नागरिक संवाददाता

काभ्रेको नागिडाँडामा विमानस्थल बनाउन सुझाव

आइतबार, ०६ जेठ २०७५

सरकारले गठन गरेको एक प्राविधिक अध्ययन सुझाव समूहले काभ्रेको बनेपा नगरपालिकास्थित नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन पेस गरेको छ।

आफ्नालाई मात्र उखुको भुक्तानी

आइतबार, ०६ जेठ २०७५

सरकारले उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योगीलाई कारबाही गर्ने घोषणा गरे पनि किसानले अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् । केही चिनी मिल बाहेक अधिकांशले अहिलेसम्म किसानको भुक्तानी दिन अटेर गरिरहेका छन्।

ब्रोकरबाटै सेयर धितोमा ऋण

आइतबार, ०६ जेठ २०७५

सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने कार्यविधि धितोपत्र बोर्डले पारित गरेपछि लगानीकर्ता बैंकसम्म पुग्नु नपर्ने भएको हो।

सरुवाले पुनर्निर्माण प्राधिकरणमा तरंग

आइतबार, ०६ जेठ २०७५

सरकारले पुराना कर्मचारीको धमाधम सरुवा गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा तरंग फैलिएको छ।

एआइजी नबनाई डिआइजीमै सरुवा

आइतबार, ०६ जेठ २०७५

सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) मा बढुवा नगरी एआइजीकै दावेदार रहेका डिआइजीलाई सरुवा गरेको छ।

भारतीय फिल्ड अफिस हटाउँछौं : ओली

आइतबार, ०६ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित भारतीय फिल्ड अफिस चाँडै हटाइने बताएका छन्।

सखुवासहित पक्राउ

शनिबार, ०५ जेठ २०७५

चुलाचुली गाउँपालिकाबाट सखुवाको काठ र गोलियासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

भरुवा बन्दुकसहित ५ पक्राउ

शुक्रबार, ०४ जेठ २०७५

प्रहरीले इलामको चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ।

पर्खालले किच्दा बालकको मृत्यु

शुक्रबार, ०४ जेठ २०७५

पुललाई संरक्षण गर्न बनाएको पर्खाल लड्दा पौडी खेल्दै गरेका सुनसरी रामधुनीका एक बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ।

भलपानी कक्षा कोठामा छिर्दा पठन–पाठन प्रभावित

मङ्गलबार, ०१ जेठ २०७५

वर्षाको भलपानी कक्षा कोठामा छिर्दा खोटाङको लिच्कीराम्चेस्थित भानु आधारभुत विद्यालयको पठन–पाठन प्रभावित भएको छ।

ज्यान मुद्दामा फरार १७ बर्षपछि पक्राउ

आइतबार, ३० बैशाख २०७५

कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेका ७४ बर्षीय एक वृद्ध घटना भएको १७ बर्षपछि पक्राउ परेका छन्। फरारको सूचीमा रहेका तुमेवा गाउँपालिका–५ हाङगुमका धनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

किरात राई पत्रकार संघको अध्यक्षमा भीम

आइतबार, ३० बैशाख २०७५

किरात राई पत्रकार संघ केन्द्रीय समितिको अध्यक्षमा भीम राई निर्वाचित भएका छन्।

जेसिकालाई दोहोरो उपाधि

आइतबार, ३० बैशाख २०७५

झापाकी जेसिका गुरुङले इटहरीमा भएको सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधि जितेकी छन्।

आगलागी हुँदा तीन दाजुभाईको परिवार विस्थापित

शुक्रबार, २८ बैशाख २०७५

आगलागी हुँदा खोटाङमा एकै घरमा बस्दै आएका तीन दाजुभाईको परिवार विस्थापित भएका छन्।

डिएफसीको विजयी सुरूवात

बिहिबार, २७ बैशाख २०७५

खोटाङमा सुरु अनुप स्मृति गोल्डकपको दोस्रो संस्करणमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) ले विजयी सुरूवात गरेको छ।

मुलुकले राम्रो नेतृत्व पाउनै सकेन : कांग्रेस नेता भण्डारी

बुधबार, २६ बैशाख २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले मुलकले अहिलेसम्म राम्रो नेतृत्व पाउन नसकेको बताएका छन्।  बुधबार रामेछापको मन्थलीमा पत्रकारहरुसँगको भेटमा नेता भण्डारीले मुलुकमा धैरे नेतृत्वहरु आएको तर प्रभावकारी काम गर्न सक्ने नेतृत्व नै राम्रो आउन नसक्नुको परिणाम भएको टिप्पणी गरे।

नचिनेको व्यक्तिलाई लोग्ने कायम मुद्दाः बरिष्ठ अधिवक्ता पनि तानिदैं

मङ्गलबार, २५ बैशाख २०७५

चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्का काजमा न्याय परिषद्मा तानिएलगत्तै नेपाल बार काउन्सिलबाट एक बरिष्ठ अधिवक्ता समेत अनुसन्धानका लागि तानिदैंछन्।

अज्ञात समूहद्वारा चर्चमा आगजनी

आइतबार, २३ बैशाख २०७५

कोहलपुर नगरपालिका १० स्थित रामनगरमा रहेको एक चर्चमा आगलागी भएको छ। जीवन ज्योति विद्यालय नजिकै रहेको चर्चमा शुक्रबार राति आगलागी भएको हो।

नहरमा डुवेर एक वृद्धको मृत्यु

बिहिबार, १३ बैशाख २०७५

नुवाकोटमा सञ्चालित देवीघाट जलविद्युत गृहको लागि पानी ल्याइएको नहरमा डुवेर एक वृद्धको मृत्यु भएको छ।

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

मङ्गलबार, ११ बैशाख २०७५

अज्ञात समूहद्धारा पाल्पामा एक एक्साभेटरमा सोमबार राती आगजनी भएको छ।