मेघराज तामाङ

मरिसकेको अायाेजना पुनः ब्युतियो, द्रुत गतिमा निर्माण गर्न माग

शुक्रबार, २८ बैशाख २०७५

भारतीय सतलज कम्पनीले निर्माण गर्न लागेको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको शुक्रबार शिलान्यास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा आयोजनाको शिलान्यास गरेसँगै स्थानीयमा खुशी छाएको छ । उनीहरूले यो आयोजना अब चाँडो बन्नुपर्ने माग समेत राखेका छन्।

यार्सागुम्बासहित पक्राउ

आइतबार, २३ बैशाख २०७५

संखुवासभा खाँदबारीबाट अवैध यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान खाँदबारी बसपार्कबाट अवैध यार्सागुम्बासहित जुम्लाका सुन्दरी गाउँपालिका ७ बस्ने नरबहादुर रोकाया पक्राउ परेका हुन् ।

मेयर कपको उपाधि खाँँदबारीलाई

शुक्रबार, २१ बैशाख २०७५

चैनपुरमा सम्पन्न एक नम्बर प्रदेश स्तरीय चैनपुर मेयर कप फुटबल प्रतियोगिताको उपाधि खाँदबारीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा पाँचखपनलाई १–० गोलले हराउँदै  खाँदबारीले उपाधि जितेको हो ।

सामुदायिक क्याम्पसमा निजी विद्यालय

मङ्गलबार, १८ बैशाख २०७५

सदरमुकाम खाँदबारीमा रहेको हिमालय किरण सामुदायिक क्याम्पसमा केही व्यक्तिहरुले निजी विद्यालय खोलेपछि सर्वत्र विरोध भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, केही शिक्षक, सरकारी कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरुले एकल निर्णय गराएर विद्यालय खोल्ने निर्णय गरेका छन् ।

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

आइतबार, १६ बैशाख २०७५

बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनको कम्पाउन्ड पर्खालमा बम विस्फोट भएको छ। तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।

राजधानी सार्ने हल्ला निराधार : मुख्यमन्त्री राई

शनिबार, १५ बैशाख २०७५

एक नम्बर प्रदेशको स्थायी राजधानी सार्ने हल्ला निराधार रहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन्। शनिबार संखुवासभाको चैनपुरमा आयोजित प्रथम मेयर गोल्ड कपको उद्घाटन गर्दै राईले स्थायी राजधानी इटहरी सार्ने हल्ला गलत रहेको बताए।

अरुण नदीमा पक्की पुल नहुँदा समस्या

शुक्रबार, १४ बैशाख २०७५

संखुवासभाबाट बग्ने सबैभन्दा ठूलो अरुण नदीमा पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका छन्।

गुराँस नफुल्दा निराश

आइतबार, ०२ बैशाख २०७५

संखुवासभा १ नम्बर प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ। विश्वकै होचो अरुण उपत्यका, विश्वको पाँचौ अग्लो मकालु हिमाल, लाली गुराँसको राजधानी तीनजुरे जलजले मिल्के अन्य धार्मिक स्थल र ताल पोखरीहरू यहाँका पर्यटकीय गन्तव्यहरु हुन्।

तीन जिल्लाको विजयी सुरुवात

मङ्गलबार, २७ चैत २०७४

संखुवासभाको खाँदबारीमा सुरु भएको दोस्रो रेजिना कप पुरुष भलिबल प्रतियोगितामा तीन जिल्लाले विजयी सुरुवात गरेका छन्। मंगलबार भएको उद्घाटन खेलमा आयोजक सूर्य बोर्डिङ स्कुललाई सुनसरीले हराएको हो। अर्को खेलमा झापालार्इ पछि पार्दै मोरङले विजयी सुरुवात गरेको छ भने उदयपुर र संखुवासभाबीचको खेलमा संखुवासभाले विजयी हासिल गरेको छ।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु

आइतबार, २५ चैत २०७४

संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ३ को तिखे ढुंगामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ।

डुबेर २ बालकको मृत्यु

बिहिबार, २२ चैत २०७४

संखुवासभाको सिलिचोङ गाउँपालिकाका २ जना बालकको खोलामा डुबेर मृत्यु भएको छ। सिलिचोङ गाउँपालिका १ रियाम्माका धर्मेन्द्र राई र बालकुमार राईको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

बिहिबार, २२ चैत २०७४

बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजना संखुवासभामा निर्माण हुँदैछ। २०४५ सालमा अरुण तेस्रो आयोजना निर्माणको जिम्मा विश्व बैंकले लिएको थियो। आयोजना प्रभावित क्षेत्रका केही स्थानहरुमा बैंकले मुआब्जा समेत वितरण गरेको थियो। तर विभिन्न समयमा भएको राजनैतिक परिवर्तन र आयोजना निर्माणमा अवरोधका कारण विश्व बैंकले उक्त आयोजनालाई निरन्तरता दिन सकेन।

अनियमितता गर्ने लेखापाल अख्तियारको फन्दामा

आइतबार, १८ चैत २०७४

खाँदबारी नगरपालिकामा रकम अनियमितता गर्ने लेखापाल पक्राउ परेका छन्। लेखापाल नवीन कुमार श्रेष्ठलाई नगरपालिकाको रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले पक्राउ गरेको हो।

अाफ्नै देशका पाहुना नागरिक

बिहिबार, १५ चैत २०७४

संखुवासभाको भोटखोलाबासीहरू ताजा जनादेश सहितको नयाँ सरकार प्रति यतिबेला आशावादी बनेका छन्। राज्यको नजरबाट उपेक्षित भोटे, शेर्पा, तामाङ जातीको बसोबास रहेको अतिदुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकाका बासिन्दाहरू चीनको स्वशासित क्षेत्र तिब्बतसँग परनिर्भर रहँदै आएका छन्।

विप्लवका कार्यकर्ताद्वारा ट्याक्टरमा आगजनी

आइतबार, ११ चैत २०७४

संखुवासभाको चैनपुर नगरपालिका ४ दोभानेमा बन्दकर्ताले  ट्याक्टरमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै बन्द गर्दै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ५ जनाको समूहले को २ त ४६६३ नम्बरको ट्याक्टरमा आगजनी गरेका हुन्।

गाउँपालिकालाई संयुक्तरूपमा जग्गा दान

आइतबार, ११ चैत २०७४

संखुवासभाको शिलिचोङ गाउँपालिकालाई कार्यालय सञ्चालनका लागी २० रोपनी जग्गा निशुल्क प्राप्त भएको छ। गाउँपालिका सञ्चालनका लागी स्थानीय ५ जनाले निशुल्क रूपमा जग्गा दान गरेका हुन्।

घुस लिएका २ प्रहरी निलम्बित

बुधबार, ०७ चैत २०७४

संखुवासभाका २ प्रहरी जवान निलम्बनमा परेका छन्। दुर्र्लभ वन्यजन्तु सालकको खपेटा चोरीमा संलग्न एक व्यक्तिबाट १ लाख घुस सहित पक्राउ परेका प्रकाश कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरिएको हो।

मजदुरले ६ महिनादेखि ज्याला पाएनन्

मङ्गलबार, ०६ चैत २०७४

अरुण तेस्रो प्रवेश मार्गमा कार्यरत मजदुरले ज्याला नपाएको भन्दै काम गर्न छाडेका छन् । लुम्बिनी, एमके सिंह एन्ड ब्रदर्स जेभीले ६ महिनादेखि सडक मार्गमा काम गरेको ज्याला नदिएको भन्दै उनीहरुले काम छाडेका हुन्।

ठेक्का प्रकृया रोकेर समितिद्वारा निर्माण सुरु

सोमबार, ०५ चैत २०७४

संखुवासभाको शिलिचोङ गाउँपालिकाले ठेक्का प्रकृयालाई खारेज गर्दै उपभोक्ता समिति मार्फत विकास निर्माण तथा भौतिक योजनाका कार्यहरु सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले निर्माण कार्यविधि बनाएर उपभोक्ता समिति मार्फत विकासे कार्यहरु गर्ने निर्णय गरेको हो।

भूकम्पले क्षति पुर्याएको घरमा आगलागी

सोमबार, ०५ चैत २०७४

संखुवासभाको सभापोखरी गाउँपालिका ६ खोक्राङ स्थित एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बढीको क्षति भएको छ।  शनिबार दिउँसो बद्धिमान मगरको घरमा आगलागी भएपछि १३ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।