नागरिक

नागरिक

दीपक मनाङ्गे स्वयम्भुबाट पक्राउ

बिहिबार, ०६ बैशाख २०७५

गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

बिहिबार, ०६ बैशाख २०७५

बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई एक पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो।

आफ्नै नातिनी बलात्कार गर्नेलाई ९ वर्ष कैंद

बिहिबार, ०६ बैशाख २०७५

जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न दोषीलाई ९ वर्ष कैंद सजाय तोकेको छ। आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबा भोलाकुमार (परिवर्तित नाम) लाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको हो।

पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

बिहिबार, ०६ बैशाख २०७५

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो।

पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

बिहिबार, ०६ बैशाख २०७५

नेकपा(एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ।

सैनिक अभ्यासको निरीक्षणमा प्रधानसेनापति

बिहिबार, ०६ बैशाख २०७५

प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हे.क्वा.मा सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गरेका छन्। विहीबार उनले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, फिल्ड ट्रेनिङ्ग अभ्यासमा सहभागी भएका शिक्षार्थीद्वारा प्रस्तुत प्रदर्शनीको अवलोकन लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै अभ्यासमा भाग लिने फौजलाई सम्बोधन गरेका थिए।

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

बिहिबार, ०६ बैशाख २०७५

नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ। ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो।

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

बिहिबार, ०६ बैशाख २०७५

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् विहीबार बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

‘सभापतिको विरोध गर्नेहरूको पार्टीभित्र खैरियत छैन्’

बिहिबार, ०६ बैशाख २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन्।

चोरीधन्दामा संलग्न फुटबलर श्रेष्ठसहित २ पक्राउ

बिहिबार, ०६ बैशाख २०७५

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीधन्दामा संलग्न फुटबलरलाई पक्राउ गरेको छ। केही समयअघि म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टिमका कप्तानसहित केही खेलाडीमाथि मुद्दा चलेको घटना सेलाउन नपाउँदै प्रहरीले चोरी धन्दामा संलग्न भएको आरोपमा ए डिभिजनको सरस्वती क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठलाई विहीबार कपनबाट पक्राउ गरेको हो।

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

बिहिबार, ०६ बैशाख २०७५

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त निर्माणमा बनेको उक्त फिल्मको विहीबार टिजर सार्वजनिक गरिएको हो।

‘कोही सुध्रन सक्दैनन् भने साफ पार्छु’

बिहिबार, ०६ बैशाख २०७५

सत्ताधारी दलका नेताको आकांक्षा, प्रहरी संगठनको सुदृढीकरण र संघीय संरचनाको कार्यान्वयनको जोखिम बोकेर आइजिपीको कुर्सीमा पुगेका सर्वेन्द्रकाे आइजिपीको एक साताको अनुभव, लक्ष्य र योजनाबारे शुक्रवारकर्मी केपी ढुंगानाले गरेको अन्तरंग कुराकानी ।

शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन

बिहिबार, ०६ बैशाख २०७५

कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ।

सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

बिहिबार, ०६ बैशाख २०७५

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वगत गरेको छ।

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिदै

बिहिबार, ०६ बैशाख २०७५

सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ।

हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

बिहिबार, ०६ बैशाख २०७५

हलेसी तुवाचुङ नगरपालिकाले करिव ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ।

न्यायको खोजीमा धनमाया

बिहिबार, ०६ बैशाख २०७५

वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ। पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उनको परिवारले घरबाट निकालेको हो।

आठराईमा डिप बोरिङबाट खानेपानी निकाल्न शुरु

बिहिबार, ०६ बैशाख २०७५

खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ।  गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट आज बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो। बोरिङ गर्न शुरु गरेको दुई घण्टामै पानीको पहिलो सतह भेटिएको छ। काठमाडौँमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्ययन गरी बोरिङको काम शुरु गरेको हो ।

गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

बिहिबार, ०६ बैशाख २०७५

रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा गुमनाम रहेको छ।

अन्तर्राष्ट्रिय अपराध कम गर्न 'अपरेशन मन्डला'

बिहिबार, ०६ बैशाख २०७५

इन्टरपोलबाट प्राप्त सूचनाको आधारमा अन्तर्राष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्य सहित तयार गरिएको अपरेशन मन्डला कार्यक्रम शुरु भएको छ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दबाट मंगलबार उक्त कार्यक्रमको शुभारम्भ भएको छ।