अमर खड्का

सीमा क्षेत्रमा मदिरा प्रतिबन्ध

बिहिबार, १० जेठ २०७५

सुनसरीको भण्टाबारी भारतीय सीमा नजिकै पर्छ । भण्टाबारीमा साँझपख भारतीय मदिराप्रेमी पाहुनाको जमघट थामिनसक्नुको हुन्छ । भारतको विहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपछि त्यहाँका नागरिक साँझपख रक्सी खान नेपाल छिर्ने गरेका हुन् ।

बस दुर्घटनामा एकको मृत्यु, कम्तीमा तीस जना घाइते

बुधबार, ०९ जेठ २०७५

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी आपगाछीमा आज बिहान भएको बस दुर्घटनामा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बस दुर्घटना हुँदा कम्तीमा तीस जना यात्रु घाइते भएका छन् ।

इटहरीमा ठूला होटल तथा लज खुल्ने क्रम बढ्दो

सोमबार, ०७ जेठ २०७५

पूर्वकै उदाउँदो सहर इटहरीमा स्वदेशी–विदेशी पर्यटकलाई लक्षित गरी ठूलो लगानीमा नयाँ होटल र लज खुल्ने क्रम बढेको छ । यहाँ चाँडै नै अहिलेसम्मकै ठूलो लगानीको होटल गरिमा खुल्दैछ।

मदिराप्रेमी पाहुनाले सीमावर्ती क्षेत्रमा त्रास

शुक्रबार, १४ बैशाख २०७५

तीन महिनाअघि सुनसरी भण्टाबारीको गुप्ता मदिरा पसलमा एक जना भारतीय युवा मदिरा पिउन आए। उनले मदिरा पिएपछि बिलको विषयमा हुँदा भएर उग्र रुप लियो। मदिरा पिएको सुरमा पसल सञ्चालक मनोज गुप्तामाथि आक्रमण गरे । गुप्ताको हात नै भाचियो।

बिल–भरपाईं पेस नगर्दा पुननिर्माणको काममा ढिलाईं

आइतबार, १८ चैत २०७४

झन्डै आठ महिना अघि आएको बाढीले इटहरीका चारवटा वडा तहस–नहस भए। चार सय ९० परिवारको घर भत्काएर पूर्ण रुपमा क्षती पुर्‍यो। घर भत्काएपछि पीडित परिवार थुप्रै दिनसम्म विद्यालयमा आश्रय लिएर बसे। बाढी पीडितले दाताको सहयोगमा अधिकतरले घर ठड्याएर बस्न थालेका छन्।

पृतनामा सैनिकको मृत्युबारे आन्तरिक छानविन सुरु

बुधबार, १४ चैत २०७४

पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिक मृत्यु भएको घटनाको आन्तरिक छानबीन थालिएको छ।

ब्यारेकमा अचेत भेटिएका दुई सैनिकको मृत्यु

मङ्गलबार, १३ चैत २०७४

पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिकको सोमबार राती मृत्यु भएको छ।

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अब देश नयाँ चरणमा प्रवेश गरि सकेकाले विकास र समृद्धिको गन्तब्यमा सबै एक ढिक्का भएर अघि बढनुपर्ने बताएका छन् । मुख्य मन्त्रीको सपथपछि पहिलोपटक शुक्रबार (आज) इटहरीमा आयोजित औपचारिक कार्यक्रममा उनले जनताको चाहना विकास, समृद्धि र सम्पन्नता रहेकाले यसको प्राप्तिमा अब कही–कतै अलमल नगरिकन प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।

हात्तीको आक्रमणबाट दुईको मृत्यु

मङ्गलबार, ०१ फागुन २०७४

जंगली हात्तीको आक्रमणबाट सप्तरी कञ्चनपुरका दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुगेका कञ्चनपुर वडा नं. ५ की ४५ बर्षीया दुर्गी मुखिया र सोही ठाउँकी ३५ बर्षीया मञ्जुदेवी साहको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

एमाले संसदीय दलमा तीन प्रतिस्पर्धी

मङ्गलबार, २३ माघ २०७४

प्रदेश १ मा नेकपा एमाले संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन हुने भएको छ । दलको नेता बन्न तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ।

‘गुपचुप’ मा मिलापत्र भएको बलात्कार घटनाको छानबिन

सोमबार, २२ माघ २०७४

बलात्कारको घटनामा पीडित पक्षलाई उजुरी नदिन अनेक प्रलोभन दिएर मिलापत्र गरिएको थियो । घटना त्यति बेला सामसुम भए पनि प्रहरीका उच्च अधिकारीसम्म सूचना पुगेपछि छानबिन समिति गठन भएको हो।

४३ वर्षपछि चौधरी ग्रुप फेरि पूर्वमा फर्कियो

सोमबार, १५ माघ २०७४

मुलुकको सबैभन्दा ठूलो व्यावसायिक घराना चौधरी ग्रुप चार दशकपछि पूर्वी क्षेत्रमा लगानी गर्न फर्किएको छ ।

चौधरी ग्रुपले सुनसरीमा औद्योगिक पार्क निर्माण गर्ने

आइतबार, १४ माघ २०७४

उद्योगपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क निर्माण गर्ने भएको छ। औद्योगिक पार्क निर्माण गर्नका लागि आइतबार सुनसरी गढी गाउँपालिकाको वडा नं. २ मा चौधरी ग्रुपको ब्रान्ड वाइ वाई चाउचाउको प्लान्ट स्थापना गर्न शिलान्यास गरियो।

मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

शनिबार, १३ माघ २०७४

थ्रीस्टार क्लब काठमाडौले इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि चुमेको छ। शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा थ्रीस्टारले मनाङ् मस्र्याङ्दी क्लब काठमाडौलाई १–० गोलले हराउदै उपाधि चुमेको हो।

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

शनिबार, १३ माघ २०७४

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ । थ्रिस्टार र मनाङ मस्र्याङदी क्लब काठमाडौं इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार (आज) भिड्दै छन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप फुटबलमा चिर–परिचित यी दुवैले आफूलाई उपाधिको हकदार दावी गरेका छन् ।

मनाङ मर्स्याङदी फाइनलमा

शुक्रबार, १२ माघ २०७४

भारतको गरिफा स्र्पोटिङ क्लबमाथि ३–० को सहज जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आयोजक र कोलकत्ता भिड्दै

मङ्गलबार, ०९ माघ २०७४

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ङ क्लब कोलकोताका भारत भिड्दैछन।

‘एक करोड मूल्यका बल्ब खरीदका त्रुटी छ’

शुक्रबार, ०५ माघ २०७४

इटहरी उपमहानगरपालिकाले सिएफएल बल्ब खरीद प्रक्रियाका दोषीलाई कारबाही गर्न कानुनी जटिलता भएको जनाएको छ। बिना प्रतिस्पर्धा झन्डै एक करोड रुपैयाँ बराबरका सिएफएल बल्व खरिदमा त्रृटि भएको ठहर भए पनि कानुनी जटिलताका कारण दोषीलाई सिधै कारबाही गर्न समस्या भएको उपमहानगरपालिकाले जनाएको हो।

एथलेटिक्समा २२ स्वर्णसहित आर्मी पहिलो

बुधबार, २६ पुष २०७४

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत इटहरीमा मंगलबार सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन पाँच स्वर्ण पदक जित्दै समग्रमा २२ स्वर्ण पदकका साथ टिम च्याम्पियन बनेको छ ।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल च्याम्पियन

बुधबार, १९ पुष २०७४

अन्तर्राष्ट्रिय ओपन फ्रेडसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सफलता प्राप्त गरेको छ । इटहरी रंगशालाको कर्भडहलमा मंगलबार सकिएको खेलमा नेपालले ५७ स्वर्ण, ४२ रजत र ५२ कास्य जितेर च्याम्पियन भएको छ ।