नागरिक

नागरिक

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

बिहिबार, १० जेठ २०७५

बुद्ध एयरले जेठ १८ गतेबाट दैनिक विराटनगर – काठमाडौँ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ । जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछ।

सुन्दा राम्रो, कार्यान्वयन कठिन: शंकर शर्मा

बिहिबार, १० जेठ २०७५

अर्थविद् डा. शंकर शर्माले सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो भए पनि कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । नीति तथा कार्यक्रममार्फत् समृद्धिको लक्ष्य पेश गरे पनि कार्यान्वयनका आधारहरु नदेखाइएकाले कार्यान्वयन जटिल हुने बताएका हुन्।

कर्मचारीको क्षमतामाथि अध्ययन

बिहिबार, १० जेठ २०७५

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा सांसदहरुको जोड

बिहिबार, १० जेठ २०७५

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ।

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

बिहिबार, १० जेठ २०७५

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गरे।

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

बिहिबार, १० जेठ २०७५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन्।

नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण

बिहिबार, १० जेठ २०७५

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ। सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ।

दश महिनामा एकानब्बे करोड आम्दानी

बिहिबार, १० जेठ २०७५

भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४- ७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

बिहिबार, १० जेठ २०७५

प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण बिहीबारदेखि भक्तपुरमा शुरु भएको छ। अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना अधिकारी सहभागी छन्।

नवलपुरमा बस दुर्घटना ३२ जना घाइते

बिहिबार, १० जेठ २०७५

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरकाे बस नवलपुरकाे दुम्कीवास नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

नुवाकोटमा नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय

बिहिबार, १० जेठ २०७५

रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ।

साढे तीन वर्षअघि भत्किएको ‘कज्वे’ निर्माण

बिहिबार, १० जेठ २०७५

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका जोड्ने पासाङल्हामु राजमार्गमा साढे तीन वर्ष पहिले भत्किएको कज्वे निर्माण गरिएको छ।

उद्यमीलाई सहायता दिन मेटलाइफ र किभाबीच साझेदारी

बिहिबार, १० जेठ २०७५

मेटलाइफ फाउन्डेसनले विश्वभरका उद्यमीलाई सहायता दिन विश्वव्यापी गैरसरकारी संस्था ‘किभा’सँग साझेदारी गरेको छ ।

लामिछानेलाई यति फ्लोरिङको सम्मान

बिहिबार, १० जेठ २०७५

यति फलोरिङ प्रालिले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाएका सन्दिप लामिछानेलाई सम्मान गरेको छ ।यतिका निर्देशक अनिल केडियाले एक कार्यक्रमबीच एक लाख नगदसहित लामिछानको सम्मान गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

बिहिबार, १० जेठ २०७५

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ।  २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो।

लक्ष्मी बैंकको दुई नयाँ शाखा

बिहिबार, १० जेठ २०७५

लक्ष्मी बैंकले सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा शाख सञ्चालनमा ल्याएकोे छ ।अब लक्ष्मीको शाखा संख्या ८४ पुगेको छ । यसबाहेक, तीन हस्पिटल सेवा काउन्टर, एक सय एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा रहेको बैंकले जनाएको छ ।आव ०७३÷७४ मा बैंकले ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्याएको जनाएको छ । यस बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ ।

जनता बैंकले पाँच शाखा थप्यो

बिहिबार, १० जेठ २०७५

जनता बैंकले एकै दिन ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले देशका विभिन्न पाँच ठाउँमा शाखा खोलेर कारोबार सुरु गरेको जनाएको छ।

विश्वकप फुटबल हेर्न टिभिसी

बिहिबार, १० जेठ २०७५

कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोबल टिभिसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृश्य समावेश गरिएको छ।

तनहूमा ज्वरो र रुघाखोकीका बिरामी बढे

बिहिबार, १० जेठ २०७५

केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ।  मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताए। जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उनले दिए। भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उनले बताए।

‘जाइरा’मा खेलाडी नम्रता

बिहिबार, १० जेठ २०७५

अभिनेत्री नम्रता श्रेष्ठ फिल्ममा प्रायः प्रेमिकाका रुपमा देखिन्छिन् । फिल्म ‘क्लासिक’मा दृष्टिविहिन भूमिका होस् या थ्रिलर फ्लेबरको ‘पर्व’मा होस् उनको चरित्र प्रेमिकाकै थियो । तर नयाँ फिल्म ‘जाइरा’मा भने उनलाई मार्शल आर्ट खेलाडीको भूमिकामा देख्न सकिन्छ।