हंशराज जोशी

हंशराज जोशी

कर्णाली, गैसस र हामी

बिहिबार, १५ चैत २०७४

नागरिकले विकासको अन्तिम अस्त्रका रूपमा संघीयता र प्रदेश सरकारलाई बुझिरहेका छन् । सातवटै प्रदेशमा प्रादेशिक सरकार गठन भएको करिब एक महिनासम्म सञ्चालन भएका बैठकहरू औपचारिकतामा बढी सीमित भए।

समृद्ध सुदूरका सपना

सोमबार, २९ माघ २०७४

विगतमा गरिबी र कुसंस्कारका नामले प्रचलित तत्कालीन सुदूरपश्चिमको पहिचान फेरिन थालेको छ । विभिन्न विश्लेषणहरूमा आर्थिक तथा सामाजिक सूचकांकमा सुदूरका प्रायः जिल्लाहरूको स्थान अन्तिमतिर रहेको पाइन्थ्यो। तर राष्ट्रिय योजना आयोगद्वारा भर्खरै सम्पन्न गरिएको बहु–आयामिक गरिबी विश्लेषणमा प्रदेश नम्बर दुई र छ मा सबैभन्दा बढी गरिबी रहेको कुरा बाहिर आयो । तत्कालीन सुदूरपश्चिम र अहिलेको प्रदेश नम्बर सातको गरिबी सूचकांक प्रदेश दुई र छ को भन्दा सुधारिएको पाइएको छ । यस अर्थमा सुदूरले अब आफ्नो पहिचान फेर्दै गइरहेको छ भन्न सकिने आधार तयार भएका हुन्।

बदलिँदो नागरिक समाज

बुधबार, १७ माघ २०७४

पछिल्लो समयमा राज्यले चालेका केही कदम तथा निर्णयहरूका पक्ष–विपक्षमा र ती कार्यहरूलाई नागरिकमैत्री बनाउन विभिन्न माध्यमबाट आवाज मुखरित भए र ती आवाजहरूको दममा कतिपय निर्णयउपर समीक्षा भयो र कतिपय निर्णय सच्याइए ।

प्रदेश नं. ७ का कुरा

आइतबार, ३० पुष २०७४

अन्य ठाउँका पहाडबाट जस्तै सुदूरपश्चिमका पहाडबाट पनि थुपै्र मानिस कैलाली र कञ्चनपुर झरे । जन्मभूमि तथा देवी–देउताका कारण पहाड पनि उत्तिकै प्यारो र अरू सम्पूर्ण हिसाबले तराईसँग लगाव भएको हुनाले पहाडी मूलका मानिसहरूमा अखण्ड सुदूरपश्चिमको भावना विकास भयो र त्यसका पक्षमा दह्रोसँग उभिए । यता थारूहरूले पहाडी समुदायलाई मुख्य वर्गीय शत्रुका रूपमा देख्न थाले र विकास तथा नीतिगत रूपमा तराई छुट्टै प्रदेशमा हुनुपर्छ भन्ने ठाने । थारू र पहाडी समुदायका बीचमा विभाजन बढ्यो । पछि आएका पहाडी समुदायले स्थानीय थारूहरूलाई शोषण–उत्पीडनमा पारेको साँचो हो ।

कञ्चनपुरको सन्देश

मङ्गलबार, ११ पुष २०७४

विगतमा तीनचोटि लगातार जनप्रतिनिधि भएका कांग्रेस नेता रमेश लेखक यसपालि पराजित हुनुमा मुख्य कारण त वाम एकता नै हो । २०६४ को प्रत्यक्षतर्फको निर्वाचन तत्कालीन एकीकृत नेकपा माओवादीले जित्दा पनि पूरै जिल्लामा दोस्रो स्थानमा आएको थियो कांग्रेस ।

गैसस : भ्रम र यथार्थ

मङ्गलबार, २१ कार्तिक २०७४

‘नागरिक’ दैनिकमा गत साउन २४ गते पुरञ्जन आचार्य र साउन २६ गते बबिता बस्नेतबाट गैरसरकारी संस्था (गैसस) बारे लेख लेखिएको थियो । यसै सरोफेरोमा केही लेखिन्छ, यहाँ । गैससभित्रका बेथिति तथा गैसस सञ्चालनका अप्ठ्याराहरू जसरी सामान्यीकरण गरेर प्रस्तुत गरिएका छन् ती स्वाभाविक रूपले सामान्य हुन गएका छन् ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।