रितेश त्रिपाठी

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

सोमबार, ०७ जेठ २०७५

दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्।

आयात धान्न सुक्खा बन्दरगाह अपुग हुँदै

सोमबार, ०७ जेठ २०७५

१३ वर्षअघि सुरु भएको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहबढ्दो आयातका कारण अपुग हुँदै गएको छ । फलामका विभिन्नखाले उत्पादनका कच्चा पर्दा, रासायनिक मल, पशुपक्षीको दाना बनाउने मकै, भटमास र तेस्रो मुलुकबाट कन्टेनर कार्गोको बढ्दो आयात धान्न पुग हुन थालेको हो । बन्दरगाह सुरु हुँदा त्यहाँ जम्मा ५५ मालबाहक रेल (र्याक) आइपुगेका थिए ।

मुख्यमन्त्री राउतको राजीनामा माग

आइतबार, ०६ जेठ २०७५

नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन्। नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति समेत रहेका सर्राफले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको बेला राउतले देशको घरेलु विषय बिदेशीपाहुनाको अगाडि उठाएर मार्यादा बिपरित काम गरेको भन्दै राजीनामा माग गरेका हुन्।

दाइजोको सकस : हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्मका घटना बढ्दै

आइतबार, ०६ जेठ २०७५

पर्साको पोखरिया नगरपालिका–९ का रघुनाथ साहकी २२ वर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनीबिर्ताका मनोज साह तेलीसँग धुमधामसाथ भएको थियो । तीन वर्ष नबित्दै रघुनाथ छोरी मधुमालाको ज्वाइँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाइरहेका छन् । उनी दाइजोका कारण छोरी मारिएको बताउँछन्।

नारायणी अस्पतालमा बदमासी, सामान लिलामीका नाममा हिनामिना

बिहिबार, ०३ जेठ २०७५

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका हजारौं थान सामान कबाड घोषित गरेर कौडीको भाउमा बेचेको खुलासा भएको छ । मर्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थाका सामान र कतिपय राम्रै अवस्थाका सामान पनि कौडीको मूल्यमा बेचेको भेटिएको हो ।

फेरिँदैछ कोलकता बन्दरगाह

मङ्गलबार, ०१ जेठ २०७५

विभिन्न देशबाट आएका ७२ हजार नेपाली कन्टेनर गत आर्थिक वर्षमा ‘ह्यान्डलिङ’ (ओसारपसार) गरेको र यो वर्ष ८० हजार कन्टेनर ‘ह्यान्डलिङ’को अनुमान गरिएको भारतको पश्चिम बंगालस्थित कोलकाता बन्दरगाह क्रमशः फेरिँदै गएको छ ।बन्दरगाहले सेवाको गुणस्तरसँगै पूर्वाधार बढाउन लागेपछि यसबाट नेपाललाई फाइदा हुने सरोकारवालाको भनाइ छ।

भारतीय नागरिक छुटाउन प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

सोमबार, २४ बैशाख २०७५

पर्साको जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवाको हिरासतमा रहेका अपहरणका आरोपी भारतीय नागरिक छुटाउन आएका स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् ।

नेपाली कन्टेनरमा अब ‘इसिटिएस’

शनिबार, १५ बैशाख २०७५

‘इसिटिएस’ (इलेक्ट्रोनिक कार्गो ट्रेकिङ्ग सिस्टम) अर्थात विद्युतीय कार्गो निगरानी प्रणाली भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालवाहक कन्टेनरमा लागु भएको छ। तेस्रो मुलुकबाट कोलकता बन्दरगाहमा आइपुग्ने नेपाली मालबाहक कन्टेनरको सिलमा त्यहाँ ‘आरएफआइडी’ अर्थात ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन डिभाइस’ भन्ने सानो यन्त्र जडान गरिने गरेर कन्टेनरको निगरानी गर्ने प्रबिधि हो यो।

अग्रणी समाजसेवी

बिहिबार, १३ बैशाख २०७५

रुंगटा औद्योगिक समूहका संस्थापक हुन्, मुरलिधर रुंगटा (७९) । उनी उद्योगी मात्र होइन, अग्रणी समाजसेवीका रूपमा पनि चिनिन्छन्। उनले ६ दशकअघि किशोरावस्थामै बाबु–बाजेको पुस्तैनी कपडा पसलमा काम गरेर व्यावसायिक जीवन सुरु गरे । त्यसयता उनले दर्जन उद्योगहरू स्थापना गरे।

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

बिहिबार, १३ बैशाख २०७५

अहिलेसम्म वीरगन्ज नाकामात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकामा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोहबीच कोलकाताबाट पहिलो ¥याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ।

भारतीय बन्दरगाहमा नेपाली कार्गोको भन्सार पक्रिया हट्दै

आइतबार, ०९ बैशाख २०७५

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह भएर नेपालका लागि आउने मालसामानले पूरा गर्नुपर्ने भन्सार औपचारिकता हटाउने प्रक्रिया सुरु भएको छ। ट्रान्जिट भएर आवागमन हुने मालसामानको भन्सार प्रक्रिया सम्बन्धित देशको सीमामा मात्र हुने अन्तर्राष्ट्रिय अभ्यास छ।

गहुँ बालीमा किसानलाई घाटा

बुधबार, ०५ बैशाख २०७५

गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । ‘घाटा छ खेतीमा । लागत निकाल्न समस्या छ,’ पर्सा सुपौलीका बिकाउ रामले भने, ‘लागत र मेहनतको बनिहारी (ज्याला) मात्र निस्केको भए हुन्थ्यो ।’ पर्सामा यो वर्ष थोरै खेतमा गहुँ खेती गर्ने साना किसानलाई घाटा परेको छ।

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन  : नेपालतर्फ पाइप विछ्याउन सुरु

मङ्गलबार, ०४ बैशाख २०७५

मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि भुमिगत रुपमा पाइप गाड्ने काम मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ। नेपालमा पेट्रोलिय इन्धन आपुर्तीकोलागि निकै महत्वपूर्ण मानिएको योजनामा मंगलबारदेखि एक औपचारिक कार्यक्रमबीच नेपालतर्फ पाइप राख्ने काम सुरु भएको हो।

हात्तीको आक्रमणबाट पूजारीसहित २ को मृत्यु

शनिबार, ०१ बैशाख २०७५

पर्सामा जंगली हात्तीको आक्रमणमा परी २ दिनमा २ जनाको ज्यान गएको छ। बेग्ला बेग्लै घट्नामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३१ बर्षिय कमलेश सहनी र ठोरी गाउँपालिका – ४, सुन्दरटोल बस्ने ३६ बर्षिय सागबहादुर तामाङको मृत्यु भएको हो।

वीरगन्जको परवानिपुर गण्डक सडक खण्डमा दोस्रो ‘६ लेन’

मङ्गलबार, २७ चैत २०७४

वीरगन्ज बजार क्षेत्रलाई जोड्ने परवानिपुरपुरदेखि गण्डक चोकसम्म अर्को ६ लेन सडकको निर्माण सुरु भएको छ । मुख्य बजार क्षेत्रतिर जाने बाटो भने पहिलो चरणको ६ लेन योजनामा परेको थिएन।

दुई देशका प्रधानमन्त्रीले गरे ‘आइसिपी’ उद्घाटन

शनिबार, २४ चैत २०७४

भारतको राजकीय भ्रमणमा रहेका नेपाल प्रधानमन्त्री खड्कप्रसाद ओली र उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगन्ज नाकामा बनेको एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) शनिबार उद्घाटन गरेका छन् । निकै ऐतिहासिक मानिएको उद्घाटनलाई अध्यावधिक बनाउन आइसिपी मुख्य भवन अगाडि बनाइएको शिलालेख दिल्लीबाट नै अनलाइन माध्यमले प्रधानमन्त्रीद्वयले अनावरण गरे।

‘आइसिपी’ सञ्चालनका लागि उच्चस्तरीय पूर्वतयारी बैठक

मङ्गलबार, २० चैत २०७४

एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोस्ट’ (आइसिपी)लाई सञ्चालनमा ल्याउन नेपाल र भारतका उच्चस्तरीय सरोकरवालाबीच पूर्वतयारी बैठक सोमबार सम्पन्न भएको छ ।

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ६ प्रहरी घाइते

शनिबार, १७ चैत २०७४

पर्साको बहुदरामाइ नगरपालिका ५ पटनी टोलमा गएराती अपराधी समत्न गएको प्रहरी र स्थानीयबीच झडप भएको छ।लागु औषध तथा अन्य अपराधमा सलंगन व्यक्ति त्यहाँ लुकेर बसेको सूचनाको आधारमा अपराधीलार्इ पक्राउ गर्न गएका प्रहरी टोली महुवन,  शसस्त्र बेसक्याम्प बागेश्वरी तित्रौनाबाट खटिएको प्रहरीटोली र स्थानीयबीच झडप भएको हो।

पूर्वाधार बढाउँदै कोलकाता बन्दरगाह

बिहिबार, १५ चैत २०७४

भारतको पश्चिम बंगाल प्रान्तमा रहेको कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार बढाउन लागेको छ।

बहुप्रतीक्षित ‘आइसिपी’ चुपचाप हस्तान्तरण

बुधबार, १४ चैत २०७४

भारतीय सहयोग र भारतकै सुपरीवेक्षणमा वीरगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसिपी) भारतीय पक्षले नेपाललाई हस्तान्तरण गरेको छ। दुईदेशीय सहमतिअनुसार दसगजावारिपारि एकसाथ सुविधासम्पन्न भन्सार कार्यालय र व्यापार सहजीकरण गर्ने निकाय बनाउने योजनाअनुसार आइसिपी तयार भएको हो