शुष्मा बराली

फेसनको बदलिँदो ट्रेन्ड

सोमबार, ०७ जेठ २०७५

पुल्चोक स्थित ए एन्ड ए फेसन स्टुडियोकी डिजाइनर हुन्, अरुण जोशी । अरुणको न्युरोड स्थित पुल्चोकमा ब्रान्च खोलेको आठ महिना भएको छ । न्युरोडमा रहेको बुटिकमा पार्किङको समस्या भएकाले पुल्चोकमा नँया स्टुडियो खोलेको उनी बताउँछिन् ।

वाह !! आलु चिप्स्

शुक्रबार, ०४ जेठ २०७५

पाटनढोकानजिकै एउटा पोखरी छ, पिमबहाल पानीपोखरी । पोखरीको नजिकै एउटा सानो गल्ली छ, जहाँ ठेलामा पानीपुरी, तरकारी बेच्ने, मकै पोल्नेहरू आफ्नो काममा व्यस्त रहेको देख्न सकिन्छ । कुमारीपाटी निस्कने बाटो नपुग्दै एउटा गल्ली आउँछ । गल्लीमा लस्करै पसल छन् । ती पसलमध्ये एउटामा बोर्ड झुन्ड्याइएको छ– भेरिअस् भेराइटिज् अफ् चिप्स्।

गर्मीमा सोडा

शुक्रबार, २८ बैशाख २०७५

कोही छहारीमा राखिएको कुर्सीमा बसिरहेका थिए भने कोही ठूला गिलासमा सोडा पिउँदै थिए । ठेलामा मिलाएर राखिएका सोडाका बोतल अनि बोतलमाथि मिलाएर राखिएका कागतीका दाना, यो दृश्य निकै सुन्दर देखिन्थ्यो । ठूलो छातामुनि सजाएर राखिएको ठेलामा हेर्दाहेर्दै मानिसको भीड बढ्यो, ठेलावाला ग्राहकको स्वाद अनुसारको सोडा बनाउन व्यस्त भए भने उनकी श्रीमती गिलासमा भरिएको सोडा ग्राहकलाई दिँदै थिइन्।

स्विमिङ वेयरको ट्रेन्ड

सोमबार, २४ बैशाख २०७५

गर्मी याम सुरुवातसँगै पानीमा रमाउनेको जमात बढ्दो छ । बिदाको समय मिलाएर स्विमिङ पुलमा रमाउन जाने युवा मात्र छैनन्, बच्चादेखि पाकासम्म छन्।

अनि, आँखा चिम्लेर हाम फाले

शनिबार, २२ बैशाख २०७५

२०७४ चैत सकिन केही दिन बाँकी रहँदा नयाँ वर्षको सेलिब्रेसन कसरी गर्ने भन्ने दोधारमा थिएँ। के गर्ने र कहाँ जाने भन्ने निक्र्याैल गर्न सकेको थिएन। अचानक मेरो दिमागमा आइडिया फुर्याे– बन्जी जम्फ गर्ने।

अनलाइन फुड मोह

शुक्रबार, २१ बैशाख २०७५

सहरवासीको मन पर्ने खानाको परिकार हो मम । अनलाइनमा मगाइने खानाका परिकार मध्य ममको बढी रहेको छ। पुल्चोककी निता रार्ईले अनलाइन फुड मगाएर खान सुरु गरेको एक बर्ष भन्दा बढी भैसक्यो । निता एक गैर संस्थामा कार्यरत छिन्।

जिम वेयरको जमाना

सोमबार, १७ बैशाख २०७५

साँझको समय, दिन भरिको काम सकेर केहि जमात युवाटोली कुमारीपाटीस्थित फिटनेस सेन्टर धाउँछन्। चिसो मौसममा भन्दा गर्मी मौसममा जिम क्लब धाउनेहरुको संख्या बढी देखिन्छ । आकर्षक शरिर होस् भन्ने चहाना कस्को पो हुदैन र महिला होस् या पुरुष शारिरक बनावटमा ध्यान दिएको पाइन्छ।

टिपटपमा भीड

शुक्रबार, १४ बैशाख २०७५

न्युरोड, विशाल बजारबाट पछाडि मोडिएपछि एउटा सानो गल्ली आउँछ । गल्लीभित्र छिरेपछि देखिन्छ, सौगात स्विट्स ।गत बुधबार त्यहाँ पुग्दा ग्राहक खचाखच भरिएका थिए । रातो टिसर्ट र सेतो तथा लाम्चो टोपी लगाएका कर्मचारीहरू ग्राहकलाई रोजाइअनुसार समोसा, पानीपुरी, मिठाइ, जेरीलगायत परिकार ‘सर्भ’ गर्दै थिए।

युवतीको राेजाइ जम्पसुट

सोमबार, १० बैशाख २०७५

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू पूरै झकिझकाउ छन्।

म्युजिकल्ली मोह

शनिबार, ०८ बैशाख २०७५

म्युजिकल डट ली एप अर्थात बोलीचालीको भाषामा म्युजिकल्ली, बच्चादेखि वृद्धसम्मको प्रिय एप भएको छ । आफू आफैसँग एक्टिङ गरेर हरेकको हातमा ग्याजेट, ग्याजेटमा म्युजिकल्ली एप नभएको कमै भेटिन्छ । म्युजिकल डट ली एपमा एक्टिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने त ट्रेन्ड नै चलेको छ अचेल।

चलनचल्तीमा लेहेंगा

सोमबार, ०३ बैशाख २०७५

पहिलेपहिले विवाहमा दुलहीको पहिरन सारी चोलो हुने गथ्र्याे । तर, हिजोआज सारीको ठाउँ लिएको छ, लेहेंगा । विवाहको मुहूर्त तथा विवाह पार्टीमासमेत विभिन्न खालका लेहेंगा चलाउने चलन बढ्दो देखिन्छ । बेहुली मात्र होइन, विवाह भोजका निम्तालुको पार्टी वेयरसमेत बनेको छ लेहेंगा।

फेरिँदै नयाँ वर्षको चलन

शनिबार, ०१ बैशाख २०७५

पुल्चोक इन्जिनियर क्याम्पसमा तेस्रो वर्षको परीक्षा दिएर बसेका दीपेन्द्र ठाकुर आगामी नयाँ वर्ष फरक तरिकाले मनाउने योजनामा छन्। यसअघिका नयाँ वर्षमा परीक्षा परेकाले राम्रोसँग मनाउन नपाएका उनी यसपाली भने काठमाडौंको वृद्धाश्रम र अनाथआश्रमका सदस्यहरूसँग बिताउने निर्णय गरेका छन्।

सदाबहार सारी

सोमबार, २६ चैत २०७४

धार्मिक पूजादेखि स्कुल तथा कलेजका कार्यक्रमको पहिरन हो, सारी । त्यसैले यो नारीको सदाबहार फेसन बनेको छ । चिसो मौसमको अन्त्यसँगै सारीको मौसम सुरु भएको छ । गर्मी बढेसँगै सारी लगाउनेको संख्या बढेको व्यापारी बताउँछन् । बजारमा गर्मी सिजनको सुरुवातसँगै सारीका विभिन्न डिजाइन र फेसनको ट्रेन्ड बढ्दो देखिन्छ।

जसका लागि आरक्षण, उनैले पाउँदैनन् सिट

शनिबार, २४ चैत २०७४

केही दिनअघि भैंसेपाटी–रत्नपार्कको गाडीमा गोपाल खड्का (६१) सकिनसकी उभिएका थिए। अग्ला कदका खड्काको असहजता सजिलै अनुमान गर्न सकिन्थ्यो।

बिबिए सकेर टिमुरको अचार व्यापार

शुक्रबार, २३ चैत २०७४

भृकुटीमण्डपमा अहिले स्वदेशी जुत्ता प्रदर्शनी चलिरहेको छ । त्यसकारण पनि भृकुटीमण्डपमा मानिसको आउजाउ बाक्लै देखिन्छ।

युनिसेक्सको याम

सोमबार, १९ चैत २०७४

सोनु योञ्जनको रोजाइमा पर्छ, युनिसेक्स फेसन । उनी प्रायः युनिसेक्स जुत्ता, हुड, टिसर्ट, क्याप र ब्यागमा सजिएकी हुन्छिन्।

आत्मनिर्भर बन्दै महिला

शनिबार, १७ चैत २०७४

नवलपरासीकी कल्पुकुमारी चौधरीले पटेरको काम थालेको ९ वर्ष पुगेको छ। सुरुमा घरबाटै पटेरका सामग्री बनाउन थालेकी उनले अहिले भने उद्योग नै चलाएकी छन्। उनले कुर्सी, गिलास, मुडालगायत सामग्रीलाई पटेरबाट कभर गर्छिन्।

संगीतबाट समाज बदल्ने सपना

शनिबार, १७ चैत २०७४

हाम्रो समाजमा गीत–संगीत क्षेत्रमा लाग्ने महिलालाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन। गला र कला भएका कतिपय महिला अझै पनि नेपाली समाजको पुरातन सोच चिरेर बाहिर निस्कन सकिरहेका छैनन्।

हराउँदै छन् अारन

शुक्रबार, १६ चैत २०७४

नुवाकोटका तुलबहादुर विकले जतिबेला आरनको काम सुरु गरे, त्यतिबेला उनी ९ वर्षका थिए । अहिले उनको उमेर ६० वर्ष पुगेको छ । ‘आरनमा काम गर्दै जिन्दगी बिताए, अहिले छोराले आरनकै व्यवसाय गर्दैछ,’ उनले भने ।उनले आरनमा काम थालेको पाँच दशकभन्दा बढी भइसकेको छ । यो अवधिमा काम गर्ने तरिका र लेनदेनमा धेरै उथुलपुथल भएको उनी बताउँछन्।

गर्मीमा आउटर ट्रेन्ड

सोमबार, १२ चैत २०७४

हिउँदका बाक्ला ज्याकेट थन्किँदै गर्दा राजधानीका पसल पातला आउटर वेयरले भरिन थालेका छन् । बजारमा थरिथरि आउटर आउटफिटमा ठाँठिने पनि देखिन थालेका छन् । त्यस्तै आउटरको खोजीमा स्टोर चहार्ने पनि बढेको व्यवसायी बताउँछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।