नागरिक

नागरिक

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

शुक्रबार, ०४ जेठ २०७५

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्। आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार शुक्रबारमात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन्।

पूर्व राजालाई गणतन्त्र दिवस मनाउने समितिमा बस्न भन्छु : प्रधानमन्त्री

शुक्रबार, ०४ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूलसमारोह समितिमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई समेत समावेश गर्न आवश्यक रहेको भन्दै अर्को वर्षको दिवसका लागि आफूले पूर्व राजासँग समेत कुरा गर्ने बताएका छन्।

करोड क्लवमा ओलीको ह्याट्रिक

शुक्रबार, ०४ जेठ २०७५

गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो।

कोहलीलाई जादू देखाएका सन्दिपले आज धोनीविरुद्ध बलिङ गर्ने

शुक्रबार, ०४ जेठ २०७५

मे १२ मा विराट कोहलीको रोयल च्यालेन्जर बेंग्लोर विरुद्ध डेब्यू बलिङ गरेर चर्चा बटुलेका सन्दिपले आज महेन्द्र सिंह धोनीको चेन्नइ सुपरकिंग्स विरुद्ध पनि आफ्नो बलिङ कला देखाउने अवसर पाएका छन् ।

चितवनका कुखुरामा बर्डफ्लु देखियो

शुक्रबार, ०४ जेठ २०७५

चितवनमा बर्डफ्लु देखापरेको छ। खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो।

भागबण्डाको एकता धेरै दिन टिक्दैन : बिजुक्छे

शुक्रबार, ०४ जेठ २०७५

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएकोले धेरै दिन नटिक्ने दावी गरेका छन्।

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि : अर्थमन्त्री

शुक्रबार, ०४ जेठ २०७५

अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताएका छन्।

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

शुक्रबार, ०४ जेठ २०७५

दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

काफल बेचेर कापी कलम

शुक्रबार, ०४ जेठ २०७५

सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन्।

उमेर पचपन, पहिरन बचपन

शुक्रबार, ०४ जेठ २०७५

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन् । केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन् । १६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ । उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको ।

संरक्षण हुन नसक्दा चितुवाको संख्यामा ह्रास

शुक्रबार, ०४ जेठ २०७५

बिरालो प्रजातिको महत्वपूर्ण जनावर चितुवा संरक्षण हुन नसक्दा यसको संख्या घट्दै गएको अनुमान गरिएको छ। संरक्षण नभए बाघ झैं चितुवाको संख्या पनि घट्दै गएर दुर्लभ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

करेन्ट लागेर युवकको मृत्यु

शुक्रबार, ०४ जेठ २०७५

मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

सरकारलाई सभामुखको ध्यानाकर्षण

शुक्रबार, ०४ जेठ २०७५

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

जापानले ६८ करोड उपलब्ध गराउने

शुक्रबार, ०४ जेठ २०७५

जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

प्राध्यापक झा नागरिक दूत नियुक्त

शुक्रबार, ०४ जेठ २०७५

चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा. राजिवकुमार झालाई नागरिक दूत नियुक्त गरेको छ।

स्काउटको महाकुम्भ हुँदै

शुक्रबार, ०४ जेठ २०७५

नेपाल स्काउटले स्काउटको महाकुम्भ मानिने ज्याम्बोरी गर्ने भएको छ। जेठ १६ गतेदेखि २१ गतेसम्म ज्याम्बोरी गर्न लागेको स्काउटले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

स्काउटको महाकुम्भ हुँदै

शुक्रबार, ०४ जेठ २०७५

नेपाल स्काउटले स्काउटको महाकुम्भ मानिने ज्याम्बोरी गर्ने भएको छ। जेठ १६ गतेदेखि २१ गतेसम्म ज्याम्बोरी गर्न लागेको स्काउटले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

शुक्रबार, ०४ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

विवाहको १० लाख शैक्षिक अभियानलार्इ अनुदान

शुक्रबार, ०४ जेठ २०७५

अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग गरेका छन्।करिब १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानका लागि उक्त रकम सहयोग गरेका हुन्।

विश्वकपका लागी फ्रान्सेली टोलीको घोषणा, मार्सियल र लाकाजेटी टाेलीमा स्थान बनाउन असफल

शुक्रबार, ०४ जेठ २०७५

फुटबलको महाकुम्भ विश्वकप अर्को महिना सुरु हुँदैछ। रुसमा हुने विश्वकपका लागि सहभागी सबै देशले तयारी तीब्र बनाइरहेका छन्।