नागरिक

नागरिक

हिमालयन बैंकको बाल सुधार संघलाई सहयोग

बुधबार, ०९ जेठ २०७५

हिमालयन बैंक लिमिटेडले बूढानीलकण्ठ नगरपालिकास्थित नाथ असहाय बाल सुधार संघलाई ७५ हजार बराबरको पाँच थान दुईतले खाट प्रदान गरेको छ।

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने

बुधबार, ०९ जेठ २०७५

मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकले इन्टरनेटबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई नविनतम सुविधा थप्दै जाने क्रममा बैंकले स्वदेशी तथा विदेशी नागरिकलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको जनाएको छ।

टेलिकमका ग्राहक करोडभन्दा बढी

बुधबार, ०९ जेठ २०७५

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता संख्या एक करोड नाघेको छ । कम्पनीले हालै सार्वजनिक गरेको २०७४ चैतको एमआइएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन्।

पर्यटन विकासका लागि योजना बनाउँदै प्रदेश सरकार

मङ्गलबार, ०८ जेठ २०७५

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन विकासका लागि प्रदेश सरकार योजना बनाइरहेको बताएका छन्।

आइपीएल प्लेअफ : हैदरावादद्वारा चेन्नईसामु १४० रनको लक्ष्य प्रस्तुत

मङ्गलबार, ०८ जेठ २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको पहिलो प्लेअफ खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

थानकोट डिपोमा लकिङ्ग सिस्टम सुरु

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले टैंकट्यांक लकिङ्ग प्रणाली आन्तरिक सुधारको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताएका छन्।

अदालतलाई गुमराहमा राख्ने गोपाल खड्काको प्रयास

मङ्गलबार, ०८ जेठ २०७५

नागरिक दैनिक विरुद्ध रु ८० करोडको मागदावी सहित गाली बेइज्जती मुद्दा हालेका तत्कालिन नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेका छन्।

प्रगतिशील र समाजवादउन्मुख बजेट आउँछ : प्रधानमन्त्री

मङ्गलबार, ०८ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन्।

‘फिल गुड’ पानीमा किरा भेटियो

मङ्गलबार, ०८ जेठ २०७५

पिउन योग्य पानी भन्दै बजारमा बिक्रीवितरण हुदै उपभोक्ताको घरमा पुगेको ‘फिल गुड’ नामक ब्राण्डको जारको पानीमा किरा भेटिएको छ।

क्यासिनोमा जुवा खेल्ने र खेलाउने पक्राउ

मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-६ टुसाल बस्ने ६६ बर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

मङ्गलबार, ०८ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किएका छन्।

कांग्रेस नेताको प्रश्न– ‘१० वर्षभित्र मध्यम आय मुलुक बनाउने आधार के ?

मङ्गलबार, ०८ जेठ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। उनले भने, ‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५÷१० वर्षे कार्यक्रमहरु देखिएको छ।’

महानिर्देशक भट्टराईलाई सरुवा गरेको होइन : यातायात मन्त्री महासेठ

मङ्गलबार, ०८ जेठ २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको दाबी गरेका छन्।

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ।

सगरमाथाबाट फर्किने क्रममा आरोहीको मृत्यु

मङ्गलबार, ०८ जेठ २०७५

सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ।

जोशी पाटाको ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्ष

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्षमा सर्वसहमत चयन भएका  छन् ।

विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतकाे घोषणा

मङ्गलबार, ०८ जेठ २०७५

भारतले विराटनगरमा रहेको फिल्ड अफिस बन्द गराउने घोषणा गरेको छ ।

प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

मङ्गलबार, ०८ जेठ २०७५

गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको छ ।

समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा

मङ्गलबार, ०८ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले नारायणगढ-मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन्।

विषादी सेवनबाट दुई मितिनीको मृत्यु

मङ्गलबार, ०८ जेठ २०७५

महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ ।