जनक केसी

‘खाँडो नाच संरक्षण आवश्यक छ’

बिहिबार, २२ चैत २०७४

पराष्ट्रपति नन्दबहादुर पुनले जाजरकोटमा मात्र प्रचलित वीरताको प्रतीक खाँडो नाच जोगाउन राज्य अग्रसर हुनुपर्ने बताए। नेपाल एकीकरण र नेपाली वीरताको प्रतीकका रूपमा रहेको जाजरकोटको खाँडो नाचले नेपालीलाई विश्वमा चिनाउन मद्दत गर्ने भएकाले यसको संरक्षण गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताए।

संगठन बनाउन गाउँ पस्यो कांग्रेस

आइतबार, १८ चैत २०७४

स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा हार बेहोरेको  नेपाली कांग्रेस जाजरकोटले जिल्लामा जनतासँग चुनावी समीक्षा तथा संगठन निर्माण अभियान सुरु गरेको छ। चुनाव हारेपछि निरास बनेका  कार्यकर्ता र शुभेच्छुकहरुलाई हौसला दिन अभियान सुरु गरिएको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ।

कालोपत्रे पूर्ण र गुणस्तरीय बनाउन स्थानीयको माग

मङ्गलबार, १३ चैत २०७४

गतको वर्ष वर्षातका समयमा २ सय मिटर सडक भत्किने गरी पहिरो गएको भेरी नगरपालिका ३ ठाँटी न्युरोडको सडकमा कालो पत्रे नहुने भएपछि स्थानीयहरूले गुनासो गरेका छन्।

आँखाको ज्योती फर्केपछि सांसारै उज्यालो

आइतबार, ११ चैत २०७४

छेडागाड नगरपालिका ९ की ६५ वर्षीया रितु नेपालीलाई फेरि संसार देखुला भन्ने लागेको थिएन। एक वर्ष अघि आँखाको ज्योती गुमाएर घरमै थलिएकी रितुले गाउँमै नेपाल रेडक्रस सोसाइटीको आयोजनामा भएको आँखा शिविरमा उपचार गराएर फेरि आँखा देख्ने भएपछि नयाँ जीवन पाएको अनुभुति गरेकी छन्।

जाजरकोटमा क्षयरोगीको संख्या कहिले बढी कहिले कम

शनिबार, १० चैत २०७४

प्राय रोगको महामारीले प्रभावित भइरहने जाजरकोटमा  क्षयरोगका बिरामीहरू बढ्ने र घट्ने क्रममा रहेको पाइएको छ।जिल्लामा क्षयरोगको अवस्था बारेमा छलफल गर्न आयोजित सरोकारवालाहरूबीचको अन्तरक्रियामा यस्तो अवस्था भेटिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका अनुसार  जिल्लामा यस वर्षको  ८ महिनामा  ८१ जना  क्षयरोगका बिरामीहरू भेटिएको  र उनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ।

१ सय दलित विद्यार्थीले पाए छात्रवृत्ति

बुधबार, ०७ चैत २०७४

जाजरकोटका बिभिन्न विद्यालय र क्याम्पसहरूमा अध्ययनरत १ सय दलित विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्।

जाजरकोटमा ‘लाल मस्तिष्क’ लाई कलाकार खोज्दै रेखा थापा

सोमबार, ०५ चैत २०७४

अभिनेत्री रेखा थापा यति बेला बालबिबाहाका विरुद्ध शसक्त अभिनय गर्न सक्ने एक बालिकाको खोजीमा छिन्। जीवन रुपान्तरणका प्रशिक्षक नरवहादुर कार्कीको अवधारणामा बालबिवाहका विरुद्ध शसक्त अभियानको रुपमा निर्माण हुने फिल्मका लागि बालबिवहावाट वढी प्रभावित जाजरकोटमा थापाले बालिकाको खोजी गरेकी हुन्।

स्थानीय जनप्रतिनिधिको राजीनामा माग

आइतबार, ०४ चैत २०७४

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जाजरकोटका स्थानीय सरकार प्रमुखहरुको राजीनामा माग गरेको छ। भेरी कर्णाली स्वायत्त प्रदेश जनपरिषद्को  नामबाट  जिल्लाका सातै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई  पत्र पठाउँदै पदबाट राजीनामा दिन धम्की दिएको  हो।

दोधारमा न्यायिक समितिका संयोजकहरू

मङ्गलबार, २२ फागुन २०७४

जाजरकोटको जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक शिवा आचार्यले न्यायिक समितिको संयोजक पद सम्हालेको १ वर्ष पुग्नै लागेको छ।

विद्यार्थी र बिरामी समस्यामा

सोमबार, २१ फागुन २०७४

भेरी नगरपालिकाको भवन बनाउँदा जिल्ला अस्पताल र जिल्लाकै सबैभन्दा पुरानो त्रिभुवन माध्यमिक विद्यालय जाने बाटो बन्द भएको छ । बाटो बन्द हुँदा विद्यालयमा ६ देखि १२ कक्षामा पढ्ने २ हजार विद्यार्थी र  अस्पताल जाने  सयौं बिरामीलाई आवतजावतमा सास्ती भएको छ । बाटो बन्द हुँदा स्थानीय पनि प्रभावित भएका छन्।

जाजरकोटमा ९ थान बन्दुक बरामद

बिहिबार, १७ फागुन २०७४

जाजरकोटमा प्रहरीले ९ थान वन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ। जिल्लाको जुनीचाँदे गाउँपालिका ११ कोर्तांगमा स्थानीयको घरमा लुकाइरहेको अवस्थामा प्रहरीले उक्त हतियारहरु बरामद गरेको हो।

प्रहरीकै आँगनमा पसल चोरी

आइतबार, १३ फागुन २०७४

जाजरकोटमा प्रहरी चौकी नजिकै ३० मिटरको दुरीमा रहेका ३ वटा पसलमा चोरी भएको छ। प्रहरीको लापरवाहीका कारण ती पसलहरुमा चोरी भएको व्यवसायीहरुले आरोप लगाएका छन्।

स्थानीय सरकारको कर प्रणाली बारे जनप्रतिनिधिलाई प्रशिक्षण

बिहिबार, ०३ फागुन २०७४

स्थानीय तहको सरकारले लगाउने विभिन्न करहरुका विषयमा स्थानीय जनता र जनप्रतिनिधिका बिचमा असमझदारी भइरेहका बेला यहाँका जनप्रतिनिधिहरु र स्थानीय सरोकारवालाहरुलाई स्थानीय सरकारको कर प्रणाली सम्वन्धी एक दिने प्रशिक्षण दिइएको छ। भेरी नगरपालिकाले नगरवासीका लागि लागु गरेको सेवा शुल्क कर र एकीकृत सम्पति करका विषयमा स्थानीयले लामो समय देखि असन्तुष्टि राख्दै आएका छन्।

जाजरकोटमा आठ करोडको सुन्तला

आइतबार, २८ माघ २०७४

सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष आठ करोड १६ लाख रुपैयाँभन्दा बढीको सुन्तला फलेको छ । जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदनअनुसार जिल्लाको कुल तीन सय ९२ हेक्टर जग्गामा लगाइएका बोटमा एक हजार ६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ।

लोकमार्गमा गाडी गुडाउन माग

बुधबार, २४ माघ २०७४

पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकारवाला निकायसंग माग गरेका छन्।

जाजरकोटमा ८ करोड १६ लाखको सुन्तला फल्यो

मङ्गलबार, २३ माघ २०७४

सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष ८ करोड १६ लाख बढीको सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जिल्लाको कुल ३ सय ९२ हेक्टर जग्गामा लगाइएका बोटहरुमा १६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ।

सरकारी बेवास्ताले अलपत्र बन्दै लोकमार्गका पुल

बुधबार, १७ माघ २०७४

सरकारले निकै प्राथमिकता दिएको भनिएको मध्यपहाडीलोक मार्ग अन्तरगत विभिन्न नदी र खोलाहरुमा बन्ने पुलहरु लामो समय अलपत्र पर्दा पनि सरकारी निकाय मौन देखिएको छ।

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

मङ्गलबार, ०९ माघ २०७४

छेडागाड नगरपालिका १० काफलाका हस्ते पुनको उमेर १८ वर्ष भयो। उमेरले १८ बर्षको तन्नेरी अवस्थामा पुगेको भएपनि उनको अवस्थाका भने ५ वर्षका वालकको जस्तो छ।

प्रधानाध्यापक बनाउँदा त्रुटी भएको भन्दै विद्यालयको खाता रोक्का

शनिबार, ०६ माघ २०७४

विद्यालयमा योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै जिल्ला शिक्षा कार्यालय जाजरकोटले यहाँको एक विद्यालयको वैंक खाता रोक्का गरेको छ। जिल्लाको नलगाड नगरपालिका ३ कैना स्थित सुर्योदय माध्यमिक विद्यालयले लामो समयसम्म पनि योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै खाता रोक्का गरेको हो।

सुन्तला जोन बन्दै जाजरकोट

शुक्रबार, ०५ माघ २०७४

सरकारले १० करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको हो । सरकारले गत वर्षदेखि सुरु गरेको उक्त परियोजना अन्तर्गत जाजरकोटका तीन क्षेत्रलार्ई समेटेर सुन्तला जोन बनाउन लागेको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Fixed Ad