नागरिक

नागरिक

प्रभु बैंकको १६औं सभा

शुक्रबार, ११ जेठ २०७५

प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सभा भएको हो।

नेपाल वित्तीय संस्था संघको २२औं साधारण सभा

शुक्रबार, ११ जेठ २०७५

नेपाल वित्तीय संस्था संघको २२औं वार्षिक साधारण सभा भएको छ । सभामा संघका महासचिव अनिल श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिनेशलाल श्रेष्ठले आव २०७३-७४ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले सबै प्रतिवेदन पारित गरेको छ।

मुक्तिनाथ र महालक्ष्मी विकास बैंकमा गरिमा रेमिट

शुक्रबार, ११ जेठ २०७५

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएका छन्।गरिमा रेमिट सञ्चालनका लागि गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र महालक्ष्मी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।मुक्तिनाथसँगको सम्झौतापत्रमा नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र मुक्तिनाथका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेको गरिमाले जनाएको छ ।

एसियन लाइफ–कैलाश बैंकासुरेन्स सम्झौता

शुक्रबार, ११ जेठ २०७५

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ।

प्रतिपक्षीको आलोचनामाथि सत्तापक्षको प्रतिरक्षा

शुक्रबार, ११ जेठ २०७५

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले आलोचना र सत्तारुढ दलका सांसदले प्रतिरक्षा गर्ने क्रम जारी छ। बुधवारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तापक्षीय दलका सांसदले समर्थन गर्दै छुटेका विषयलाई बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए भने प्रतिपक्षी दलका विकास र कार्यान्वयनमा स्पष्ट खाका आउन नसकेको भन्दै आलोचना गरेका हुन्।

आमाको काखमा बसेर भीमरथारोहण

शुक्रबार, ११ जेठ २०७५

“आमा !” यो शब्दको महिमा अपरम्पार छ । यस शब्दको भेउ आजसम्म कुनै विद्वान्ले पाउन सकेको छैन । तर एउटा कुरा निश्चित छ – त्यो हो आमा ममताको अपार खानी हो । जहाँ कहिल्यै पनि ममताको कमी हुँदैन ।प्रसंग हो – ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँ बस्ने लक्ष्मीबहादुर मल्ल र इन्द्रमाया मल्लको भीमरथारोहणको।

नेकपाद्वारा दल दर्ताका लागि हस्ताक्षर संकलन

शुक्रबार, ११ जेठ २०७५

नेपाल कम्युनिष्ट(नेकपा)ले निर्वाचन आयोगका दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर र नागरिकता संकलन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह अनौपचारिक बैठकमा आयोजना गरेर हस्ताक्षर र नागरिकताका संकलग्न गरिएको थियो।

समुदायले उग्रचण्डी मन्दिर जीर्णोद्धार

शुक्रबार, ११ जेठ २०७५

ललितपुर पुल्चोकको उग्रचण्डी मन्दिर समुदायकै पहलमा पुनर्निर्माण सुरु भएको छ । समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले भूकम्पले क्षति भएको तीन वर्ष बितिसक्दा पनि अन्य निकायले चासो नदिएकाले समुदायकै सहयोगमा बिहीबारदेखि मन्दिर पुनर्निर्माण थालिएको बताए।

‘सहरमा मनलाग्दी छ’

शुक्रबार, ११ जेठ २०७५

मलाई मनपर्ने सहर बनेकै छैन जस्तो लाग्छ । हाम्रो देशमा सुन्दर र सफा सहरको अभाव छ । काठमाडौं र अन्य सहर सबै अस्तव्यस्त भएका छन् । सहरभित्र शान्त, शितल र मनोरम ठाउँ पाउन मुस्किल छ । म जुन सहरमा पुगे पनि बेस्सरी रमाउँछु । त्यो सहरमा हावापानीसँग घुलमिल हुन्छु । तर, मैले सोचेको सहर योभन्दा व्यवस्थित र शान्त छ।

कानुनी सल्लाहकारसँग समन्वय गरेर मुद्दाकाे किनारा लगाइरहेका छाैं

शुक्रबार, ११ जेठ २०७५

जनप्रतिनिधी भएर आएसँगै नगर क्षेत्रमा थुप्रै काम गरेका छौं । नगरपरिषदबाट पारित भएका योजना धमाधम सम्पन्न हुने क्रममा रहेका छन् । वडा कार्यालयले उपभोक्ता समिति गठन गरेर आफ्ना क्षेत्रमा विकास निर्माणको कामलाई तिव्रता दिइराखेका छन् । नगरपालिकासँग अति नै सीमित स्रोतसाधन रहेका छन् ।

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

बिहिबार, १० जेठ २०७५

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्।

दुर्गममा चार्टर उडान बन्द, नयाँ हवाइ भाडादर तोकियो

बिहिबार, १० जेठ २०७५

नेपाल सरकारले चार्टर उडान बन्द गर्दै दुर्गम क्षेत्रको नयाँ हवाइ भाडादर तोकेको छ। मन्त्रीस्तरको निर्णयले बिहीबारदेखि दुर्गम तथा कर्णाली क्षेत्रमा संचालन हुने चार्टर उडान खारेजी गरेको नेपालगन्जस्थित नागरिक उडडयन प्राधिकरणले बताएको छ।

विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

बिहिबार, १० जेठ २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ।

स्कुटरलार्इ ठक्कर दिएर फरार टिपर चालक पक्राउ

बिहिबार, १० जेठ २०७५

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलासेमा बुधबार ठक्कर दिई भागेका टिपर चालक पक्राउ परेका छन्।

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

बिहिबार, १० जेठ २०७५

सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्।

ग्राहक योजनाका विजेतालाई स्कुटर

बिहिबार, १० जेठ २०७५

नेपाल रिपब्लिक मिडियाको प्रकाशन नागरिक दैनिकले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार शीर्षकको ग्राहक योजनामा श्री आर्यान वाईन सप, मुलपानी विजेता बनेको छ । यो योजना अन्तर्गत अन्तिम महिनाको मासिक विजेता बनेको आर्यान वाईन सपले अप्रिला स्कुटर प्राप्त गरेको छ।

‘सरकार सर्वसत्तावाद कायम गर्न उन्मुख छ’

बिहिबार, १० जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन्।

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

बिहिबार, १० जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण, हिन्दू राष्ट्रको पूनर्स्थापना, प्रजातन्त्रको सुदृढिकरणका लागि प्रजातान्त्रिक शक्तिबीच एकता अनिवार्य आवश्यक रहेको बताएका छन्।

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

बिहिबार, १० जेठ २०७५

बुद्ध एयरले जेठ १८ गतेबाट दैनिक विराटनगर – काठमाडौँ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ । जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछ।

सुन्दा राम्रो, कार्यान्वयन कठिन: शंकर शर्मा

बिहिबार, १० जेठ २०७५

अर्थविद् डा. शंकर शर्माले सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो भए पनि कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । नीति तथा कार्यक्रममार्फत् समृद्धिको लक्ष्य पेश गरे पनि कार्यान्वयनका आधारहरु नदेखाइएकाले कार्यान्वयन जटिल हुने बताएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।