नागरिक

नागरिक

हिस्सेदारी बराबरी

बिहिबार, ०७ पुष २०७३

सीमित पदहरुमा महिलाको प्रतिनिधित्वले मात्र देशको आधाभन्दा बढी जनसंख्या रहेको महिलाको सुनिश्चतालाई सम्बोधन गर्छ?

दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन फागुनमा

बिहिबार, ०७ पुष २०७३

आगामी फागुनमा काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिसंघ, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपालको आयोजना र विभिन्न सरकारी निकाय, दुई पक्षीय र बहुपक्षीय विकास साझेदारको सहकार्यमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुन लागेको हो।

साउदीका २६ कम्पनी कालो सूचीमा

बिहिबार, ०७ पुष २०७३

सरकारले साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलब भुक्तानी नगर्ने २६ कम्पनीलाई कालोसूचीमा राखेको छ। श्रम तथा रोजगार मन्त्रालयका अनुसार साउदीमा कम्पनीको गैरजिम्मेवारीका कारण नेपाली कामदार अलपत्र पर्ने क्रम बढ्दै गएपछि त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेको हो।

मोबाइलव्यवसाय देशको तेस्रो ठूलो व्यापार

बिहिबार, ०७ पुष २०७३

मोबाइल हेन्डसेट डिजेल, फलामपछिको तेस्रो ठूलो व्यापार भएको क्षेत्र हो। वार्षिक ४० प्रतिशतव्यवसाय वृद्धि भइरहेको अवस्थामा यो वर्ष झन्डै ३६ अर्ब रुपैयाँको कारोबार हुने अनुमानगरिएको छ। यसले देशको राजस्व र उपभोक्ताको जीवनशैलीमै ठूलो प्रभावपार्ने क्षमता राख्छ।

‘पार्टी मास्ने प्रचण्ड,बाबुरामसँग बोलचाल छैन,विप्लवसँग सहकार्य छ’

बिहिबार, ०७ पुष २०७३

‘पार्टी विभाजको दोष प्रचण्डजीले लिनु पर्छ, हाम्रो सोझोपनले पनि पार्टी विभाजनमा केही काम गर्यो, बेलैमा प्रचण्ड, बाबुरामजीको चालबाजी बुझ्न सकिएन।’ बैद्यले भने –‘प्रचण्ड र बाबुरामसँग ‘तात्कालिन माअोवादीको लेगेसी’ अब बचेको छैन, बाबुरामजी हामीबाट निकै टाढा पुग्नु भो, वहासँग त बोलचाल पनि हुँदैन।’

'पर्यटन संघसंस्थामा राजनीतिकरण बढ्दो'

बिहिबार, ०७ पुष २०७३

ट्रेकिङ व्यवसायीहरूले पर्यटन संघसंस्थामा पछिल्लो पटक राजनीतिकरण झन् तीव्र गतिले अगाडि बढेको बताएका छन्। ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना कार्यक्रम मूल्यांकन तथा नयाँ कार्यक्रम तर्जुमा गर्न सदस्यसँग कम्पनीको उपस्थितिमा मंगलबार आयोजना गरेको कार्यक्रममा व्यवसायीले राजनीतिकरणबाट पर्यटन क्षेत्र थप पछाडि धकेलिएको बताएका हुन्।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण गर्न नेपाल र जापानबीच सम्झौता

बिहिबार, ०७ पुष २०७३

नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न नेपाल र जापान सरकारबीच बिहीबार सम्झौता भएको छ। यो नेपालकै पहिलो सुरुङमार्ग हुनेछ।

सेमिफाइनल समीकरण पूरा

बिहिबार, ०७ पुष २०७३

तीन विभागीय टिमसहित मध्यमाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। समूह 'ख' अन्तर्गत बुधबार दुहबी रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेल्दै मध्यमाञ्चल ५ अंकसहित अन्तिम चारमा प्रवेश गरेको हो।

सेमिफाइनल समीकरण पूरा

बिहिबार, ०७ पुष २०७३

तीन विभागीय टिमसहित मध्यमाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। समूह 'ख' अन्तर्गत बुधबार दुहबी रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेल्दै मध्यमाञ्चल ५ अंकसहित अन्तिम चारमा प्रवेश गरेको हो।

विजेतालाई पुरस्कार घोषणा

बिहिबार, ०७ पुष २०७३

नेपाल सितोरियो कराते संघ खोटाङले सातौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा विजयी हुने खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको छ। शुक्रबार सुरु भएर आठ दिनसम्म पूर्वाञ्चलका विभिन्न स्थानमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा जिल्लाका सितोरियो खेलाडीले पदक जिते नगदबाट सम्मानित गर्ने निर्णय गरेको जिल्ला संघका अध्यष संजयकुमार राईले जानकारी गराए।

भार्डेको प्रतिबन्धले लेस्टरलाई धक्का

बिहिबार, ०७ पुष २०७३

स्ट्राइकर जेम्स भार्डेमाथि इङल्यान्ड फुटबल संघ (एफए) ले मंगलबार तीन खेलको प्रतिबन्ध लगाएपछि प्रिमियर लिगमा संघर्ष गरिरहेको साविक विजेता लेस्टर सिटीलाई थप धक्का लागेको छ। लिगमा शनिबार सम्पन्न स्टोक सिटीविरुद्धको खेलमा मध्यान्तरअघि रातो कार्ड दर्शन गर्दै भार्डेले मैदान छोडेका थिए।

बन्द छैन, ढुक्क भएर गाडी चलाउनुस्

बिहिबार, ०७ पुष २०७३

नेत्र विक्रम चन्द नेतृत्वले बन्दको आह्वान गरेपनि आज राजधानीका सडकमा यातायात आवतजावत सामान्य छ। राजधानीमा चल्ने विभिन्न रुटका गाडीहरु सामान्यरुपले चलिरहेको ट्राफिक महाशाखाले जनाएको छ।

सरकारी वकिल सम्मेलन भोलि

बिहिबार, ०७ पुष २०७३

राजधानीमा सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुँदैछ। तीनदिनसम्म हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। सरकारी वकिलले बुधबार पत्रकार सम्मेलन गरी 'प्रभावकारी अभियोजन सुदृढ प्रतिरक्षा, व्यावसायिक सरकारी वकिल हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ संविधानले प्रत्याभूत गरेको मानवअधिकार संरक्षणमा साझा धारणा तय गर्न सम्मेलन गर्न लागिएको जानकारी गराएका हुन्।

'संविधान कार्यान्वयन नभए संकट'

बिहिबार, ०७ पुष २०७३

प्रमुख राजनीतिक दलका नेताहरूले संविधान कार्यान्वयन हुन नसके आन्दोलनबाट प्राप्त उपलब्धि नै संकटमा पर्ने बताएका छन्। महिला नेत्री मंगलादेवी सिंह स्मृति प्रतिष्ठाले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दलका नेताहरूले संविधान कार्यान्वयनका लागि संशोधन जरुरी रहेको पनि औंल्याए।

'संविधान कार्यान्वयन नभए संकट'

बिहिबार, ०७ पुष २०७३

प्रमुख राजनीतिक दलका नेताहरूले संविधान कार्यान्वयन हुन नसके आन्दोलनबाट प्राप्त उपलब्धि नै संकटमा पर्ने बताएका छन्। महिला नेत्री मंगलादेवी सिंह स्मृति प्रतिष्ठाले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दलका नेताहरूले संविधान कार्यान्वयनका लागि संशोधन जरुरी रहेको पनि औंल्याए।

आवश्यक परे सरकार परिवर्तन : मन्त्री नायक

बिहिबार, ०७ पुष २०७३

कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चाका माग सम्बोधन गर्ने अन्तिम विकल्प स्थानीय निकायको निर्वाचन भएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा सहभागी नायकले मधेसी मोर्चा र एमालेलाई आआफ्नो हठ् त्यागेर निर्वाचनको वातावरण सिर्जना गर्नेतर्फ लाग्न आग्रह गरे।

आवश्यक परे सरकार परिवर्तन : मन्त्री नायक

बिहिबार, ०७ पुष २०७३

कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चाका माग सम्बोधन गर्ने अन्तिम विकल्प स्थानीय निकायको निर्वाचन भएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा सहभागी नायकले मधेसी मोर्चा र एमालेलाई आआफ्नो हठ् त्यागेर निर्वाचनको वातावरण सिर्जना गर्नेतर्फ लाग्न आग्रह गरे।

पूर्वराजा ज्ञानेन्द्रकाे कडा राजनीतिक वक्तव्य

बुधबार, ०६ पुष २०७३

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव भेट्ने कार्य असैह्य भएको बताएका छन्। बुधबार साँझ एक विज्ञप्ति जारी गरी पूर्व राजा शाहले नेपालीबीच सामाजिक सद्भाव मेट्ने, तराई, पहाड र हिमालमाझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ती कार्य क्रान्तिकारी, परिवर्तनकारी वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्न प्रयोग रिएको उल्लेख गरेका छन्।

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

बुधबार, ०६ पुष २०७३

‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’

काममा नफर्किए इन्जिनियरलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

बुधबार, ०६ पुष २०७३

भूकम्पपछिको पुनःनिर्माणको काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई काममा फर्किन निर्देशन दिँदै नफर्किए कारवाही गर्ने चेतावनी दिएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलित इन्जिनियर तत्काल काममा नफर्किए कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।