

मङ्गलबार, १८ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास र समृद्धिका लागि भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब कुनै छुट नदिने बताएका छन्। भ्रष्टाचार, अपराध र सिण्डिकेटले विकासमा गम्भीर बाधा पु¥याएको भन्दै उनले सरकारले त्यस्ता कार्यलाई समाप्त पार्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए।

विकास र समृद्धिमा गैससको भुमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

मङ्गलबार, १८ बैशाख २०७५

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकार र राजनीतिक दल गलत बाटोमा लागेमा नागरिक समाजले दिशाबोध गराउनुपर्ने बताएका छन्। गैरसरकारी संस्था महासंघ नेपाल ३ नम्बर प्रदेशस्तरीय नागरिक सम्मेलन तथा प्रथम अधिबेशनको मंगलबार हेटौंडामा उद्घाटन गरेपछि उनले सरकारका कामहरु नागरिक समाजले स्वतन्त्र र निष्पक्ष रुपमा नियाल्नुपर्नेमा जोड दिए।

कम्पनी जस्तो एमाले लोकतन्त्रका लागि खतरा : गगन थापा

सोमबार, १७ बैशाख २०७५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सत्तारुढ नेकपा एमाले लोकतन्त्रका लागि खतरा भएको गम्भीर आरोप लगाएका छन्। उनले एमाले पार्टी प्राइभेट कम्पनी जस्तो भएको भन्दै यस्तो पार्टी भएको देशमा प्रजातन्त्रले कहिल्यै फस्टाउन नपाउने दाबी गरे।

४४ हजार भूकम्पपीडितको अनुदान सम्झौतै हुन बाँकी

सोमबार, १७ बैशाख २०७५

भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ मध्ये ३ लाख ६४ हजार ४ सय ७६ लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्।

स्थायी राजधानी तोक्न समिति गठन

आइतबार, १६ बैशाख २०७५

प्रदेश नम्बर ३ को प्रदेश सभाले ५ वटा विधेयक पारित गरि प्रदेश स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन गर्दै प्रथम अधिवेशन अन्त्य गरेको छ। उन्नाईसौं बैठकले एक संयोजक तोकेर ४५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।