रुवी रौनियार

संघीय पाठ्यक्रम मस्यौदा तयार

बुधबार, ०२ जेठ २०७५

संविधानले व्यवस्था गरे अनुसार प्रारम्भिक बालशिक्षादेखि १२ कक्षा सम्मको शिक्षालाई विद्यालय शिक्षाका रुपमा लिइएको छ। संवैधानिक व्यवस्था र मुलुकको संघीय संरचनाअनुसार विद्यालयस्तरीय पाठ्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौदा सार्वजनिक गरेको छ।

उच्च शिक्षामा अर्बौ लगानी, नतिजा निराशाजनक

आइतबार, ३० बैशाख २०७५

सरकारले उच्च शिक्षामा बर्सेनि साढे आठ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि त्यसको प्रतिफल भने न्यून रहेको पाइएको छ। विश्वविद्यालय अनुदान आयोगका अनुसार ८ अर्बभन्दा बढी लगानी भएको उच्च शिक्षामा वार्षिक विद्यार्थी उतीर्ण प्रतिशत भने २७ भन्दा कम छ।

किन बीचैमा विद्यालय छाड्छन् विद्यार्थीे

शुक्रबार, २८ बैशाख २०७५

त्रिपुरेश्वरस्थित बागमती किनारस्थित सुकुमबासी बस्तीका राजकुमार जिम्बाले पारिवारिक कारण पढाइलाई निरन्तरता दिन नसकेपछि बीचमै विद्यालय छाडे । पाठ्यपुस्तक र शुल्क निःशुल्क भए पनि विद्यालय जानका लागि आवश्यक पोसाक, खाजाको जोहो परिवारले गर्न नसकेपछि उनी बीचैमा विद्यालय छाड्न बाध्य भएका हुन्।

विद्यार्थीका लागि निःशुल्क, अभिभावकलाई सशुल्क

बुधबार, २६ बैशाख २०७५

बिहानैदेखि पानीका जार र गेलनको लाइन लागेको छ । कोही काँधमा त कोही सवारी साधनमा पानी बोकेर फर्किंदैछन्। यसरी लाइन लागेको ठाउँ कुनै सार्वजनिक धारा वा कुवा होइन । यो त सिफलस्थित बालव्यवसायी माध्यामिक विद्यालय हो। यहाँ शिक्षा लिन बालबालिका मात्रै होइन, शुद्ध पानी लिन अभिभावक र टोलवासी यसरी नै बिहानैदेखि लाइन लाग्छन्।

कार्यसूचीमा प्रधानमन्त्री असन्तुष्ट

सोमबार, २४ बैशाख २०७५

प्रधानमन्त्री ओलीले सुरुमा सभामा आउँछु भनेर समय दिए पनि कार्यसूचीमा चित्त नबुझेपछि सभामा नगएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उपकुलपतिद्वारा प्रस्तावित कार्यसूची विवादित र अस्पष्ट भएपछि प्रधानमन्त्री बैठकमा नगएको जानकारी दिए।

शुल्क वद्धिमा सरकार मौन रहेको आरोप

शुक्रबार, २१ बैशाख २०७५

निजी विद्यालय सञ्चालकले संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै मनोमानी शुल्क असुल्दा सरकार मौन बसेको आरोप प्रमुख चार विद्यार्थी संगठन र अभिभावक संघ नेपालले लगाएका छन्। उनीहरले शुल्क वृद्धि फिर्ताको माग राखी आन्दोलन थालेका छन्।

सुधारिँदै शिक्षा

शुक्रबार, १४ बैशाख २०७५

एक दशकअघिसम्म नेपालमा बालबालिकाको विद्यालय शिक्षामा पहुँच पुर्‍याउनै चुनौती थियो । विश्वविद्यालसम्मको शिक्षामा दुर्गमका नागरिकको पहुँच पुर्‍याउन मुस्किल थियो । तर हाल यो अवस्थाबाट नेपलको शिक्षा निकै माथि उठेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षाले छलाङ मारेको छ।

छात्रवृत्तिको रकम दुरुपयोग

आइतबार, ०९ बैशाख २०७५

सरकारले शिक्षा मन्त्रालयलाई छात्रवृत्तिका लागि उपलब्ध गराएको रकमको ठूलो हिस्सा प्रशासनीक काममा खर्च हुँदा लक्षित वर्गलाई छ्ट्इएको बजेटको चरम दुरुपयोग हुने गरेको छ।

विद्यालय शिक्षामा खर्च ४ खर्ब उपलब्धी न्यून

शुक्रबार, ०७ बैशाख २०७५

सरकारले शिक्षाको गुणस्तर विकासकोलागि वर्षेनी अर्वौ रकम खर्च गरे पनि नतिजा भने सन्तोसजनक नरहेको सरकारी अनुसनधनलेनै देखाएको छ।

करोडौं खर्चको लेखापरीक्षण छैन

बिहिबार, ०६ बैशाख २०७५

शिक्षा क्षेत्रमा दातृ निकायहरुले शैक्षिक सुधारको नाममा गर्ने करोडौं खर्चको नेपाल सरकारलाई कुनै हिसाबकिताब पेस नगरेको पाइएको छ।

निजी विद्यालयमा न अनुगमन भयो, न शुल्क तोकियो

मङ्गलबार, ०४ बैशाख २०७५

विगतमा शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि निजी विद्यालयहरूले शुल्क प्रस्ताव पेस गरी जिल्ला शिक्षा कार्यालय पढाउँथे। जिल्ला शिक्षाले आएका प्रस्तावमाथि समीक्षा गरेर शुल्क तोक्ने काम हुन्थ्यो।

अभिभावक सहायता कार्यक्रमले ४ लाख बालबालिका समेट्ने

सोमबार, ०३ बैशाख २०७५

विद्यालय जाने उमेर (५–९ वर्ष) समूहका विद्यालयको पहुँचबाहिर रहेका ४ लाख १ हजार ४ सय ९६ बालबालिकालाई विद्यालयभित्र ल्याउने गरी सरकारले यस वर्षको विद्यालय भर्ना अभियान सुरु गरेको छ।

वार्षिक शुल्कबाटै आठ अर्ब

आइतबार, ०२ बैशाख २०७५

निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्।

निजी विद्यालय गुठी वा सहकारीअन्तर्गत जानुपर्ने

शुक्रबार, ३० चैत २०७४

कम्पनी ऐनअन्तर्गत सञ्चालित देशभरका ८ हजार संस्थागत विद्यालयहरु गुठी वा सहकारीका रुपमा सञ्चालन गरिने भएको छ।

करिअर तथा व्यक्तित्व बनाउन ए लेभल

बुधबार, २८ चैत २०७४

शुक्रबार ब्रिटिस काउन्सिलले आयोजना गरेको ए लेभल उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा भेटिएका सर्वोत्कृष्ट विद्यार्थीहरूले क्याम्ब्रिजको ए लेभललाई करिअर र व्यक्तित्व निर्माण गर्ने विषयकारूपमा बुझेका छन्।

सबै महानगरपालिकामा महिला प्राविधिक शिक्षालय

मङ्गलबार, २७ चैत २०७४

महिलालाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिन देशका ६ वटै महानगरपालिकामा एक–एक वटा महिला बहुप्राविधिक शिक्षालय खोलिने भएको छ।

कार्यालय कायमै, अधिकार खोसियो

बिहिबार, २२ चैत २०७४

सरकारले चैत २८ गते सबै जिल्ला शिक्षा कार्यालयहरु खारेजी हुने व्यवस्थालाई हाललाई स्थगित गरेको छ। मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले असारसम्म जिल्ला शिक्षा कार्यालय यथावत रहने निर्णय गरेको छ।

शिक्षकको परीक्षा सरेको स-यै

बुधबार, २१ चैत २०७४

सरकारले चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ। यस पटक पनि गरी परीक्षा चार पटक स्थगित भइसकेको परीक्षा कहिले हुने भन्ने टुंगो छैन।

शुल्क नियन्त्रण नगरे आन्दोलन गर्ने विद्यार्थीको चेतावनी

मङ्गलबार, २० चैत २०७४

नयाँ शैक्षिक सत्र सुरु नहुँदै निजी विद्यालयले भर्ना लगायतका शुल्कमा समायोजन नगरेमा विद्यार्थी संगठनहरुले कडा प्रतिकार गर्ने जनाएका छन्।

कक्षा १ मा भर्ना गर्न ८८ हजार !

आइतबार, १८ चैत २०७४

नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका  छन्। शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिएपछि निजी विद्यालयले जथाभाबी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।